Nepal Time: Share on Facebook
TexasNepal Radio Coming Soon - Listen to Test Broadcast

नेपाली भाषा तथा सांस्कृतिक बिध्यालय

Posted on: April 20th, 2010 by Swoyambhu Shakya

नेपाली भाषा तथा सास्कृतिक बिध्यालय डालस मेट्रोप्लेक्स को अर्विङ र डेन्टन शहर गरी २ ठाउँमा अवस्थित छन् | नेपाली सोसाइटी टेक्सास र अन्तरस्ट्रिय नेपाली साहित्य समाज अन्तर्गत सन्चालित यी दुई स्कूलहरुको स्थापना आजभन्दा ५ वर्ष अगाडि भएको हो | यो भन्दा अगाडि डालसका समाजसेवी, अभिभावक तथा बौधिक ब्यक्तित्वहरुको अग्रणिमा अर्विङको हिन्दू मन्दिरमा पहिलोपल्ट बिधिवत स्थापना भएको मानिन्छ | विभिन्न रोह अवरोहका बावजुद पनि नेपाली भाषा तथा सास्कृतिक बिद्यालय अहिलेसम्म पनि गतिशिल अवस्थामा रहेको छ | यसको श्रय हाम्रा बौधिक ब्यक्तित्वका साथे आफ्नो भाषा, धर्म र सन्स्क्रिती प्रती चिन्तित अभिभावकहरु धन्यवादका पात्र छन |

नेपाली भाषा तथा सास्कृतिक बिध्यालयका उद्देश्यहरु निम्न छन
१ ) नेपाली भाषा तथा अक्षरको ज्ञान
२ ) नेपालीको भौगोलिक अवस्था को परिचय
३ ) नेपाली धर्म, सन्स्क्रिती, चाड, पर्वको ज्ञान
४ ) योग तथा ध्यानको अभ्यास र यसको फाइदाहरु

यी उल्लेखित उद्देश्यहरु प्राप्तिका लागि हाम्रा अभिभावकहरु तथा volunteer मित्रहरु हरेक शनिबार नेपाली स्कूलमा दिनको १२ बजे देखी २ बजे सम्म जम्मा हुन्छन | नेपाली स्कूलको शुरुवात हरेक हप्ता नेपाली राष्ट्रिय गान बाट हुन्छ | यस पश्चात हाम्रा volunteer साथीहरु द्वारा योग तथा व्यायम सिकाउनु हुन्छ | केही समय देखी हाम्रा विधार्थी भाई बहिनिहरुद्वारा नै योग तथा ध्यान को अभ्यास गराउदै आएक छन |लगभग ४५ मिनेटको योग तथा ब्यायाम पछी १५ मिनेटको ध्यान गराइन्छ | योग तथा ध्यान गर्न सपूर्ण बाल बालिका र अभिभावकहरु धेरै उत्साहका साथ भाग लिन्छन |

आफ्नो देशको सन्स्क्रिती, कला र पर्बहरु बचाइ राख्नको लागि नेपाली स्कूलले विभिन्न कार्यक्रमहरुको आयोजना गरिरहेको हुन्छ जस्तो कि गुरु पुर्णिमा, सरस्वती पूजा, होली पुर्णिमा, शिवरात्री, बुद्ध जयन्ती का साथ साथे कवी गोष्ठीका र कबिता वाचन | मलाई लाग्छ हाम्रा यी बाल बालिकहरु यो बिदेशी भूमीमा रहेर पनि आफ्नो देशको सबै चाड, पर्व तथा सन्स्कृतिबाट नजिकिएका छन | नेपाली स्कूलमा आएर मैले नि धेरै कुराहरु सिक्न पाएको छु | हरेक कार्यक्रमहरुमा हाम्रा अभिभावकहरुबाट विद्यार्थीहरुलाई खाना तथा स्न्याक्स का लागि देखाएको उत्साह सर्हानिय छ |
डा. चिन्तामणी योगीज्यूले जहिले आफ्नो भमणमा डालसवासिको तारिफ गर्नु हुन्छ भन्नु हुन्थ्यो यदी तपाईं डालसमा हुनुहुन्छ र आफ्नो छोराछोरिहरु नेपाली स्कूलमा जान्छन भने ढुक्क हुनुस् | वहाँको नेत्रित्वमा पछील्लो २ वर्षको समर क्याम्पबाट हाम्रा बाल बच्चाहरुले धेरै कुराहरु सिक्ने मौका पाए | वहाँले सिकाउनु भएको बिहानी मन्त्र, भोजन मन्त्र र रात्री मन्त्रहरु आज सम्म पनि हाम्रा बच्चाहरु सबैको घरमा पालन गरी रहेका छन | यस बाहेक समर क्याम्प बाट हामी अभिभावकहरुले समेट धेरै सिक्ने मौका पाएका छन |

हाम्रा सिमित स्रोत र साधनका वावजुद पनि नेपाली स्कूल आफ्नै गतिले अगाडि बढीरहेको छ | तर हामीले सोचएको जस्तो राम्रो भएको छैन, हामी अहिले सम्म क ख ग मै सिमित छौ | यसको लागि हामीलाई योग्य शिक्षकहरु तथा भोलेन्टरहरुको खाचो छ | कोही साथीहरुले जिस्काउछन, यो बिदेशी भूमीमा नेपाली स्कूलको औचीत्य के भनेर? जवाफ त धेरै छन तर जवाफ दिएर हिंड्नु भन्दा नि यहाँ नेपाली स्कूल नमूना को रूपमा बिकास गरी देखाउने हामी सबैको धोको छ | तेसैले हरेक शनिबार छोरालाई लिएर नेपाली स्कूल जान्छु, मनमा धेरै आशा र सपनाहरु लिएर | छाती फुलेर आउछ जव छोराले क ख ग पढेको सुन्दा अनी कम्प्युटरमा समाचार पढ्दा छोराले पनि नेपाली पढ्न कोशीस गरेको देख्दा मेरा सबै निरशाका बादलहरु हटेर अर्को शनिबारको पर्खाइमा हुन्छु | धेरै अभिभावकहरुको गुनासो नि सुन्ने गरेको छु, नेपाली स्कूलमा केही सिकेन भनेर | एक छिन सोचउ हप्तामा १ घन्टाले हाम्रो बच्चाहरु ले के सिक्लान ? तर सबै अभिभावकहरु पनि आफ्नो घरमा नेपाली भाषा तथा हाम्रो सन्स्कृतिको महत्व बारे बुझाउन कोशीश गर्‍यो भने होस्टेमा हैसे हुनेछ | तेसैले आउनुस् हामी सबै मिलेर आफ्ना बाल बालिकाको भविश्यको लागि नेपाली हुनु को गर्व र परिचय दिउ ताकी भविश्यमा उनिहरु आफ्नो शिर उचालेर आफ्नो सगरमाथा र बुद्धको देशको परिचय दिन सकोस | जसरी सबै मिलेर नेपाली मन्दिरको लागि जग्गा किन्न सफल भएका छौ त्यसरी नै हामी सब मिल्यो भने हाम्रो स्कूल विश्वमा नमूना बन्नेमा दुई मत हुन सक्दैन |

अन्तमा, डा. चिन्तामणी योगी ज्यू ले भन्नु भएको कुरा याद आउछ, हामी बिदेशमा बसेर नेपालको लागि केही गर्न नसके पनि आफ्ना केटाकेटिको अगाडि नेपाल खत्तम छ वा नेपालको बारेमा नकारात्मक कुराहरु नगरि दिनु होला | हामी सब आफ्नो बाल बालिकाको निम्ती चिन्तित छौ | तसर्थ नेपाली स्कूलमा आफ्ना बच्चाहरु ल्याउन नसकेता पनि भिडियो गेम र टि भि को समयलाई अली कटौती गरी आफ्ना बाल बालिका सँग नेपाली गीत गाऔ र नेपाली अक्षरहरुको गेम खेलौ |

धन्यवाद

स्वयम्भू शाक्य
प्रिन्सिपल

Posted in: Articles
Tags: ,


2 Responses

  1. Chakra says:

    सच्चैनै बर्णन योग्ये छ अनी उदहरनियेछ यो काम। साह्रैनै खुशी लाग्यो।

  2. ashma says:

    I am very glad to know this things and very proud to nepali and to all of those people who lives in foreigh land but still love their wn country and preserve their culture and tradition. just keep it up . Good job
    Appreciate ur work

Leave a Reply