Nepal Time: Share on Facebook
TexasNepal Radio Coming Soon - Listen to Test Broadcast

टुटेका सपनाहरु

Posted on: May 15th, 2011 by Nepali Maiya

एक पछि अर्को गरि
सपनाहरु मलाई छोडेर गए ।
हिजो मात्र लाग्छ नशामा नाचेको
आज त रक्शी बिनानै बेहोश भए ।

जिन्दगी छोटो छ भन्छन
दुइदिने यो घाम-छायां रे ।
खै त? अझै जिउदै छु म
त्यस्ता ‘दुइदिन’ कत्ती आए कत्ती गए ।

अइना हेरी आफैसंग
कयौ पटक प्रश्न गरे ।
मरी लानु के नै छ र
आँशु पुछी हाँस्न खीजे ।

काँडा सरि निकाले जस्लाई
तै विना आफुलाई एक्लो पाए ।
यस्तै नै रहेछ संसार सारा
स्वार्थ त मै भित्र पनि पाए ।

आफैलाई बन्धि बनाई
चार भित्तामा थुनी राखे ।
अनि डाक्को छोडी रोए कराए
सुनीदिने मात्र पथर थिए ।

Posted in: Nepali Poems
Tags:


Leave a Reply