‘सगुन’ सामाजिक सञ्जाल प्रयोग गर्दा डलर फल्ने

 

१६ फागुन ,डिसी
विजय थापा

sagoon-soft-launch-nepal-fiअमेरिकाको डिसी महानगर क्षेत्रमा स्थापना भएको सामाजिक संजाल ‘सगुन डटकम’ ले एक समारोह बीच काठमाडौँमा
आफ्नो संजाल विश्वव्यापी रुपमा बिस्तार गरेको छ l

सगुन डटकम अमेरिका, भारत र नेपालबाट एकसाथ सार्वजनिक गरिएको हो । सगुनलाई गुगलजस्तै खोज यन्त्र बनाउने प्रयास गर्दै सामाजिक संजालको रुपमा विकास गरिएको छ l

सगुनमा फेसबुक, ट्वीटर, हृवाट्स एप, स्न्याप च्याट, इन्स्टाग्राम लगायतका संदेश संजालहरुको विशेषता रहेको छ ।

सगुनमा प्रयोगकर्ताहरुले आफै समुह खडा गरी सूचना तथा छाया चित्रहरु हिस्सा गर्न सक्नेछन् । र यसमा लोभ लाग्दो सुविधा भनेको सगुनमा गोप्य तथांक तथा सूचनाहरु भण्डार गरेर राख्न सकिन्छ ।

सगुनमा डटकममा खाता खोल्दा, साथी बनाउँदा, गोप्य संदेश पठाउँदा तथा अन्य गतिविधि गर्दा प्रयोगकर्ताले पुरस्कारको व्यवस्था गरिएको जनाईएको छ l

प्रयोगकर्ताले खोल्नासाथ आफ्नो पिग्गी बैंक(खुत्रुके )मा ५ डलर प्राप्त गर्नेछन् । यसरी जम्मा भएको रकम निश्चित समयपछि सगुनले आधिकारिकता प्रदान गरेका खुद्रा बिक्रेतासँग सगुन सोसल स्मार्ट कार्ड प्रयोग गरेर किनमेल गर्न सकिने छ । उक्त सगुन स्मार्ट पत्र प्रयोगकर्ताको नाफा सगुन एप्समा समावेश गरिएको हुनेछ तर नगद रकम पाईने छैन l

सगुनले आगामी तीन महिनाभित्र संजाललाई अझ सुधार संस्करण गर्ने सार्वजनिक गर्नुका साथै मोबाइल (घुम्ती )संस्करण मा समेत जाने आउने बताएको छ l

आम्दानीलाई प्रयोगकर्तासँग हिस्सा गर्ने र आगामी ६ महिनाभित्रमा नेपालमा ५ लाख प्रयोगकर्ता बनाउने लक्ष्य रहेको बताईएको छ

हाल सम्म सगुन डटकममा एक लाख १६ हजार दर्तावाल प्रयोगकर्ता रहेका छन् भने सगुनका फेसबुक तथा ट्वीटरसँग केही विशेषताहरु मेल खाएता पनि यसमा आफ्नै किसिमका विशेषताहरु रहेको बताइएको छ । गोप्य सूचना आदान प्रदान गर्न पनि सगुन निकै भरपर्दो माध्यम हुने उनले बताए ।

सगुनले तीन महिनाभित्रमा आफ्नै प्रयोगशाला स्थापना गर्ने भएको छ l र छिट्टै भारतकै अग्रणी प्राविधिक शिक्षालय भारतीय प्राविधिक प्रतिष्ठान संस्था सँग सहकार्य गर्ने पनि जनाएको छ l

सगुनका संस्थापक गोविन्द गिरीले नेपाली जनता र विश्वका लागि नयाँ प्रविधिको विकास गर्दै यो मौका प्रदान गर्न पाउँदा आफू निकै उत्साहित भएको बताए l सगुनले नेपालको नाम अन्तर्राष्ट्रिय जगतमा फेसबुक, गुगल, ट्वीटरले जस्तै नाम राख्ने कुरामा बिश्वस्त रहेको बताए l

Leave a Reply