एनआरएन अमेरिकाका अध्यक्ष पदका प्रत्याशीहरु भन्छन्, निर्वाचन परिणाम पारदर्शी बनाइएन भने सुनामी आउँछ

b (3)

विजय थापा

गैर आवासीय नेपाली संघ ,राष्ट्रिय समन्वय समिति अमेरिका अहिले विवादमा मुसिएको छ l विश्वमा रहेका सबै एनआरएन मध्ये धेरै सदस्य भएको देश बन्दै किर्तिमान कायम गर्न सफल भएको एनआरएन अमेरिका निर्वाचन नतिजाको बिषयलाई लिएर चरम विवादको भुंग्रोमा तानिएको छ lएनआरएन अमेरिकाका अध्यक्ष पदका प्रत्याशीहरु बिरोधका कार्यक्रम गरि रहेका छन् भने निर्वाचित कार्यकारी समिति सुचारु रुपले काम गरि रहेका छन् lएनआरएनए अन्तरराष्ट्रिय समन्यव समितिले ठोस कदम चाल्ने छ भनि प्रतिक्षारत रहेको अवस्था छ l

यस गम्भीर तथा संबेदनशील अवस्थामा निर्वाचन परिणाममा असन्तुस्ट भै बिरोध गर्दै न्याय निसाफको लागि लडी रहेका एनआरएन अमेरिकाका अध्यक्ष पदका प्रत्याशीहरु संग यसै सेरोफेरोमा रही कुराकानी गर्ने अवसर पाएका थियौ l कार्य व्यस्तता तथा अन्य कारणले एनआरएन अमेरिकाका अध्यक्ष पदका सम्पूर्ण प्रत्याशीहरुसंग सम्पर्क तथा कुराकानी गर्न सफल नभएता पनि उपलब्ध र सम्पर्कमा भएकाहरुले भनाई यसरी पस्केका थिए l

एनआरएन अमेरीकाको विवादको भुमरीमा मुसिएको छ , हावा नचली पात हल्लिन्छ ? या हावा चले पछि पात हल्लिएको हो ?

नगेन्द्र पौडेलले यसरि आफ्नो विचार राखे , निर्बाचन पूर्व नै जब जित र हारको निर्णय गरिन्छ, त्यसले भुकम्प ल्याउछ l हामि अमेरिकामा बस्छौ भने, यहाँको काइदा, कानून र तौर तरिका अनुसार चल्न सिक्नु पर्छ l यदि त्यो सिकियो भने दुनियाँको कुनै कुनामा गए पनि तपाई लाई धोका हुदैन l यसै गरि यहि प्रश्न श्री पराजुली लाई राख्दा उनले यसरि आफ्नो असन्तुस्ट पोखे , बिबाद भन्दा पनि जुन परिस्थितीको सिर्जना भयो त्यो राम्रो होइन l स्वास्थ्य बिबादले त वास्तवमा सकारात्मक गती पैदा गर्छ l यहाँ त सम्बन्धित निकायको बल मिचाइ र पराजित भनेर हेप्ने प्रवृतिले गर्दा यस्तो हुन पुगेको हो l

र, दोश्रो प्रश्न हामीले यसरि सोधेका थियौ : विवादको निकास तार्किक बिन्दुमा कहिले पुग्छ ?

नगेन्द्र पौडेलले तुरुन्त जवाफ दिए , जब चुनाबी परिणाम आम अमेरिकाबासिका लागि पारदर्शी बनाइन्छ l श्री पराजुलीले पनि त्यतिनै खेर जवाफ दिए ,उठेका बिषयहरुमा सम्बन्धित पक्ष जती गम्भिर र ईमान्दारी रुपमा प्रस्तुत हुन्छ l त्यति नै छिटो निकास आउन सक्छ l

पहिलो र दोश्रो समाप्त हुन साथ तेश्रो प्रश्न हामीले यसरी राखेका थियौ , अब समाधान अग्रगामी दिशामा कसरि बढ्दछ ?

पौडेलले यस्तो जवाफ दिए , चुनाब गराउने जिम्मा लिएको समुहले प्रजातान्त्रिक मूल्य मान्यताका आधारभूत बिशेषतालाई आत्मसाथ गर्ने बित्तिकै समाधान निस्कन्छ भने l यसै गरि श्री पराजुलीले पनि यस्तै प्रकारको जवाफ दिए , उठान गरिएका मुद्धाहरु वास्तवमा स्वाभाविक छन l यसलाई जिम्मेबारी पुर्वक सम्बोधन गरिनु पर्दछ भन्ने सोच सम्बन्धित निकायले महसुश गरी अगाडि बढेको खन्डमा तत्काल समाधान निस्कन्छ l कसैको पनि अस्तित्व र स्वाभिमान लाई नजर अन्दाज गर्ने प्रवृति कायम रह्यो भने रह्यो बिभाजनले प्रश्रय पाउछ भने l

हाल सालै न्युयोर्कमा पत्रकार सम्मेलन मार्फत स-प्रमाण प्रस्तुत गर्नु भएको प्रसंग संगै अब चरणबद्ध के कार्यक्रम हुन्छ ?

अध्यक्ष पदका प्रत्याशी नगेन्द्र पौडेलले भने चुनाबी परिणाम आम अमेरिकबासिका लागि पारदर्शी बनाइएन भने न्यायालयको ढोका ढकढक्याइन्छ l

एनआरएन अमेरिका लहरो तान्दा पहरो जाने सम्भावना देखिन थालेको छ ? बिगतमा पनि बिधुतिय मतदानबाट यस्तो भएको पनि आशंका उब्जिन थालेका छन् ?

पौडेलले को भनाई यस्तो रह्यो ,जहाँ आन्तरिक रुपमा एक व्यक्ति सयौं भोट गरिन्छ, त्यहाँ पहरो मात्र फुट्दैन बरु सुनामी आउँछ भन्ने भनाई राखे l

कतै बिधुतिय प्रणाली त्रुटि पूर्ण त छैन भन्ने बिषयमा चर्चा गर्दै अमेरिकामा बिधुतिय निर्वाचनले के संदेश दिएको छ भन्ने जिज्ञाशा राखेका थियौ ?

नगेन्द्र पौडेल तथा श्री पराजुलीले यसरि जवाफ दिए : यहाँ समस्या बिद्धुतिय प्रणालीको होइन l यहाँ स्थापित प्रणालीमाथि कसैले सन्देह गर्न पाउदैन तसर्थ आन्तरिक रुपमा जे गरे पनि हुन्छ भन्ने आशयबाट रचिएका प्रपंच हुन् ! यदि समाजप्रति जिम्मेवारी बोध हुन्थ्यो भने प्रजातान्त्रिक अभ्यासका नाममा प्रतिस्पर्धा पुर्व नै बिजयी को भनेर निश्चित गरेपछि खेलमा अरुलाई होमिदैन पौडेलले भने l
आधुनिक र उच्च प्रबिधि युक्त बिधुतिय पद्दतिलाई दोष दिनु भन्दा उक्त पद्धतिलाई हामीले इमान्दरार र पारदर्शी रुपमा प्रयोग गर्ने कि नगर्ने भन्ने हो श्री पराजुलीले यसरि उत्तर दिए l

अब आगामी निर्वाचनमा बिधुतिय निर्वाचन पद्धति स्वीकार या अस्विकार ?

पौडेलले भने प्रबिधि मान्छेले काम सहज रुपमा सम्पन्न गर्नका लागि मान्छेद्वारा नै सृजित उपलब्धि हुन् l यिनको प्रयोग आवश्यक छ l तर प्रयोजनमा ल्याउनेले यसको दुरुपयोग गर्न पाउनु हुदैन l पुन: प्रबिधि प्रयोग गरेको या नगरेको दुवै अवस्थामा पुर्ण पारदर्शिता र इमान्दारिता भएमा बिद्धुतिय प्रणालीको निर्वाचनले केहि फरक पार्दैन भने l

र पराजुलीले भनाई यस्तो रह्यो :दोष पद्धतिको हैन हामी भित्रको अहम र सहि चिजलाई उपयुक्त र अधिकांसको हितमा उपयोग गर्ने प्रयास नगर्नु हो पद्धति स्वीकार्य छ l

विवाद झ्याँगिए पछि विवादको निकासको लागि वार्ता टोलि पनि चयन भएकोले समाधान हुने कुरामा कतिको आशामा हुनु हुन्छ ?

पौडेलले उत्तर दिए , म आशाबादी मान्छे हु lतर पराजुलीले अलिक फरक जवाफ दिए ,हरेक समस्याले समाधान पनि लिएरै जन्मेको हुन्छ l समाधान गर्नु पर्ने निकाय संग समाधानको बिन्दु देख्ने दृष्टि र सकारात्मक सोच हुनु पर्यो भने l

बिगतमा भएका गल्ति र कमि कमजोरीलाई नकोट्याई अब अग्रगामी दिशामा बढ्न वर्तमान समितिले आग्रह गर्दै सकारात्मक संदेश लिएर आए यहाहरुको के प्रतिक्रिया हुन्छ ?

नगेन्द्र पौडेलले यस्तो उत्तर दिए , समस्या बिगत देखिको निरन्तरता हो तसर्थ आज पुन: यसमा आँखा चिम्लिदिउ, भोलि देखि सुधार गरौला भन्ने कुरा प्रवासी प्रनेपालीको आँखामा पुन: धुलो छर्ने अर्को प्रयाश हुनेछ ! हामीले सुधार नगरे – कसले गर्ने ? आज शुरु नगरे – कहिले गर्ने ? भन्ने विचार राखे lर पराजुलीको पनि त्यस्तै मिल्दो जुल्दो जवाफ दिए , भएका गल्तिलाई पुरै आँखा चिम्लेर चिम्लेर बस्दा आगामी दिनहरुमा पनि फेरी दोहोरिने हुन्छ l जो सुकैले गरेको किन नहोस ,भएको गल्ति समाजमा स्पस्ट पार्नु नै पर्छ l वर्तमान समितिलाई निर्बाध रुपमा अगि बढ्न सबैको हार्दिक सहयोग रहन्छ l तर उठेका बिषयहरुको न्यायपूर्ण निराकरणका लागि अग्रगामी सोच र प्रयास हुनु पर्यो भने l

के को लागि यत्रो संघर्ष ? के मात्र यहाहरुले प्राप्त गरे यसको समाधान होला ?

पौडेल र पराजुलीले भने- हामीहरु लाई केहि प्राप्त गर्नु छैन l समाजका अभियन्ताहरु र यसका संयन्त्रहरु जिम्मेबार र पारदर्शी हुनु पर्यो lसमाजका सदस्यहरु आफ्ना नेताहरु र आफ्ना संयन्त्रबाट भए गरेका गतिबिधीबाट भलीभाँती सुसुचित हुन पाउनु पर्यो भने

निर्वाचनमा सबुत समेत फेला फरेको अवस्था छ भने यो कतिको धारिलो हतियार बन्न सक्ला ?

नगेन्द्र पौडेलले यस्तो जवाफ तुरुन्तै दिए , विषाक्त प्रक्रियाको अन्त, यदि यो सुनियोजित ठहरेमा जिम्मेवार संस्था या व्यक्तिहरुलाई कारबाही l त्यसपछि सच्चा प्रजातान्त्रिक प्रणालीको सुरुवात भने l श्री पराजुलीले यस्तो उत्तर दिए म यो संस्था सबै प्रवासीहरुको साझा हो l यसले गर्ने हरेक कार्यहरु प्रति सबै सदस्यको सुक्ष्म निगरानी रहनु पर्छ l नेतृत्वले सधै सहि गर्छ बन्ने होइन तसर्थ हरेक सद्स्यले यसको स्वामित्व ग्रहण गर्नु नै पर्छ l

र ,अन्त्यमा गैर आवासीय नेपाली संघ अमेरिकाका १२ हजार सदस्यहरुलाई वस्तुत के संदेश दिन चाहनु हुन्छ भन्ने सवालमा यस्तो जवाफ दुबैको पाईयो l

हामि यो संस्था मार्फत समस्त अमेरिकबासी आप्रवाशिको प्रतिनिधित्व होस् भन्ने चाहन्छौ ! त्यो उद्धेस्य प्राप्तिका लागी यो संस्थामा बिशुद्ध प्रजातान्त्रिक प्रक्रियाबाट नेतृत्वको चयन हुने परिपाटी बस्नुपर्छ भन्ने हो भने l

यस कुराकानीमा उपस्थिति हुन् असमर्थ भए पनि अध्यक्ष पदका प्रत्याशीले साथीहरुले अभिव्यक्त गरेका विचारहरु प्रति ऐक्यबद्धता रहेको बताएका थिए l संस्थाको संस्थागत विकास गर्नु पर्ने अपरिहार्यता र संस्थाको बृहत हितमा काम गर्नु पर्ने भएकोले यो गम्भीर बिषय हो भन्दै सम्बन्धित निकायले हाम्रा कुराहरु अवस्य सुन्ने छन् भनि आफुहरु आशाबादी रहेको कुराकानीमा बताए l

Leave a Reply