Nepal Time: Share on Facebook
TexasNepal Radio Coming Soon - Listen to Test Broadcast

आशु मैले थाम्न सकिन

Posted on: November 27th, 2009 by Nepali Maiya

तिम्रो याद आइदिदा, आशु मैले थाम्न सकिन

तिमिसंग लगाए प्रित, तर तिम्रो साथ पाइन
कस्तो जालमा परे कुन्नि, आफुलाई आजत गर्न सकिन

रातको त्यो सुन्यतामा पनि, मन मेरो शान्त थिएन
मैले चिच्याई रुन चाहे, तर अरुलाई सुनाउनु थिएन

तिमीलाई मैले दिल दिए, तर तिम्रो माया पाइन
आफैलाई मैले रित्याई दिए, बदलामा तर केहि पाइन

सबका सामु हासी दिए, तर मन खुसि थिएन
पराइलाई आफ्नु मानि दिए, तर दिनलाइ माया थिएन

तिम्रो याद आइदिदा, आशु मैले थाम्न सकिन

Posted in: Nepali Poems
Tags:


4 Responses

  1. sam says:

    नमस्कार सागरिका जी
    याद त मलाई पनि नआएको होइन
    आशु आखा बाट नझरेको होइन
    जाल थिएन माया थियो प्रितीको फूल
    शरिर त शान्त मेरो पनि भएको होइन
    मा आउछु भनि जालिरुमाल चिनो छाडे
    तिम्रो जस्तै मन रित्याई गएको होइन
    छाडी देउ खैर केहि छैन तिमि गयौ
    तर म भित्रको तिमि मेट्न सकेको होइन

  2. Sagarika says:

    नमस्कार श्याम जी
    मिठो प्रतिक्रिया को लागि धन्यबाद!!!

  3. uttaulo kta says:

    good one kabita ramro chha but one thing
    sagarika g kunaikunai bela samyoganta kabita ma pani kalam chalaunu bhaya ramro huntheyo hola
    dhanya baad

  4. Sagarika says:

    comment ko lagi Dhaneybaad! aagami dinharuma samyogganta kabita lekhne prayash garne chu.

Leave a Reply