Nepal Time: Share on Facebook
TexasNepal Radio Coming Soon - Listen to Test Broadcast

विडम्बना

Posted on: February 5th, 2010 by Nepali Maiya

म मर्छु भनेर हैन
आफ्नु नाम बदनाम होलाकि
भन्ने कुराले तिमी डराउछौ

हो, मैले बुझी सके
मेरो माया लाग्दैन तिमीलाई
मबाट छुटकारा पाउन चाहनछौ

लाचार बनि रुन्छु म जब
मेरो दया लाग्छ होला
तबत झुठो आत्मियता देखाऊछौ

साथमा जब हुन्छौ तिमी
त्यस्मानै म जिवन पाउछु
क्षण भरमै तर तिमी बिलाउछौ

उफ! कस्तो विडम्बना यो
ओछ्यान् एउटै भएर पनि
पराइ झैँ ब्यबहार देखाऊछौ!!

Posted in: Nepali Poems
Tags:


Leave a Reply