डालसमा म्ह: पूजा तथा नया बर्ष ११३५ को कार्यक्रम सम्पन्न

अक्टोबर २४, २०१४ अर्विंग टेक्सास, नेपाल नेवा: एसोसियसन् को आयोजनामा सामुहिक म्ह: पूजा तथा नया वर्ष कार्यक्रम सम्पन्न भयो | नया बर्ष ११३५ को पावन अबसरमा सम्पूर्ण नेपालीलाइ एसोसियसन् का तर्फबाट शुभ कामना ब्यक्त गरियो |

mha-puja-tx-20141024-56

सो कार्यक्रम अर्विंग स्थित भियतनामी बुद्धिस्ट मन्दिरको हलमा भएको थियो | कार्यक्रमको संचालन प्रमेश श्रेष्ठ द्वारा म्ह: पूजाको महत्व र यो किन कसरि गरिन्छ भन्ने बारे बिस्तृत जानकारी कार्यक्रम अवधि भर दिई राख्नु भएको थियो | साथै म्ह पूजाको मण्डप पूजाको शुरुवात देखि अन्त सम्म सबै बिधि को बिस्तृत बयान अंग्रेजी, नेपाली तथा नेपाल भाषामा अनुबाद समेत गरिएको ले येही अमेरिकामा जन्मेका केटाकेटी देखि अमेरिकन पाहुनाहरुले समेत सो कार्यक्रम बडो हर्सौल्लासका साथ् रमाइलो गरिएको थियो | ज्ञानेस्वर अमात्यको नेपाली त नेवा: गीतले कार्यक्रममा झन् सुन मा सुङ्गध थपेको थियो | मानौ कार्यक्रम अमेरिकाको कुनै ठाउमा नभई नेपालको कुनै टोलमा भै राखेको थियो |

mha-puja-tx-20141024-37

एसोसियसन् का कजी राम गमाल कार्यक्रम सफल भएकोमा दङ्ग देखिनु हुन्थ्यो र भन्नु हुन्थ्यो हाम्रो यो पुच: मा आ-आफ्नो जिम्बेबारी सबैले धर्यताका साथ भित्र मन बाट गरिएकोले हाम्रो हरेक कार्यक्रम भब्य हुने गर्छ र हाम्रो पुच: का सबै साथीहरु गर्ब गर्न लायकका छन् | अर्का कजी स्वयम्भू शाक्य भन्नु हुन्छ “हाम्रो यो पुच: मा हामी कुनै पनि पोस्ट हरु बीना सबै साथीहरु गुठिको कन्सेप्टमा पुच: अगाडी बढी रहेको छ र आउदो बर्ष देखि यो सस्था झन् सस्थागत र बृहत हुने कुरामा बिस्वास दिलाउनु हुन्छ” र “हाम्रो भाषा, सस्कृति र परम्परालाइ बचाई राख्नको लागि सस्था अझ बढी सशक्त हुन जरुरि छ ” |

अन्तमा यो कार्यक्रम सफल बनाउन सम्पूर्ण साथीहरु महेन्द्र मानन्धर,बिजय बज्राचार्य, अनिल मानन्धर, बिनय तुलाधर युमेश श्रेष्ठ र सम्पूर्ण भाउजुहरु र परिवार तथा सबै स्पोंसोर, हल प्रदान गर्न हुने बुद्ध मन्दिरका भन्तेहरुलाइ, स्वादिस्ट खाना उपलब्ध गराई दिने रमाइलो रेस्टुरेन्टलाइ र सबै भोलुण्टेरहरुलाइ धन्यबाद दिदै कार्यक्रमको अन्त गरिएको थियो |

» View more photos

[Via Swoyambhu Shakya]

Leave a Reply