Nepal Time: Share on Facebook
TexasNepal Radio Coming Soon - Listen to Test Broadcast

हो, उ राम्री छे

Posted on: January 15th, 2010 by Nepali Maiya

थाहा छ मलाई पनि
उ साचै राम्री छे
तर मन दुख्छ मेरो
जब गर्छौ प्रसंसा उसको
सबैनै छन् पारखी यहाँ
उनको त्यो सौन्दर्यको

जति हेर्यो हेरु लाग्ने
रुप उसको परि जस्तो
मिलेको त्यो जीऊ-डाल
यौवनले सजिएको
कोइली झैँ सुमधुर
मोहनी लगाउने बोलि उसको

तर डाहा लाग्छ मनमा
तिमीले उसलाई हेरिदिदा
तिम्रो नजरमा कहिँ कतै
मेरो मुल्य घटे जस्तो
मलाईनै बिर्सिएर,
उ भित्र तिमी डुवे जस्तो

किन आधि चल्छ मनमा
डर किन लाग्छ यस्तो
हुरी आइ हाम्रो घर
उडाएर लगे जस्तो
अनि मलाईनै बिर्सिएर,
उ भित्र तिमी डुवे जस्तो

Posted in: Nepali Poems
Tags:


Leave a Reply