राजनीतिले आक्रान्त मेरो देश

एउटा देश थियो त्यहाँ राजनीति थियो
न अर्थतन्त्र सुद्रिढ थियो,
न विकास को छाट काट थियो,
न मानव अधिकार थियो,
न स्वतन्त्रता थियो,
त्यहाँ केवल राजनीति थियो ।

त्यहाँ खाने पानी थिएन,
बत्ति थिएन,
बाटो थिएन,
स्कुल थिएन,
किनकि त्यहाँ राजनीति मात्र थियो !

योजना कागज मा टुङ्गिन्थे
सर्बदलीय बैठक बस्थो
त कति खाने, म कति खाने
तैले कति बेर लुट्ने, मैले कति बेर लुट्ने
केवल भागबण्डा मात्र हुन्थो !

त्यहाँ सरुवा हुन्न थो
बढुवा हुन्न थो
किनकि त्यहाँ राजनीति हुन्थो !
पैसा को खेल हुन्थो,
चिनेको जानेको माथि जान्थो
नत्र अबकास मा घर जान्थो !

त्यहाँ काम हुदैन थियो ,
केवल राजनीति हुन्थो !
त्यहाँ क्याम्पस नामका थिए,
पढाई थिएन,
केवल राजनीति थियो
बिद्धार्थीको लाम सभामा हुन्थो
बिद्धार्थी पनि पढाई हैन राजनीति गर्थे
शिक्षक पनि राजनीति गर्थे
त्यो पाठशाला हैन पार्टी कार्यालय थियो !

त्यहाँ सरकार थिएन
सत्ताको राजनीति थियो
पालै पालो पार्टी पिच्छे
नेता गनी गनी
कुर्सी को खेल मात्र थियो
सरकार चलाउन पर्दैन थियो
केवल कुर्सी जोगाए पुग्थो
किनकि त्यहाँ शाशन हैन राजनीति हुन्थो
भत्ताको खेल हुन्थो
योजनाको किनबेच हुन्थो
जनताको भाग्य संग खेलबाड हुन्थो
त्यहाँ देश भ्याउने राजनीति हुन्थो !

त्यहाँ भ्रस्टाचार खुलेआम हुन्थो
ठगि मन लाग्दी हुन्थो
सामान लुकाउदै हाहाकार मच्चाइन्थ्यो
किनकि त्यहाँ खानामा राजनीति हुन्थो
कति सामान पूर्ति गर्ने ,
कहाँ कति सामान बाढ्ने ,
राजनीतिले निर्धारण गर्थो !

त्यहाँ न कानुन थियो
न सेवा थियो
कानुन ‘हुने’का लागि मात्र थियो
सेवा पैसाले मात्र किन्थो
न्याय पैसामा बिक्थो
अदालातमा खुलेआम मोलतोल हुन्थो
पार्टी हेरी हेरी न्याय निर्धारण हुन्थो !

बिकास ठप्प थो
प्रगति सुन्य थियो
युवा केवल बिदेश भासिन्थे
बुढापाखा केवल काल कुर्थे
त्यहाँ बाटो दिनहु बन्द हुन्थो
अस्पताल मा खुलेआम सर्टिफिकेट बेचिन्थो
ठग्न पाइएन भनेर चक्काजाम हुन्थो
हत्यारा खुलेआम हिड्थ्यो
डनले नेता को सुरक्ष्या गगर्थ्यो
त्यो देश राजनीति ले ग्रस्त थियो !

देश को निर्णय बिदेश मा हुन्थो ,
त्यहाँ नेता बिदेश धाउथे ,
खुलेआम बिदेशी हस्तछेप माग्थे !
सार्वभोमसत्ता केवल कागज मा थियो
देश प्रेम एउटा नाटक थियो
त्यहाँ रास्ट्रियता केवल देखावटी थियो
फेसबुक का फोटा हरु मा सिमित थियो
किन कि त्यहाँ केबल देखाउनु थियो ।

यत्र तत्र राजनीति ले छरपस्ट देश ,
स्वास्थ मा राजनीति ,
खेल मा राजनीति
जात मा राजनीति
धर्म मा राजनीति
कण कण मा राजनीति
यो देश हो कि राजनीति ?

कुनै दिन यस्तो आउला
त्यहाँ केवल राजनीति होला
न देश होला
न जनता होलान
केवल नेता र कार्येकर्ता
त्यहाँ भूभाग नहोला
सिमाना नहोला
केवल राजनीति होला
प्यालेस्टाइन जस्तै !

Leave a Reply