Nepal Time: Share on Facebook
TexasNepal Radio Coming Soon - Listen to Test Broadcast

डायरीका हरेक शब्द

Posted on: February 26th, 2010 by Nepali Maiya

डायरीका हरेक शब्द, प्रमाण बन्ने डर हुन्छ।
त्यसैले म लेख्छु कविता, पात्र काल्पनिक भने हुन्छ।

बैरी अनि मित्रलाई, स्मृतिमा कैद गर्छ।
खुशी अनि पीडाहरु, सृजना झैँ सृजीत हुन्छ।

भाव सबै खुल्ने गरि, भाका हाली भने हुन्छ।
हैन भने त्यसलाई, सम्झना बनाई राखे हुन्छ।

हरेक बिशेष घटनामा, जब भाव उर्ली आउछ।
आशु संगै सब्दहरु, कवितात्मक बनि दिन्छ।

तिमीलाई मायालु भनि, डायरीमा लेखे भने।
एकदिन यस्तो आउछ, डायरी मैले जलाउनु पर्छ।

त्यसैले म लेख्छु कविता, पात्र काल्पनिक भने हुन्छ।
डायरीका हरेक शब्द, प्रमाण बन्ने डर हुन्छ।

Posted in: Nepali Poems
Tags:


Leave a Reply