Nepal Time: Share on Facebook
TexasNepal Radio Coming Soon - Listen to Test Broadcast

पर्खाइ

Posted on: January 22nd, 2010 by Nepali Maiya

तिमी आउने कहिले कहिले
पर्खी बसे म अहिले…
गीत कविता सबै लेखे
तिमीलाई सुनाउने हो कहिले?

तिमीसंग बोल्दा बोल्दै
आँशु मेरो खस्यो कहिले?
घडीको सुइ दोहोरि सकेछ
तिमीसंग बोले म कहिले?

छुट्ने डरले मन डराउछ
संगै हामी बस्ने हो कहिले?
कहिले बनाउने घर टाढा
त्यहाँ मलाई लाने कहिले?

सानो सुन्दर संसारलाई
हाम्रो नाम दिने हो कहिले?
तिमी आउने कहिले कहिले
पर्खी बसे म अहिले….

Posted in: Nepali Poems
Tags:


Leave a Reply