एनआरएन अमेरिकाको खेलकुद प्रतियोगिता भब्यताको साथ सम्पन्न

nrn 4

चैत्र १४ ,डिसी
विजय थापा

गत मार्च २१ र २२ तारिख सम्पन्न भएको एन आरएन अमेरिकाको तेश्रो साधारण सभाको अवसरमा बिभिन्न खेल प्रतियोगिताको आयोजना गरि दुई दिन सम्म चलेको उक्त प्रतियोगिता भब्यताको साथ सम्पन्न भएको छ l

नर्दन भर्जिनियामा संचालन भएको बिभिन्न खेलकुद मध्ये दर्जनौ खेलाडीहरु सहभागिता रहेको टेबल टेनिसमा खेलमा बिज्ञान श्रेष्ठ प्रथम ,द्वितीय सुधिर सिंह तथा तृतीय टेनिस कटुवाल भएका छन् l

यसै गरि भकुण्डो (सकर )खेलमा न्युयोर्क ,बाल्टिमोर ,भर्जिनिया तथा डिसीका ६ वटा खेल समुहले भाग लिएका थिए भने उक्त प्रतियोगितामा तिब्बत टिम अफ न्यु योर्क टोलि प्रथम भएको थियो भने आफ्नो घरेलु मैदान उत्कृष्ट प्रदर्शन गर्ने घरेलु टोलि डिसीएफसी द्वितीय स्थानमा चित्त बुझाउनु परेको थियो l

nrn 2

प्रथम हुने खेल टोलीलाई एक हजार डलर नगद तथा पुरस्कार वितरण गरिएको थियो भने द्वितीय हुने टोलीलाई पाँच सय डलर नगद पुरस्कार तथा पुरस्कार दिइएको थियो l

सकर प्रतियोगिता केवल पुरुषहरुको मात्र मात्र गराईएको थियो भने डिसी महानगर क्षेत्रको आर्लिंगटन लँग ब्रिज खेल मैदानमा साँझ ४ देखि राती १० बजे सम्म खेलाईएको थियो l

यसै गरि बास्केट बल प्रतियोगिता भर्जिनियाको स्टरलिङ्ग शहरमा प्रतिस्पर्धा भएको जानकारी एनआरएन युएसए को लागि स्थानीय रुपमा खेलकुदको जिम्मेबारी लिई संयोजकको भूमिका निर्वाह गरि रहेका चन्द्र लामाले बताए l

यसै गरि बास्केटबल प्रतियोगितामा म्यान हनुमान स्पोर्ट्स टोलि प्रथम भएको थियो l

Leave a Reply