Sajha Sawal Episode 370: Challenges of Farmers in Sarlahi

करीव दुई तिहाई जनसंख्या कृषिमा आश्रित रहेको नेपालमा किसानहरुका समस्याहरु पनि उत्तिकै छन् । समयमै मल र बीउ नपाउने होस् वा बेमौसममा पानी पर्ने, खडेरी पर्ने र हिमपात हुने होस्, नेपाली किसान मर्कामा पर्ने गरेका छन् । सरकारी र गैरसरकारी क्षेत्रबाट कृषिका नाममा बर्सेनी अर्वौंको लगानी हुने भएपनि त्यो लगानी किसानसम्म पुग्न नसकेको किसानहरु बताउँछन् । नेपाली किसानका समस्याहरु के के छन् र ती समस्याको समाधान कसरी गर्न सकिएला? यही विषयमा बहस गर्न यो साता हामी सर्लाही जिल्लाको सालेमपुर गाउँमा पुगेका छौं । सहभागीहरुको बीचमा बहसमा हामीसँग कृषि विभागका महानिर्देशक युवकध्वज जीसी, नेकपा (एमाले) का सभासद तथा संसदको कृषि तथा जलस्रोत समितिका सदस्य आनन्दप्रसाद पोखरेल र स्थानीय किसान राजकुमार राय हुनुहुन्छ ।

Leave a Reply