अमेरिकामा आतंकबादी संगठन अलकायदाको सदस्य भन्ने नेपाली पक्राउ 

rama singh 4वैशाख ३ ,वाशिंगटन डिसी
विजय थापा

अमेरिकामा आतंकबादी संगठन अलकायदाको सदस्य भनि प्रहरीलाई आफु चढेको सार्बजनिक बसबाट प्रहरीलाई जानकारी दिने न्युयोर्कको सीराक्युज़मा बसोबास गर्ने २८ बर्षिय गुरु धिमाल तथा ६७ बर्षिय भगिरथ कोइरालालाई प्रहरीले पक्राउ गरेको छ l

गे्रहाउन्ड नामक कम्पनीको बसमा उक्त दुई नेपालीहरु ओहायोको बफालो देखि क्लेवल्याण्ड तर्फ गै रहेको अवस्थामा गुरु धिमालले प्रहरीको ९११ मा फोन गरी व्हाइट हाउस ध्वस्त पार्ने धम्की दिएका थिए ।

गाडीमा बम छ भने पछि गाडी चालकले रोकेका थिए भने उक्त बसमा ३० जना यात्रीहरु थिए l जसको कारण राजमार्ग-९० दुवै तर्फ आवत जावत बन्द गर्नु परेको थियो l बम निस्क्रिय टोलिले जाच पड्ताल गर्दा कुनै बम फेला नपारेकोले दुवैलाई हिरासतमा लिएको थियो l

अमेरिकाको प्रसिद्ध टेलिभिजन फक्स ८ ले श्रब्य दृष्य सहित गुरु धिमालको सो रेकर्ड्स (अभिलेखन )सहितको संवाद हाल सार्वजनिक भइसकेको जनाएको छ । गुरु अहिले प्रहरी हिरासतमा छन् । उनका मामा भगिरथ कोइरालालाई भने प्रहरीले छोडिसकेको स्रोतको बताएको छ ।

आतंकबादी संगठन अलकायदाको सदस्य भन्ने को हुन् गुरु धिमाल ?

अमेरिकी प्रहरीको आकस्मिक संख्या ९११ मा आफैले आतंकबादी संगठन अलकायदाको सदस्य हु भन्दै ह्वाइट हाउस ध्वस्त पार्ने धम्की दिएका गुरु धिमाल न्यूयोर्क राज्यस्थित सीराक्युज़मा बस्छन् । श्रोतका अनुसार उनका चार दाजुभाइ अमेरिकामा नै छन् भने उनी परिवारका माहिला छोरा हुन् । पक्राउ पर्ने दुवै भुटानी शरणार्थी हुन् l

झापा शरणार्थी शिविरमा रहेका धिमाल परिवार अमेरिकी सरकारको शरणार्थी पुनर्बास योजना अन्तर्गत सन् २००८ मा अमेरिका आएका हुन् l गुरु धिमाल दोभाषेकोे काममा पनि गर्दथे ।

श्रोत अनुसार गुरु धिमाल आफ्नै मामा भगिरथ कोइरालालाई पुर्याउन गे्रहाउन्ड नामक कम्पनीको एक बसमा ओहायो जाँदै गर्दा गुरु मैनालीले प्रहरीको ९११ मा खबर गरि राष्ट्रपति भवन ध्वस्त पार्ने धम्की दिएका थिए l

स्रोतका अनुसार गुरु धिमाल अमेरिकी महा बिद्यालयमा पढ्दै गर्दा एक जना अफ्रिकन अमेरिकन व्यक्तिको कुटाइ खाएपछि मानसिक सन्तुलन समेत गुमाएको स्रोतले बताएको छ ।

Leave a Reply