Connecting Global Nepali Speaking Communities
TexasNepal.com
  • HOME
  • NEWS
  • BLOG
  • PHOTOS
  • VIDEOS
  • RADIO
  • FASHION
  • FORUMS
  • CLASSIFIEDS
  • USEFUL
  • POPULAR
  • EVENTS
  • FUN
  • CONTACT
  • Emergency
  • What's New
  • BBC Nepali
  • Nepal News
  • DEALS
  • Nepali Songs
  • Weather
  • Chalfal
  • FOREX
  • Nepali Calendar
  • YouTube
  • Movies
  • Suneko Kura
ZenTravels.com EnglishNepaliDictionary.com - English to Nepali Dictionary Online TypeNepali.com - Typing Nepali online made easy!

Featured Video »

Find Us on Facebook »

Categories

  • Announcements (74)
  • Articles (143)
  • Audio Recordings (1)
  • Deals (5)
  • Documentary (6)
  • Downloads (14)
  • English Poems (4)
  • Entertainment (143)
  • Events (154)
  • Fashion (15)
  • Fashion Friday (20)
  • Health (15)
  • Internet (33)
  • Interviews (31)
  • Music Videos (15)
  • Nepal (96)
  • Nepali Poems (42)
  • News (58)
  • Poems (11)
  • Politics (11)
  • Sajha Sawal (5)
  • Short Movies (6)
  • Society (21)
  • Sports (6)
  • Stuff We Like (193)
  • Technology (19)
  • Texas (29)
  • Tutorials (9)
  • Uncategorized (8)
  • Useful Stuff (83)
  • Video Podcast (19)
  • Videos (89)
  • Meta

    • TexasNepal Updates (RSS)
    • Log in

    ३० औ ए एन ए डालास सम्मेलन – खेलकूद तथा अन्य पुरस्कार राशीहरुको ऐतिहासिक घोषणा

    Posted on: May 20th, 2012 by TexasNepal Admin
    Tweet

    ‘एउटै सपना, एउटै समुदाय, एउटै समारोह’ ३० औ ए एन ए सम्मेलनको मूल नारा रहेको छ । सो परिकल्पना साकार गर्न मूल समारोह समिति तथा सम्पूर्ण समितिहरु कडा मेहनतको साथ अपार सफलता बनाउन तत्परताको साथ जुटेका छन । युवा वर्ग सम्भावनाका भण्डार हुन्, उनिहरुमा बिश्व हाक्ने शक्ति हुन्छ र आमुल परिवर्तनका संवाहक भएकाले उनीहरुको काधमा ३० औ ए एन ए डालस सम्मेलनले बिसेष जिम्मेबारी सुम्पिएको छ । आधा आकाश ढाक्ने महिलावर्गलाई उच्च प्राथमिकता दिदै ज्यादा भन्दा ज्यादा महिला सहभागिता गराईएको छ र सोहि अनुसार महिला कार्यक्रमहरु प्रशस्त ल्याउने उदेश्य राखिएको छ ।

    ए एन ए कानुनी र आर्थिक रुपमा विधिवत रुपमा गैर मुनाफा संस्थाको अनुपालन(कम्प्लायंस)मा प्रवेश भै सकेको र ए एन ए जुन उदेश्य अनुरुप स्थापना गरिएको छ सोहि अनुरुप अग्रगामी दिशा तर्फ बढ्दै जाने कुरामा दृढ छ ।नेपाली समुदायको जनघनत्व यो राष्ट्र भरि नै बिजगणतीय हिसाबले बढ्दै गई रहेको अवस्थामा ए एन ए को भूमिका एक शसक्त छाता संगठनको रुपमा भूमिका निर्वाह गर्नु पर्ने ,आमुल परिवर्तनको वकालत गर्ने र समुदायको चाहना अनुसार यी कुराहरुको सम्बोधन हुनु पर्ने माग पनि बढ्दै गई रहेको अवस्थामा समुदायको चाहना प्रति ए एन ए सम्बेदनशील छ ।गम्भीरताको साथ समुदायले परिकल्पना गरेको एक आदर्श र नेतृत्वमुखी संस्थाको रुपमा आफुलाई प्रस्तुत गर्न उक्त अवसरको आफुले चुनौती लिन कदम अगाढी बढाउने छ ।

    ए एन ए पुन: नया ढाचा र नौलो रुपमा रुपान्तरित हुदै अझ उत्तम तथा समुदायलाई अझ मजबूत बनाउने बिषयमा कटीबद्द छ । शिघ्र ,हामी यहाँहरुका सुझाब संकलन गर्न हाम्रो सम्मेलन संजाल (www.anatexas.org) मार्फत ग्रहण गर्ने छौ । सम्मेलनमा एकीकरण वा पुनर्मिलन भेटघाट, बिभिन्न प्रकारका मंचहरु, नेपालको वर्तमान अवस्था, बाणिज्य सम्बन्धि गोष्ठी, नेपालको बिकासको लागि लगानी तथा अन्य जल्दा बल्दा मुद्दाहरुलाई समेत समेटिने खालका कार्यक्रमहरु गरिने छन ।

    बिद्यालय तथा विश्वबिद्यालय अध्ययन समाप्त गर्नु भएका तमाम बिध्यार्थीहरुको हितको पक्षमा समेत उपयोगी मंच हुने कुरामा हामी विश्वस्त छौ। बालबालिकाहरुका लागि क्रमस: हाजिरी जवाफ प्रतियोगिता, हिज्जे बी प्रतियोगिता, बालबालिकाहरुको लागि सास्कृतिक प्रतिभा प्रतियोगिता र ११ प्रकारका खेलकूद गराईने तय गरिएको छ । क्रिकेट (डन्डी मुंग्रो), स्नूकर (मट्याण्ग्रो डन्डी), ब्याड मिन्टन (प्वाखे मुंग्रो ) आदि ईत्यादी खेल समाबेश गरिएको छ । खेलकूद ए एन ए को एक अहम हिस्सा भएको कारण यसलाई जीवन्तता दिनु ए एन ए एक उदेश्य रहेको छ ।ए एन ए डालस शान्ति म्याराथून दौडको घोषणाले नया आयाम थपिने कुरामा बिस्वस्त छ । युवावर्गहरुको माग र चाहना अनुरुप ए एन ए फेशन(भेषभूषा) प्रदर्शनलाई निरन्तरता दिईएको छ भने आफु भित्र लुकेको प्रतिभा प्रस्फुटन गर्ने सबै युवावर्गलाई एक साझा मंच हुने विश्वास लिईएको छ ।

    खेलकूदमा, गत बर्ष बिजेता भएका सम्पूर्ण खेलका बिजयी समुहहरुलाई सम्मेलनमा सहभागी हुदा तिर्नु पर्ने दस्तुर यो बर्ष मिनाहा गरिएको छ ।यो बर्ष फूटबल (भकुण्डो ) तथा बास्केट बल (टोकरी भकुण्डो )का बिजेताहरुलाई $ ३०००.००(तीन हजार डलर )प्रदान गरिने भएको छ ।अन्य अरु खेलकूदको लागि पनी गहन बिचार विमर्श गरि रहेको जानकारी गराउदछौ । सम्मेलन संजाल(www.anatexas.org)मा हेर्न अनुरोध छ र हामी सूचना टास गर्ने छौ ।

    यसै बर्ष अर्थात् ३० औ ए एन ए डालस सम्मेलन देखि लागु हुने गरि तीन बर्ष सम्म लगातार बिजयी फूटबल (भकुण्डो )समुहलाई $ १०,७७७.०० (दस हजार सात सय सत्ततर डलर) तथा बास्केट बल समुहलाई $५५५५.०० (पाँच हजार पाँच सय पचपन्न डलर) तथा ए एन बडी अस्थिर पदक ( ए एन ए बडी रनिंग शिल्ड) प्रदान गरिने घोषणा गरिएको छ ।

    जुलाई २ तारिख सोमबार ,बिश्वबाट सहभागी हुन् आउने सम्पूर्ण उदद्मी तथ् ब्यापारीहरुको सम्मानमा एक बृहत ब्यापार अन्तरक्रिया कार्यक्रम गरिने तय भएको छ ,र उपस्थित सहभागीहरुको लागि यो एउटा सुवर्ण अवसर हुनेछ ।यसै गरि ए एन ए प्रोमो भिडिओ ( श्रब्य दृश्य ) का सार्बजनिक गरि सकिएको छ र विश्वका कुनै पनी कुनामा रहेका नेपालीहरु सहभागी हुन् सक्नु भन्ने अभिप्रायले अधिकांश संचार माध्यममार्फत सूचना प्रकाशित गरि सकिएको छ र बिजेतालाई नेपाली रुपैया १,००,००१(रु .एक लाख एक रुपैया )को पुरस्कारको ब्यबस्था गरिएको छ ।

    ए एन ए को साहित्यको क्षेत्रमा यस बर्ष पनी अझ उत्तम साहित्यिक कार्यक्रम पस्किने र बिजयी साहित्यिक अनुरागीहरुलाई बिसेष पुरस्कार प्रदान गरिने भएको छ ।अन्त्यमा यो सम्मेलन गर्न पाउदा हामीलाई खुशी लागेको छ र यहाँहरुको स्वागार्थ हामी कौतुलताको साथ टेक्सासमा प्रतिक्षा गरि रहेका छौ ।यहाहरुका सुझाब, सल्लाह , प्रश्न र कुनै जिज्ञाशा भए हामीलाई जानकारी गराउन अनुरोध छ र यसको हामी स्वागत गर्दछौ ।

    सहयोगको लागि धन्यबाद ! उत्तर अमेरिकामा बसोबास गर्ने सम्पूर्ण दाजुभाई तथा दिदिबहिनिहरु यो पर्वलाई एक गौरब बनाऔ र यो उत्सब प्रति गर्ब गरौ ।

    शिघ्र भेटघाट हुने बचन बद्दताको साथ बिदा!

    धन्यबाद !

    पासांग लामा,

    प्रमुख संयोजक

    ३० औ ए एन ए डालस सम्मेलन

    सम्पर्क :८७१-७१५-३४००

    pasang।ama@anatexas.org
    www.anatexas.org
    www.hi।tonanato।ehote।.com
    ‘एउटै सपना , एउटै समुदाय , एउटै समारोह’

    Posted in: Announcements, Events, Sports, Stuff We Like
    Tags: 30th ANA Convention, ANA, ANA Sports, Pasang Lama

    Tweet
    Next Post »
    « Previous Post

    Related Posts

    • Ma Nepali – ANA Convention 2013 Promo Video [Jun 14, 2013]
    • ANA Fashion Extravaganza 2013 [May 24, 2013]
    • ए एन ए को झन्डा सगरमाथाको शिखरमा [May 16, 2013]
    • ३१ औं एएनए न्यु योर्क सम्मेलनका लागि सल्लाहकार समिती गठन [May 1, 2013]

    Comment with your Facebook Account

    • TexasNepal on Facebook

    • TexasNepal on Twitter

      Follow @texasnepal
    • TexasNepal on Google +

    •  

    © 2013 TexasNepal.com | Dallas, Texas
    Contact | Help | Terms of Service | Advertise