अमेरिकामा नेपाली भेटेरन गौतमलाई फ्रेनचाइज़ स्टोर्स प्रतिस्प्रधामा उत्कृष्ट नतिजा

OLYMPUS DIGITAL CAMERA
वाशिंगटन डिसी
चैत्र १८ ,विजय थापा

अमेरिकामा सेवेन /ईलेवेन स्टोर्सले पहिलो पटक आयोजना गरेको भेटेरन फ्रेनचाइज़ स्टोर्स प्रतिस्प्रधामा नेपालको झापा दमक घर भै अमेरिकन सेनाका पूर्व सैनिक रहेका सलिल गौतम उत्कृष्ट तीन प्रतियोगी भित्र छनौटमा परेका छन् l

उक्त उत्कृष्ट तीन प्रतियोगीहरु मध्ये गौतमले सर्वाधिक मत प्राप्त गर्न सफल भएका छन् l मुहार पुस्तिका (फेसबुक)बाट मतदान गरि हजारौबाट चुनिएर उत्कृष्ट १० मा पर्दै पुन अन्तिम उत्कृष्ट ३ मा पनि पहिलो स्थानमा पर्न सफल भएका छन् l

अमेरिकाको टेक्सास डालसमा रहेको प्रधान कार्यालयका सम्बन्धित पदाधिकारीले गौतमलाई सबै भन्दा ज्यादा मत प्राप्त गरेकोमा मौखिक बधाई दिएको गौतमले बताए l यसै गरि सेवेन /ईलेवेनले पत्राचार गर्दै उत्कृष्ट तीनमा परेकोमा अन्तर्वार्ताको लागि अप्रिल २९ तारिखमा टेक्सास डालसमा बोलाएको बताएका छन् l

गौतम आफुलाई सर्बाधिक मत परेकोले आफुले उक्त पुरस्कार स्टोर्स नै प्राप्त गर्ने छु भन्ने विश्वास लागेको बताए l

अमेरिकामा १९२७ मा स्थापना भएको सेभेन-ईलेभन विश्व ब्यापी रुपमा आफ्नो बिस्तार फैलाएको छ l विश्वका ४० वटा भन्दा देशहरुमा सेभेन-ईलेभन सहुलियत पसलहरु संचालनमा रहेका छन् l अमेरिकामा ग्यास स्टेसन (ईन्धन चौकी) बिशेष संचालनमा रहेका छन् l

सेभेन-ईलेभन पुरस्कार स्वरुप संचालनमा रहेको अमेरिकन सेनामा कार्यरत भेटेरन(पूर्व सेना)हरुलाइ प्रोत्साहन स्वरुप प्रतियोगीहरु मध्येमा सबै भन्दा ज्यादा मत प्राप्त गर्ने प्रथम हुने भेटेरन(पूर्व सैनिक) लाई एउटा सेवेन /लेवेन स्टोर्स स्वामित्व (अनरशिप )दिने घोषणा गरे अनुसार नेपाली मुलका सलिल गौतमले मतको आधारमा सेवेन /लेवेन स्टोर्स पाउने सम्भावना रहेको छ l

गौतम झन्डै १० बर्ष देखि अमेरिकामा रहदै आएका छन् l अमेरिकन सेना अन्तर्गत ईराक र अफगानस्थानमा समेत सेवा पुर्याई सकेका गौतम हाल भर्जिनियामा परिवार सहित बसोबास गर्छन l उक्त प्रतियोगिता अनुहार किताब (फेसबुक)बाट मतदान गरिएको थियो l

यस प्रतियोगितामा बिजयी हुने प्रतियोगीलाई अमेरिकाको कुनै पनि स्थानमा ७-ईलेवेन पसल या ग्यास स्टेसन दिने छ भने ७-ईलेवेनले पुरस्कार स्वरुप प्रारम्भिक चरणमा लाग्ने फ्रेनचाइज़ शुल्क पूर्व सैनिकहरुलाई उक्त रकमको लगानी गर्नु पर्ने छैन l

फ्रेनचाइज़ शुल्क झन्डै १ लाख ९० हजार डलर पर्ने हुन्छ र त्यो नै सुबिधा प्राप्त हुने भएकोले भेटेरन यसमा सहभागी भएका हुन् भनि गौतमले बताए l

करिब धरौटी स्वरुप ३० हजार डलर सम्म राख्नु पर्ने हुन्छ भन्दै कुनै पनि पसल या ईन्धन चौकी (ग्यास स्टेसन )मा रहेको मौज्दातको आफुले रकम लगानी गर्नु पर्ने गौतम बताए l

गौतमले विश्व भरबाट आफुलाई मतदान दिनु हुने सबै प्रति कृतज्ञता ज्ञापन यसै समाचार मार्फत दिन चाहेको बताए l छोटो समयमा अमेरिका र विश्वका कैयौ देशमा रहेका नेपाली समुदायले आफुलाई दिएको मत र गरेको सहयोग कहिले भुल्ने छैन भन्दै यस्ता कुरामा हामीहरु एक जुट हुने रहेछौ भन्दै आफुलाई नेपाली भएकोमा गर्व लागेको बताए l

Leave a Reply