साथी तिमी जन्मेउ मलाई खुशी लाग्यो 

साथी तिमी जन्मेछौ आज मलाई खुशी लाग्यो
मेरा सन्जाल का भित्त हरु तिम्रो नाम ले भरिएका छन
मेरो भित्तो भरी तिम्रो फोटो सजिरहेछ
मैले पनि सामाजिक सन्जाल को नियम राखे
तिम्लाई जन्मदिन को शुभकामना
साथी तिमी जन्मेउ मलाई खुशी लाग्यो

तिमी कैले जन्मिएउ ?
को बाट जन्मिएउ ?
मलाई अत्तो पत्तो छैन
तिम्रो नामको पछी को पुछर नि मलाई थाहा छैन
तिमी कैले मेरो सोच मा नि आएनौ
तै पनि तिमी आज मेरी मित्र छौ
मेरो दु:ख सुख मेरो भित्तो बाट थाहा पाउछौ
तेइ भएर साथी
तिमी जन्मिएउ मलाई खुशी लाग्यो

दशक भयो तिम्रो अनुहार नदेखेको
तिम्रो त्यो घोक्रो आवाज नसुनेको
मेरो भित्तो मा तिम्रो फोटो नआएको भए
तिम्रो थुतुनो नै मलाई याद थिएन
तिमी मरेउ बाचेउ मलाई बाल भएन
मैले कैले खोजिनिती नि गरिन
तर आज तिमी जन्मेछौ मलाई खुशी लाग्यो

मलाई अझै याद छ
तिम्ले मलाई कैले देखी सहेनौ
मैले तिम्लाई कैले झेल्न सकिन
तिमी आउँदा म जान्थे
म आउँदा तिमी जान्थेउ
तर आज हाम्रो मित्रता छ ,
तिम्रा मित्रको सुचीमा मेरो नाम अन्कित छ्
यो सन्जालले हाम्लाई कहाँ बाट जोडायो
तिमी जन्मेउ मलाई खुशी लाग्यो

एत्रो बर्ष हाम्रो कैले कुरो भएन
तिम्रो बिहेमा एउटा फोन सम्म गरेनौ
म अम्रिका आउँदा तिम्लाई भन्दा नि भनिन
न तिम्लाई मेरो मत्लब छ न मलाई तिम्रो
तर पनि मेरो हरेक बेकम्फुसे सोच मा तिम्रो “लाइक” आउछ
मेरो हरेक तोर्पे फोटा मा तिम्रो “भनाइ” आउछ
तेइ भएर आज तिम्रो जन्मदिन को शुभकामना टक्राउछु
तिमी नजन्मेको भएनी मलाई केइ फरक पर्थेन
तर साथी तिमी जन्मेछौ मलाई खुशी लाग्यो

(सामाजिक सन्जाल मा देखिने खोक्रो मित्रता/शुभकामना प्रती मेरो एउटा सानो व्यङ्ग । )

Leave a Reply