Connecting Global Nepali Speaking Communities
TexasNepal.com
  • HOME
  • NEWS
  • BLOG
  • PHOTOS
  • VIDEOS
  • RADIO
  • FASHION
  • FORUMS
  • CLASSIFIEDS
  • USEFUL
  • POPULAR
  • EVENTS
  • FUN
  • CONTACT
  • Emergency
  • What's New
  • BBC Nepali
  • Nepal News
  • DEALS
  • Nepali Songs
  • Weather
  • Chalfal
  • FOREX
  • Nepali Calendar
  • YouTube
  • Movies
  • Suneko Kura
ZenTravels.com Songs Nepal Acoustic Festival EnglishNepaliDictionary.com - English to Nepali Dictionary Online TypeNepali.com - Typing Nepali online made easy!

Find Us on Facebook »

Categories

  • Announcements (71)
  • Articles (126)
  • Audio Recordings (1)
  • Deals (5)
  • Documentary (5)
  • Downloads (14)
  • English Poems (4)
  • Entertainment (137)
  • Events (151)
  • Fashion (13)
  • Fashion Friday (20)
  • Health (11)
  • Internet (33)
  • Interviews (28)
  • Music Videos (13)
  • Nepal (88)
  • Nepali Poems (42)
  • News (57)
  • Poems (11)
  • Politics (11)
  • Sajha Sawal (1)
  • Short Movies (6)
  • Society (14)
  • Sports (5)
  • Stuff We Like (181)
  • Technology (19)
  • Texas (28)
  • Tutorials (9)
  • Uncategorized (8)
  • Useful Stuff (76)
  • Video Podcast (17)
  • Videos (80)
  • Meta

    • TexasNepal Updates (RSS)
    • Log in

    भाषा नरहे – अस्तित्व समाप्त

    Posted on: June 13th, 2012 by Bijay Thapa
    Tweet

    भाषा, नेपाली भाषा अनि राष्ट्र भाषा ! अब सूचना जस्तै भाषालाई निरन्तर रुपमा संचार माध्यममा प्रकाशित र पुर्याउन सकेन भने ठुलो अनिस्ठ हुने निश्चित छ, नेपाली भाषा ठुलो संकटमा पर्ने, कतै सुनामी आई भद्रगोल त पार्दैन भन्ने यो पंक्तिकारलाई बारम्बार घोची रहन्छ ।भाषा सरल रुपमा भन्नु पर्दा विचार विनिमय गर्ने एउटा माध्यम मात्र हो र अरु बिस्तृत रुपमा यसबारे कलम चलाउन चाहन्न किनभने बिगतमा यस बिषयमा आफ्नो मस्तिष्कले भ्याए सम्म कलम चलाएको छु । मुलुकको कहाली लाग्दो अवस्था अनि अशान्तिको भुमरीमा जेलिएको परिस्थतिमा युवा वर्ग मात्र नभई मिल्न सक्ने जो कोहि पनि परदेशको परिकल्पना गर्दै मात्री भूमि छोडन बाध्य भै र अधिकांश जमात सदाको लागि मुलुकको त्याग गर्ने समेत सोच बनाई रहेका छन् ।जो कोहि नेपाली विदेश जान्छ उसले सर्वप्रथम नेपाली र नेपाली समुदाय खोज्दछ उसलाई भाषालाई सम्बर्धन र प्रबर्धन गर्नु पर्ने बाधय्ता हुदैन किनभने उस्ले अनगिन्ती सपना बोकेर हिडेको हुन्छ, त्यसैले मुलुक त्यागेको हुन्छ । मुलुक भित्र बसोबास गर्ने भन्दा मुलुक बाहिर बस्नेलाई आफ्नो देश प्राण भन्दा प्यारो हुन्छ र राष्ट्रियतावाट ओतप्रोत हुन्छ । संसारको जुनै सुकै देशमा नेपालीहरुको हूल बिज गणितीय हिसाबले बृद्दी भएको छ र यो क्रम निरन्तर चल्ने छ अनि नेपाली भाषाको प्रबर्धन अत्यधिक हुने छ भन्ने कुरामा बिश्वस्त छु ।

    हामी मुलुक बाहिर जम्का भेट हुदा अरु भाषा भन्दा नेपाली भाषा बोल्न रुचाउछौ र बोल्दछौ । कारण हामी नेपाली हौ र नेपालीको पहिचान नेपाली रास्ट्रिय भाषा हो, यो भाषा सबैले जानेका छन र बुझेका छन् ।विदेशमा बसोबास गर्ने कसैले पनि नेपाली रास्ट्रिय भाषा बोलेको सुन्दछ भने हाम्रो कान ठाडो हुन्छ र शरीर जिरिंग हुन्छ किनभने हामीलाई यो प्यारो लाग्दछ ।अहिले मुलुकमा देखिएको भाषा र भाषिका सम्बन्धमा भएको व्यापक मन्थन र रास्ट्रिय स्तरमा देखिएको बहसले एउटा तार्किक बिन्दुमा पुर्याउने छ भन्ने मेरो ठहर छ ।मात्रीभाषा सबैलाई प्रिय हुन्छ किनभने हरेक नेपालीको यो संग भावनात्मक सम्बन्ध हुन्छ, हुनत यो पंक्तिकारले मुलुक छोडेको ५ बर्ष हुन् लाग्यो र ६२/६३ को दोश्रो जनआन्दोलनमा चाबहिल, बालाजु हुदै कलंकी सम्मको यात्रा गर्दै समुन्नत नेपालको परिकल्पना गर्दै होमिएको थियो तर अब यो स्थिति छैन किनभने हरेक कुराको नाप तौल गरि विचार राख्नु पर्ने हुन्छ।

    बिशुद्द नेपाली भाषाको थालनी मुलुकमा गरेको करिब १८ बर्ष र बिदेशी माटोमा चलाएको पनि करिब ५ बर्ष पुग्न लागेछ ।बिशुद्द नेपाली भाषा सम्बन्धमा पुन: एक पटक पाठक वर्गमा कुरा पुर्याउन जरुरि ठान्दछु किनभने बीस दिन पछि सबै कुरा बिर्सने हुन्छ भने हामीलाई नेपाली भाषा पढाउने शिक्षकले भन्नु भएको थियो । नेपाली भाषा बोल्दा एक शब्द पनि अंग्रेजी शब्द भरसक नमिसियोस र गर्न नपाए हुन्छ भन्ने र आउने पिढीले नेपाली भाषा प्रति गर्व गरुन र यसै अभियानलाई निरन्तरता दिन सकुन भन्ने बिशुद्द उदेश्यको साथ चलाएको अभियान हो ।अत्यधिक पाठक वर्ग र भाषाविदहरुलाई आश्चर्य लाग्न लागेको हुन् सक्दछ र अनौठो पनि हुन्छ किनभने बिदेशी माटोमा नेपाली भाषाको बिशुद्द अभियान, यस सम्बन्धि अथाह सुझाब र सल्लाह प्राप्त गरि रहेको छु र हरेक सुझाब र सल्लाहलाई शिरोधार्य गरि कार्यन्वयन गर्ने प्रयासमा छु ।

    उदेश्य निर्धारण गरेमा सगरमाथा पुग्न कुनै बाधा अड्चन आई पर्दैन भने जस्तै यो अभियान हेतु ठुलो मेहनत, कसरत र अभ्यास गर्दै यो अभियानलाई निरन्तरता परदेशमा जारी राख्दै आई राखेको छु ।हामी परदेशमा पहिलो पुस्तामा पर्दछौ, र दोश्रो पुस्ता देखि नेपाली भाषालाई लगाम लगाएन भने पूर्ण रुपमा नेपान्ग्रेजी (नेपाली र अंग्रेजी ) हुन्छ, कसैले केहि गर्न सक्दैन हामी मुकदर्शक भएर टुलु टुलु हेर्ने छौ, हामी नेपाली हौ कि एंग्लो नेपाली छुट्याउन सक्दैनौ, अत्यधिक अंग्रेजी शब्द चयनको बोलबाला हुन्छ, अंग्रेजी भाषाले धावा बोल्ने छ किनभने उ प्रशान्त महासागर विश्वमा भै सकेको छ ।अंग्रेजी भाषाको प्रयोग गर्दा कुलीन परिवार र समुदायले पत्याउने मिथ्या परिकल्पना भाषा बिकाशको एक बाधक पनि हो ।

    नेपाली भाषाको प्रबर्धनको शुरुवात आफ्नो घरबाट सुरुवात गर्नु पर्छ, सदैब नेपाली भाषा मै आफ्ना सन्तानसंग बोल्ने प्रयास गर्ने र उनिहरुलाई नेपाली भाषा रहे हामी बिदेशमा नेपाली हौ भनि चिनारी गराउने मुख्य माध्यम हो भनि मन र मस्तिस्कमा पार्न सकेमा दोश्रो पिढी र परदेशमा जन्मिएका समस्त नेपाली मूलका नेपालीले सदैब भाषा प्रति तन मन दिने छन् नत्र यिनै पिढीहरुलाई बुझाउन सकिएन भने ठुलो आर्थिक भार पार्न गै आफ्नो मात्री भाषाको लागि नेपाली भाषाका खुलेका पाठशालामा लानु पर्ने छ ।हामी मुलुक बाहिर नेपाली भनेर चिनारी दिने के हो त ?आफ्नो भाषा त बोल्न आउदैन भने कसरि हामी हाम्रो राष्ट्र र नेपाली भएर गर्व गर्ने ? नेपाली पोसाक र अन्य त समयको काल र परिस्थिति अनुसार परिवर्तन भै सक्यो। हामीसंग केवल एक चिज मात्र अवशेष रहेको छ भाषा, नेपाली राष्ट्रिय भाषा ।बिदेशी माटोमा केहि बर्ष बिताउदैमा मैले त नेपाली बिर्से र नेपाली बोल्न पनि अप्ठ्यारो लाग्छ भनि भन्ने अधिकांश सम्बाद यो पंक्तिकारको कानमा परेको छ, यो कुरामा केहि सत्यता होला । नया पिढी यो समस्याबाट पिढित पनि छ तर जन्मै देखि बोलेको मात्री भाषा लेख्न न सक्नु केहि हद सम्म ठिक मानिन्छ तर नेपाली भाषा बोल्न आउदैन भन्दा यो भन्दा ठुलो बिडम्बना नेपालीमूलकाहरुको लागि केहि हुदैन ।

    बिदेशमा अनेकौ साहित्य र भाषा सम्बन्धि संगठनहरु खुलेका छन् र अत्यधिक मात्र उनीहरुद्वारा नै भाषा र साहित्यमा अंग्रेजी भाषाको प्रयोग र लेखनमा पनि उतिकै प्रयोग भएको पाईएकोले कसरि साहित्य तथा भाषाको बिकाश बिदेशी आकाशमा होला भन्ने कुराले खुल्दुली परि रहन्छ ।त्यसले भाषा र साहित्य भन्दा आगन्तुक शब्द मौलाउने र फस्टाउने निश्चित हुन्छ ।नेपाल सरकारले अंग्रेजी भाषा लेखिएका पाठशालाहरुको नाम नेपालीमा परिवर्तन गर्न दिएको आदेशले यो पंक्तिकार प्रसंशा गर्दछ किनभने अंग्रेजी नाम राख्ने बितिकै बिद्यालयको शान र प्रतिष्ठा बढ्दैन र बिद्यार्थीको पनि घुईचो लाग्दैन ।नेपाली मै नामकरण गरि अत्यधिक सफलता र गौरब कमाउने बिद्यालयहरु जस्तै बुढानिलकण्ठ, बृहस्पति, सिद्धार्थ बनस्थली, रातो बंगला, गण्डकी माध्यमिक बिद्यालय आदि ईत्यादी, यो हाम्रो सोच हो त्यसैले नेपाली भाषा कहिले अस्ताउनु हुँदैन ।यो हाम्रो शान र हामीलाई एक शुत्रमा बाध्ने एक कडी हो। विदेशमा हामी अन्य भाषा भाषिकाहरुलाई पनि त्यतिकै मात्रामा सम्बर्धन र प्रवर्धन गरि रहेका छौ किनभने युनेस्कोले यस्ता भाषाहरु खतरामा परि रहेको र केहि त भै सकेको घोषणा समेत गरेको समाचारले हामीलाई दुखि बनाएको छ । मुलुक बाहिर जादा हाम्रो बिचार विमर्श गर्ने भाषा नै नेपाली रास्ट्र भाषा भएको र जुनै संस्कृति र जात जाती भए पनि सर्वप्रथम यहि नेपाली राष्ट्रिय भाषा प्रयोग गरि सम्बन्ध बढाउछौ ।यसको सम्बर्धन गर्ने हरेक नेपाली मूलका नेपालीहरुको हो, भाषा रहे हामी रहन्छौ नत्र हाम्रो अस्तित्व समाप्त हुने छ ।हामी र हाम्रो पुर्खा नेपाली हुन् भन्न बाहेक हामीसंग केहि साधन र पहिचान हुदैन र कालान्तरमा हामी एकादेशमा एउटा नेपाल भन्ने देशवाट आएका र नेपाली भाषा हाम्रो भाषा थियो भन्ने दन्ते कथा मात्र रहने छ ।नेपाली भाषा धनि छ ।सकिन्छ भने मुलुक भित्र र मुलुक बाहिर पनि नेपाली शब्द खोज्ने तर्फ लागौ। नेपाली शब्द प्रयोग गर्न कोसिस गरेमा नेपाली भाषा बिसुद्द भै श्रवण गर्न आनन्द आउने छ र मिठास लाग्ने छ ।अनि मात्री भुमि प्रति माया जाग्ने छ र अन्त्यमा नेपाली भाषाको उन्नति र प्रगति हुदै जानेछ ।

    विजय थापा
    हाल भर्जिनिया
    सयुक्त राज्य अमेरिका

    Posted in: Articles
    Tags: Bijay Thapa, Nepali Articles, Nepali Bhasa, Nepali language

    Tweet
    Next Post »
    « Previous Post

    Related Posts

    • डिसीमा नेपाली कांग्रेसका अर्जुन नरसिंह केसीसंग अन्तरक्रिया [May 1, 2013]
    • बाना सांस्कृतिक साँझ [May 1, 2013]
    • ३१ औं एएनए न्यु योर्क सम्मेलनका लागि सल्लाहकार समिती गठन [May 1, 2013]
    • एन आर एन अमेरिका र एन आर एन ईटाली बीच सम्झौता [Apr 28, 2013]

    • TexasNepal on Facebook

    • TexasNepal on Twitter

      Follow @texasnepal
    • TexasNepal on Google +

    •  

    © 2013 TexasNepal.com | Dallas, Texas
    Contact | Help | Terms of Service | Advertise