Nepal Time: Share on Facebook
TexasNepal Radio Coming Soon - Listen to Test Broadcast

तिम्रो याद आउछ।

Posted on: February 19th, 2010 by Nepali Maiya

शिर्शिरे हावा चल्दा
चराहरु चिर्रबिर गर्दा
मलाई तिम्रो याद आउछ
त्यो चिर्र्बिरमा नाचू भन्दा।

चिसो दिनमा घाम लाग्दा
कोपिला त्यो फुल बन्दा
मलाई तिम्रो याद आउछ
त्यो फूलमा भमरा बस्दा।

छंगछंग गरि खोला बग्दा
बादलका ति आकृति हेर्दा
मलाई तिम्रो याद आउछ
त्यो बादलमा एक जोडी देख्दा।

चारैतिर आफ्नो रंग फिजाई
साझको त्यो घाम डुब्दा
मलाई तिम्रो याद आउछ
तिमीमा मलाई डुब्न मन लाग्दा।

Posted in: Nepali Poems
Tags:


One Response

  1. Mk says:

    Nice! I esp. loved the last paragraph!

Leave a Reply