Connecting Global Nepali Speaking Communities
TexasNepal.com
  • HOME
  • NEWS
  • BLOG
  • PHOTOS
  • VIDEOS
  • RADIO
  • FASHION
  • FORUMS
  • CLASSIFIEDS
  • USEFUL
  • POPULAR
  • EVENTS
  • FUN
  • CONTACT
  • Emergency
  • What's New
  • BBC Nepali
  • Nepal News
  • DEALS
  • Nepali Songs
  • Weather
  • Chalfal
  • FOREX
  • Nepali Calendar
  • YouTube
  • Movies
  • Suneko Kura
ZenTravels.com Songs Nepal Acoustic Festival EnglishNepaliDictionary.com - English to Nepali Dictionary Online TypeNepali.com - Typing Nepali online made easy!

Find Us on Facebook »

 

Categories

  • Announcements (71)
  • Articles (126)
  • Audio Recordings (1)
  • Deals (5)
  • Documentary (5)
  • Downloads (14)
  • English Poems (4)
  • Entertainment (137)
  • Events (151)
  • Fashion (13)
  • Fashion Friday (20)
  • Health (11)
  • Internet (33)
  • Interviews (28)
  • Music Videos (13)
  • Nepal (87)
  • Nepali Poems (42)
  • News (57)
  • Poems (11)
  • Politics (11)
  • Sajha Sawal (1)
  • Short Movies (6)
  • Society (14)
  • Sports (5)
  • Stuff We Like (180)
  • Technology (19)
  • Texas (28)
  • Tutorials (9)
  • Uncategorized (8)
  • Useful Stuff (76)
  • Video Podcast (17)
  • Videos (80)
  • Meta

    • TexasNepal Updates (RSS)
    • Log in

    हामी संधै अंध्यारोमा- लोडसेडिङमुक्त देश कहिले ?

    Posted on: October 21st, 2012 by Pitambar Sigdel
    Tweet

    “यस बर्ष दैनिक कम्तिमा पनि १९ घण्टा लोडसेडि हुन्छ, त्यसका लागि हामी तयार हुनुपर्छ,” नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कायकारी निर्देशक दिपेन्द्रनाथ शर्माले सार्वजनिक कार्यक्रममा भाषण गर्दा धेरैले आश्चर्य माने । त्यति मात्रै होइन यदी विद्युत् आपूर्तीका लागि नयाँ विकल्प नखोज्ने हो भने केही बर्षभित्रै लोडसेडिङको समय बढेर २२ घण्टा पुग्ने प्रक्षेपण उनको थियो । प्राधिकरण आफैले पनि दुई महिना अघि यस वर्षको हिउँदमा १९ घण्टा लोडसेडिङ हुने आधिकारिक प्रक्षेपण गरेको छ । यसले विद्युत कटौतीको नेपाली वास्ताविकता उजागर गरेको छ ।

    अहिले नै दैनिक आठ घण्टे लोडसेडिङ छ । चरम सुख्खायाम आउन अझै बाँकी रहेको अवस्थामा शुरु भएको यो लोडसेडिङको हद अनुमान गर्न अझै सक्ने अवस्था छैन ।

    Photo Courtesy: www.nea.org.np

    नेपालमा लोडसेडिङ यति चर्को समस्याको रुपमा आंउदा पनि विद्युत् उत्पादन बढाउने बैकल्पिक कुनै उपाय तत्काल छैनन् । जलविद्युत् विकासका प्रचुर संभावना हुँदाहुँदै पनि संसारलाई नै रमिता हुने गरी लोडसेडिङको मार खेप्नुपर्ने अवस्था उत्पन्न भएको छ । दश वर्ष विश्व बैंकले लगानी गरेको अरुण तेश्रो यदी बनिदिएको भए सायद यो समस्या अहिले रहंदैनथ्यो । तर राजनीतिक दलहरुले प्रतिष्ठा र खोक्रो राजनीतिको बिषय बनाइदिदा अहिले पनि आम नेपालीले अंध्यारोमा बस्नुपरेको छ ।

    पछिल्लो समयमा नेपालको विद्युत् उत्पादनको अवस्था दयनीय छ । माग बढेको बढ्यै छ तर उत्पादन शुन्य छ । “यस्तो अवस्थामा लोडसेडिङ नभएर के हुन्छ, <” पूर्व उर्जा मन्त्री गोकर्ण बिष्ट भन्छन् । विद्युत् खरिद बिक्री संझौता भइसकेका आयोजना पनि सजिलै गरी अघि बढ्न सकेका छैनन् । कहिले नेपाल विद्युत् प्राधिकरणले ठेकेदारलाई पैसा नदिएको निहुँमा त कहिले राजनीतिक खिचातानीले आयोजनाहरु अवरुद्ध भइरहेका छन् ।
    सैद्धान्तिक रुपमा नेपालका नदीहरुबाट ८३ हजार मेगावाट बिजुली उत्पादन गर्न सकिने ३० बर्षअघिको एउटा अध्ययनले देखाएको छ । प्राविधिक र आर्थीक हिसावले पनि ३४ हजार मेगावाट बनाउन सकिने विज्ञहरुको दावी छ ।

    नेपालमा जलविद्युत् उत्पादन सुरु भएको ठ्याक्कै एकसय बर्ष पुग्यो । सन् १९११ को मे २३ तारिखमा फर्पिङबाट ५सय किलोवाट बिजुली निकालिएको थियो । त्यही गतीमा विद्युत् उत्पादन भइदिएको भए अहिले सारा नेपाल झिलिमिली हुन्थ्यो ।
    अहिले नेपालमा जम्माजम्मी ६९० मेगावाट बिजुली मात्रै उत्पादन भइरहेको छ । जसमध्ये ६३८.३ मेगावाट जलविद्युत् र ५३.४ मेगावाट थर्मल प्लान्टबाट हो । उत्पादित बिजुलीमध्ये पनि जलाशययुक्त आयोजना एउटा मात्रै छ । ९२ मेगावाटको कुलेखानी आयोजनाजस्ता अन्य आयोजना बनेको भए सुख्खायाममा पनि राहत महसुस हुन्थ्यो । तर अरु त्यस्ता आयोजना कुनै पनि बनेनन् ।

    बगेका नदीबाट ५४२.५ मेगावाट जिुली उत्पादन भएको छ जसमध्ये ३८५.६६ प्राधिकरणले तथा १५६.३४ मेगावाट स्वतन्त्र उर्जा प्रवद्र्धकहरुले उत्पादन गरिरहेका छन् । यसमध्ये बर्षायाममा जम्मा ५०० वाट मात्रै बिजुली निस्कन्छ । जबकी माग भने सात सय ३० मेगावाट छ । अझ सुख्खायाममा त दुईसय मेगावाट मात्रै बिजुली उत्पादन हुन्छ । माग भने आठसय ८ मेगावाट छ ।

    विद्युत् उत्पादनको लक्ष्य अनुसारको उत्पादन कहिल्यै भएको छैन । पछिल्ला २० बर्षमा विद्युत् उत्पादनको लक्ष्य धेरै त तर उपलब्धी शून्यजस्तै छ ।

    नेपालमा बिजुली बाल्न थालेको एकसय बर्ष पुरा भइसक्यो । ८३ हजार मेगावाट बिजुली निकाल्न सकिने संभावना भएको देशमा अहिलेसम्म सातसय मेगावाट पनि उत्पादन भएको छ । यसरी हेर्ने हो भने पनि एक बर्षमा साढे ६ मेगावाट भन्दा बढी बिजुली उत्पादन नै भएको छैन । बिजुलीको अभावमा उद्योग कलकारखाना तथा मानिसको दैनिक जनजीवनसमेत प्रभावित भइरहेको छ ।

    जलविद्युत् विकासको क्षेत्रमा नीजि क्षेत्रको लगानी उत्साहजनक छैन । सबैभन्दा धेरै विद्युत् नेपाल विद्युत् प्राधिकरणले नै उत्पादन गरिरहेको छ । तर प्राधिकरण आफै अस्वस्थ र राजनीतिक दलदलमा फसेका कारण भएको बिजुलीको वितरण तथा थप उत्पादनका संभावनासमेत पातलिदै गएको अवस्था छ । बार्षिक पाँच अर्ब घाटामा रहेको प्राधिकरणले विद्युत् चुहावट नियन्त्रण गर्न सकेमात्रै पनि करिव ६८ मेगावाट बिजुली थपिने विज्ञहरुको निश्कर्ष छ । हाल नेपालमा उर्जाको उत्पादन सबैभन्दा धेरै सरकारी जलविद्युत् आयोजनाले गरेका छन् । कुल ६९७.८५ मेगावाटमध्ये सरकारी आयोजनाबाट ४७२. ९९ मेगावाट उत्पादन भइरहेको छ । यसैगरी सरकारी साना जलविद्युत् आयोजनाबाट ४.५४ मेगावाट, नीजि क्षेत्रबाट निर्मित आयोजनाबाट १६६.८१ मेगावाट बिजुली उत्पादन भइरहेको छ । डिजेल केन्द्रबाट ५३.४१ तथा शौर्य शक्तिबाट ०.१० मेगावाट बिजुली उत्पादन भइरहेको छ ।

    हाल ९२ मेगावाटको कुलेखानीबाहेक कुनै पनि जलाशययुक्त आयोजना निर्माण भएका छैनन् । “जबसम्म जलासययुक्त आयोजनाबाट विद्युत् उत्पादन हुँदैन तबसम्म नेपालमा लोडसेङिको अवस्था ज्यूँका त्यूँ हुन्छ “। निर्वतमान उर्जा मन्त्री पोष्टबहादुर बोगटी भन्छन् । पछिल्लो समयमा सातसय मेगावाटको पश्चिम सेती बनाउन चिनको थ्रि गोर्जेज सकारात्मक देखिएको छ । साइट हेर्नका लागि नेपाल आएको टोली अहिले स्थलगत भ्रमणमा छ । यदी कुनै अवरोध नभई यो आयोजना पुरा भए नेपाली जलविद्युत्का लागि ठूलो उपलब्धी हुनेछ । ४५६ मेगावाटको माथील्लो तामाकोशीको काम पनि अहिले धमाधम भइरहेको छ । ३४ प्रतिशत काम सकिएको यो आयोजना थप तीन बर्षभित्रमा सक्ने लक्ष्य छ । यसैगरी उर्जा मन्त्रालयले गोरखा र धादिङको सिमानामा पर्ने बुढी गण्डकी र नलसिंगाढ जलाशययुक्त आयोजना तथा उत्तर गंगा अघि बढाउने प्रयास सुरु गरेको छ । तर यसका लागि लगानीको ग्यारेन्टी भने भइसकेको छैन । छ सय मेगावाट बिद्युत् उत्पादन हुने बुढीगण्डकी र नौस्यालगाढ आयोजनाको अध्ययनका लागि सरकारले यस बर्षको बजेटमा रकम छुट्याएको छ ।

    पछिल्ला वर्षहरुमा नेपालमा विद्युत् उपभोक्ता पनि बढेको बढ्यै छन् । सन् २००२ मा पाँच लाख विद्युत् उपभोक्ता थिए । त्यो अहिले बढेर २० लाख पुगिसकेको छ । प्राधिकरणले २०१२ मा त्यो संख्या बढेर २५ लाख पुग्ने अनुमान गरेको छ । सन् २०२० सम्ममा विजुलीको माग दुई हजार दुईसय मेगावाट हुने पक्षेपण प्राधिकरणको छ । यो माग बढेर सन् २०२७।२८ मा करिव चार हजार मेगावाट पुग्ने अनुमान छ ।

    सरकारले दश बर्षमा दश हजार मेगावाट, बीस बर्षमा पच्चिस मेगावाट तथा साढे चार बर्षमा दुईहजार पाँचसय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ । तर सरकारका यी कुनै पनि लक्ष्य पुरा हुने छाँट छैन । तर बिज्ञहरु भने अस्थिरता र सुरक्षाको ग्यारेन्टी भए लगानीको समस्या नभएको दावी गर्छन् ।

    बिजुलीको माग र आपूर्तीका बिचमा ठूलो फरक भएका कारण पनि थोरै विद्युत् उत्पादनले लोडसेडिङको अन्त्य हुने छाँट छैन । हाल केही ठूला आयोजना निर्माणाधिन अवस्थामा छन् । तर प्रशारण लाइनको बिस्तार नयाँ निर्माण सम्पन्न नहुँदा निर्माणाधिन आयोजनाबाट उत्पादिन बिद्युत्को खपतका लागि समस्या उत्पन्न हुने निश्चित छ । अहिले एकहजार पाँचसय ६२ किलोमिटर लामो एकसय ३२ केभिको १९ वटा तथा तीनसय ५४ किलोमिटर लामो ५५ केभिका १६ वटा प्रशारण लाइन सञ्चालनमा छन् । उत्पादिन बिद्युत्को वितरण तथा निकासीका लागि २२० केभिका पाँचसय ७० किलोमिटर लामा ६ वटा, छ सय ४४ किलोमिटर लामो १३२ केभिका सातवटा तथा १२ किलोमिटर लामा ६६ केभिको एउटा आयोजना बनाउने प्रस्ताव छ । यसमध्ये सबैभन्दा महत्वपूर्ण ढल्केबर मुजफ्फरपुरको प्रशारण लाइनका लागि भने लगानीको संझौतासमेत भइसकेको छ । दुईसय २० केभिका एकसय ४७ किलोमिटर लामो तथा एकसय ३२ केभिका एकसय ५७ किलोमिटर लामो २ वटा प्रशारण लाइन निर्माण भइरहेका छन् ।

    जलविद्युत् उत्पादनमा प्रगती हुन नसक्नुमा वर्तमान उर्जा नीति पनि दोषी भएको विज्ञहरुको आरोप छ । नीजि विद्युत् उत्पादनकर्ता शैलेन्द्र गुरागाँइ भन्छन्,‘ राज्यको अदुरदर्शाी नीति हरेक मन्त्री आउदा परिवर्तन हुन्छ त्यो मात्रै एकमात्र जड हो ।

    सरल र सुलभ कर्जा र व्याजदरका कारण विद्युत क्षेत्रको विकास हुन नसकेको नेपाल उद्योग परिसंघका उर्जा संयोजक गुरुप्रसाद न्यौपाने दावी गर्छन् ।

    टाट पल्टिन लागेको प्राधिकरणको संचित नोक्सानी मात्रै २९ अर्ब पुगिसकेको छ यो नोक्सान परिपूर्ती गर्दै विदेशी लगानी आकर्षित गर्दै लगानीमैत्री वातावरण र सुरक्षाको ग्यारेन्टी गर्न आवश्यक छ ।

    निर्माणाधिन केही मूख्य जलविद्युत् आयोजना
    चमेलीया ३० मेगावाट दार्चुला
    तल्लो मोदी १० मेगावाट पर्वत
    माथिल्लो सेती जलवाशयुक्त आयोजना १२७ मेगावाट तनहुँ
    आँखुखोला ८४ मेगावाट धादिङ
    रसुवागढी १०० मेगावाट सिन्धुलाल्चोक र रसुवा
    कुलेखानी तेस्रो १४ मेगावाट
    सेन्जेन ४२=५ मेगावाट रसुवा
    सेन्जेन माथिल्लो १४ मेगावाट रसुवा
    माइखोला १५=६० इलाम
    हेवाखोला ५=५ मेगावाट संखुवासभा
    माथिल्लो तामाकोशी ४५६ मेगावाट दोलखा
    तल्लो इन्द्रवती ४.५ मेगावाट सिन्धुपाल्चोक
    मध्यभोटेकोशी १०१ मेगावाट रसुवा
    माथिल्लो त्रिशुली ३ ए ६० मेगावाट रसुवा
    राहुघाट ३० मेगावाट म्याग्दी
    सिउरीखोला ५ मेगावाट मनाङ
    बिजयपुर ४.५ मेगावाट कास्की

    कसरी बढ्दैछ विद्युत्को माग

    सन् मेगावाट
    २००२ ४२६
    २००३ ४७०=३३
    २००४ ५१५=२४
    २००५ ५५७=५३
    २००६ ६०३=२८
    २००७ ६४८=३९
    २००८ ७२१=७३
    २००९ ८१२=५०
    २०१० ८८५=२८
    २०११ ९४६=१०

    -पिताम्बर सिग्देल

    Posted in: Articles, Nepal
    Tags: Electricity in Nepal, Load Shedding, Load Shedding in Nepal, Nepal, Nepal Hydro Power, Nepal Loadshedding

    Tweet
    Next Post »
    « Previous Post

    Related Posts

    • Interview with Rajesh Hamal [Jul 29, 2012]
    • साझा सवाल अंक १५५ – जनताको दैलोमा सभासद [Dec 1, 2010]
    • Prime Minister of Nepal goes online [Jul 8, 2009]
    • First confirmed case of Swine flu in Nepal [Jun 30, 2009]

    • Rabin

      Interesting

    © 2013 TexasNepal.com | Dallas, Texas
    Contact | Help | Terms of Service | Advertise