by mk » Mon Aug 08, 2011 8:16 pm
Apparently ANA (Association of Nepalis in the Americas) lost its legality more than a decade ago as its registration has not been renewed since 2002.
अमेरिका, अगष्ट ७,
एसोसिएसन अफ नेप्लीज इन अमेरिकाज (Association of Nepalis in the Americas) कानुनी रुपमा अहिले अस्तित्वमा नरहेको बुझिएको छ l सन् १९८३ मा अमेरिकाको डिसीमा दर्ता भएको ‘एएनए’ का नामले चिनिने उत्तर अमेरिकामा बसोवास गर्ने नेपालीहरुको साझा संस्थाको रजिस्ट्रेसन सन् २००२ को सेप्टेम्वर ९ तारिखका दिन खारेजी भएको देखिन्छ l ‘एएनए’ ले आफ्नो संस्थाको दुइ वर्षको विवरण नबुझाए पछि कानुनी आधारमा यसको दर्ता खारेजी गरेको बुझिन्छ l दर्ता खारेजी भएको संस्थामा संस्थागत गतिविधिहरु भने सुचारु रुपले चलिरहेका थिए l सन् २००२ को सेप्टेम्वर ९ तारिख पछि पनि संस्थाको नेतृत्व परिवर्तन देखि आर्थिक गतिविधि चली रहनु कानुनी रुपमा सहि थिए भन्ने ठाउँ देखिदैन l यस विचमा रहेको ‘एएनए’ को नेतृत्वलाइ यस विषयमा कुनै जानकारी थियो या थिएन भन्ने बुझन नेपाल मिडिया क्याफेले केहि पूर्व पदाधिकारीहरुसंग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन् सकेन l
सन् १९८३ मा अमेरिकाको डिसीमा दर्ता भएको ‘एएनए’ को दर्ता खारेजी भएको निक्कै पछि सन् २०११ को मे २५ तारिखमा मेरिल्याण्ड राज्यमा “Association of Nepalis in the America Inc.” (यस संस्थामा America मात्र उल्लेख गरिएको छ Amerikas छैन) नामको संस्था दर्ता भएको देखिन्छ l नेपालीहरुको सामुदायिक संस्था ‘एएनए’ को दर्ता खारेजी भएको झन्डै ९ वर्ष पछि मेरिल्याण्ड राज्यमा पुरानै नामसँग मेल खाने गरि ANA दर्ता कस-कसले र के कारण गर्यो होला ?
दर्ता खारेजी भएको संस्थाको नेत्तृत्वमा रहने वा नरहने भन्ने जानकारीका लागि क्षेवाङ शेर्पा लामासंग नेपाल मिडिया क्याफेले सम्पर्क गर्दा उहाले भन्नु भयो ” मैले ‘एएनए’ को कुनै पदीय रुपबाट बोल्न मिल्दैन जुन कुरा अदालतको निर्देशन हो तर व्यक्तिगत रुपमा मैले मेरा कुरा राख्न पाउछु भन्ने मेरा वकिलको सल्लाह छ त्यसैले मैले व्यक्तिगत रुपमा भन्नु पर्दा जुन संस्थाको प्रगतिका लागि भनेर मरिमेटियो त्यो संस्थाको दर्ता नै उहिल्यै खारेजी भएको छ भन्ने सुन्दा दु:ख लागेको छ l ‘एएनए’ अहिले अदालतमा छ त्यस कारण अहिले केहि निर्णय गर्न सकिदैन जस्तो लाग्छ l अदालतको निर्णय आए पछि के गर्ने भन्ने कुरा अदालतको निर्णयका आधारमा गर्नु पर्ने हुन्छ l ”
एएनएको नेतृत्व आफुले पाउनु पर्ने र वर्तमान निर्वाचनको प्रक्रिया रोकिनु पर्ने आसयकासाथ समुदायका केहि व्यक्तिहरुद्वारा अमेरिकी अदालतमा मुद्दा हालिएको थियो l अदालतले १० दिनका लागि कुनै काम नगर्न र ११ औ दिन अर्थात् अगष्ट १५ तारिख दुवै तर्फका वकिललाई अदालतमा आउन निर्देशन दिएको छ l अदालतले यस विषयलाई नेतृत्व चयनको सामान्य विवादको रुपमा मात्र नहेरेर दर्ता खारेजी भएको संस्थाको संचालन गरेको कसुरका रुपमा हेर्न पुग्यो भने यस विषयसंग सम्बन्धित ब्यक्तीहरुले सत्य तथ्य विवरण बुझाउन लामो समय खर्चिनु पर्ने देखिन्छ l
‘एएनए’ को दर्ता खारेजीले ‘एएनए’ को नाममा रहेको सम्पत्ति के हुने भन्ने जटिल प्रश्न खडा गरेको छ l कानुनी रुपमा संस्था दर्तामा नरहे पछि त्यस संस्थासंग रहेको सम्पत्ति सरकारी हुने हुन्छ l नेपालीहरुले आफ्नो समुदायको केहि बनाउ भन्ने उद्येश्यले चन्दा संकलनबाट आर्जेको सम्पत्ति केहि ब्यक्क्तिहरुको गल्तीले अनाहकमा समुदायले गुमाउने अवस्था आएको देखिन्छ l
Original Link to the article -
http://www.nepalhorizons.com/news/inter ... %E0%A4%AE/
DISCLAIMER: TexasNepal.com is not responsible for user-posted topics or comments in Forums.