मध्यरातमा एमाओवादीद्वारा संविधानसभामा तोडफोड (VIDEO)

विधानसभाका अध्यक्ष सुवास नेम्वाङले प्रश्नावली समितिको प्रस्ताव गरेपछि विपक्षीहरु तोडफोडमा उत्रिएका थिए । सभाध्यक्षमाथि नै जाइ लाग्न थालेपछि बैठक स्थगित गरिएको थियो ।

संविधान ल्याउने प्रयास बिथोल्न प्रमुख विपक्षी एकीकृत माओवादीसहितका विपक्षी सभासदहरुले मंगलबार मध्यरातमा संविधानसभाभित्र तोडफोड र हुलहुज्जत गरेका हुन् । उनीहरुले संविधानसभालाई ‘कुरु क्षेत्र’ बनाउँदा कुर्सी र माइकहरु भाँचिएर छरपस्ट भएका छन् भने तीनजना मर्यादापालक घाइते भएका छन् ।

Leave a Reply