Sajha Sawal Episode 235: Federal Nepal

Sajha Sawal is a weekly debate program broadcast across Nepal on radio and TV and is produced by BBC World Trust.

Sajha Sawal Episode 235: Federal Nepal

Postby mk » Mon May 28, 2012 3:17 pm

अखण्ड सुदुर पश्चिम माग्दै चलेको आन्दोलनको सिको गर्दै पुर्वाञ्चलसम्म 'अखण्ड भूगोल' को आन्दोलन चलिरहेका छन । राजधानीमा चैं जनजाति र मधेशी सभासदहरुको समुह आफ्नो पहिचान अनुकुल प्रदेश नबने आफ्नै दलको विरुद्दमा बिद्रोह गर्ने बताइरहेका छन् । जेठ १४ मा नयाँ संविधान आउने नआउने निश्चित त छैन तर जातीय र सामाजिक कलह हुर्कने डर चैं बढ्दो छ । संघीयताको नाममा देखिन लागेको यो तनाव कसरी कम होला ?
आज साझा सवालमा हामी संघीयताका बारेमा अहिले उठेको विषयहरुका बारेमा छलफल गर्नेछौं । संघीयताका बारेमा दलहरुको धारणा हामीले नियमित सुनिरहेका छौं । नियमित भन्दा अलि फरक आजको साझा सवालमा प्राज्ञिक समुहबाट व्यवहारिक सुझाव के आउन सक्ला की?
यो साझा सवालका सहभागिहरू हुनुहुन्छः योजनाविद् पिताम्वर शर्मा, पूर्व निर्वाचन आयुक्त बीरेन्द्र मिश्र, भूगोलविद् प्रा. विद्याबीरसिंह कंसाकार, प्राकृतिक स्रोत व्यवस्थापनविद् यमुना घले, माओबादी सभासद इन्द्रजीत थारू, अखण्ड सुदुरपश्चिमका पक्षधर नन्दकृष्ण जोशी, किराँत याक्थुङ चुम्लुङका निवर्तमान अध्यक्ष अर्जुन लिम्बु, किराँत राई यायोक्खाका अध्यक्ष चतुरभक्त राई, जातीय विभेदविरूद्ध राष्ट्रिय मञ्चका अध्यक्ष सुमित्रा मानन्धर गुरूङ, नेपाल पत्रकार महासंघका अध्यक्ष शिव गाउँले, दलित गैरसरकारी संस्था महासंघका गजाधर सुनार, मगर संघका उपाध्यक्ष गंगाबहादुर थापा र साहित्यकार धीरेन्द्र प्रेमर्षि हुनुहुन्छ । - bbcsajhasawal (May 13, 2012)


YouTube Video Thumbnail

DISCLAIMER: TexasNepal.com is not responsible for user-posted topics or comments in Forums.

mk
 
Posts: 418
Joined: Wed Jul 06, 2011 5:51 pm


Return to BBC Sajha Sawal

Who is online

Users browsing this forum: No registered users and 0 guests