Nepal Time: Share on Facebook
TexasNepal Radio Coming Soon - Listen to Test Broadcast

के पायौ त तिमीले?

Posted on: March 5th, 2010 by Nepali Maiya

बदनाम गरेर मेरो, के पायौ त तिमीले
म त भए धेरै दुखि, कति खुशी पायौ त तिमीले
धम्कि दिएर मलाईनै, कति माया पायौ त तिमीले

रिशाएको त थिए म, कसरी आज फकायौ त तिमीले
हासा भनि बिन्ति गर्दै, किन मलाई रुवायौ त तिमीले

तिमी बिनानै थिए खुशी, कस्तो चोट दियौ त तिमीले
मन मेरो रोइरहेथ्यो, कहाँ आशु देखयौ त तिमीले

तिम्रो साथ मैले दिदा, कस्तो साथ दियौ त तिमीले
धेरै बाच भन्दै मलाई, बिष किन दियौ त तिमीले
बदनाम गरेर मेरो, के पायौ त तिमीले

Posted in: Nepali Poems
Tags:


Leave a Reply