उसको नाम पबी हो । कुनै बिकसित देशको कलेजमा पढ्न नाम दर्ता गरेकी छ । काम नगरि पढ्न नसक्नु उस्को बाध्यता हो । त्यसैले एउटा ग्यास स्टेसनमा क्याशिएरको काम गर्छे । उस्को हाउभाउ र चाल्चलन हेर्न लायककै छ । लज्जा नारिको गहना हो भन्ने नेपाली उखान उस्ले बिर्सिसकी । जो सँग पनि मस्किएर बोल्नु उस्को बानी मात्र होइन बाध्यता पनि हो किनकी साहुले सबै ग्राहक सँग हासेर बोल्नु पर्ने नियम नै बनाइदियको छ । तर पबी त्यो भन्दा पनि उदार छे । राम्रो सँग नमिलेका दात ङिच्च देखाउन उस्लाई खोइ किन हो अती मन पर्छ । अली खाइलाग्दो त्यस माथि अस्वेत युबक देखी भने त उस्को चेहरा नै अर्कै हुन्छ । धपक्क बल्छ उस्को अनुहार । उत्ताउली हुँदै कती सँग त अङ्कमाल गर्नै बाहिरै आइपुग्छे । कती ग्राहक त "पबी" कै लागि लामै यात्रा गरेर आइपुग्छन् । समग्रमा उ हसिली, फरासिली र नेपाली सन्स्कार अनुसार उत्ताउली छ । बाँकी फेरी भनौला एक्छिन उ को हो चिनौ । उस्को पृष्ठभुमी बारे कुरा गरौ ।
[Read more...]