डिसीमा एनआरएनए भर्जिनिया शाखाले संकलन गर्यो सुझाब र सल्लाह

IMG_0334

विजय थापा , वाशिंगटन डिसी

गैर आवासीय नेपाली संघ भर्जिनिया शाखाले डिसी महानगर क्षेत्रमा रहेका नेपाली समुदायका विभिन्न संघ तथा संस्थाहरुसंग परिचायत्मक तथा भेटघाट कार्यक्रम सफलता पुर्वक सम्पन्न गरेको छ l एनआरएनए भर्जिनिया शाखा यस क्षेत्रमा केहि महिना अगाडी मात्र गठन गरिएको हो भने कार्यक्रममा बिशेष त
सबै संग सल्लाह र सुझाब संकलन गरि कसरि शाखा अग्रगामी दिशामा जाने भन्ने अभिप्रायले कार्यक्रम राखिएको संस्थाका सचिब कृष्ण भण्डारीले बताए l

कार्यक्रममा एनआरएन अमेरिकाका संस्थापक अध्यक्ष सुमन तिमिल्सिनाले पदाधिकारीले संस्थाको ईतिहास बारेमा चर्चा पदाधिकारीले यसको उदेश्य बारेमा जान्नु जरुरि छ भनि विचार राखेका थिए l एनआरएनएको क्षेत्रीय उपाधक्ष्य रबिना थापाले हामी समुदायसंग सुझाब लिन आएका हौ भन्दै केन्द्रले भर्जिनिया शाखा संग समन्वय गर्ने बताईन l यसै गरि संचालक समिति सदस्य सुशील रेग्मीले केन्द्रले बनाएको नीति तथा कार्यक्रमको बारेमा चर्चा गरेका थिए l

उक्त कार्यक्रममा साहित्यकार ,कबि तथा झोला चलचित्रका निर्देशक कृष्ण-धराबासी ,नेपाली कांग्रेस जनसम्पर्क समितिका अध्यक्ष राम शरण हुमागाई ,अमेरिका नेपाल सोसाईटीका अध्यक्ष जीवन तिवारी ,अमेरिका नेपाल महिला संघकि पुर्व अध्यक्ष माधवी कार्की ,बुद्धिजीवी डा गोपी उप्रेती ,अनेसास डेलावर शाखाका अध्यक्ष तथा संचार कर्मी गुणराज लुइँटेल, अमेरिका नेपाल सोसाइटीका पुर्व अध्यक्ष खेम भट्टचन ,अनेसास डिसी शाखाका पुर्व प्रकाश नेपाल ,अमेरिका नेपाल सहयोगी समाजका अध्यक्ष पदम रेग्मी तथा बिभिन्न संघ तथा संस्थाका प्रतिनिधिहरुले सुझाब तथा सल्लाह दिएका थिए l

IMG_0331

एनआरएनए भर्जिनिया शाखाले संख्यात्मक भन्दा गुणात्मक भन्दा काममा ध्यान दिनु पर्ने तथा सबैको साझा चौतारी बनोस भनि सुझाब दिएका थिए l सुझाब दिने क्रममा संस्थामा राजनैतिक गन्ध नआओस ,अरु संघ तथा संस्था संग समन्वय गरि पुलको काम गरोस ,सामुदायिक भवन निर्माणमा संस्थाले पहल गरोस तथा उदाहरण रुपमा काम गर्ने प्रयास गरोस भनि सुझाब तथा सल्लाह दिएका थिए l

कार्यक्रममा अधिवक्ता बन्दिता शर्मा दाहालले टिपीएस ( अस्थाई संरक्षण हैसियत ) सम्बन्धि जानकारी दिएकी थिइन् भने सहभागीहरुको जिज्ञाशा पनि राखेका थिए l अधिवक्ता बन्दिता शर्मा दाहालले टिपीएस बारेमा बोल्दै जुन २४ भित्र अमेरिकामा पसी सकेकाले टिपीएस दर्ता गर्ने अवसर पाइने बताउदै डिसेम्बर २४ सम्म यसको म्याद रहेको बताईन l

नेपाल फर्काइने अवस्थामा रहेका नेपालीलाई पनि १८ महिना सम्म पनि टिपीएसको सुबिधा प्राप्त हुने जानकारी दिदै अधिकांस टि पी एस लम्बिने गरेको बताईन l टिपीएसको सुबिधा सबैले पाउने तर अपराधिक गती विधिमा संलग्न छ भने उ बन्चित हुने जानकारी गराईन l

र संस्थाका अध्यक्ष मुक्ति दवाडीले हामी कसरि अगाडी बढ्ने र एनआरएन लाई साझा संस्थाको रुपमा कसरी बिकसित गर्दै लान सकिन्छ भन्ने हेतुले पनि भेटघाट कार्यक्रम राखेको बताए l

IMG_0347 IMG_0310 IMG_0315 IMG_0320

Leave a Reply