Tag Archives: BBC Nepali

Sajha Sawal Episode – 450 – Tourism Manang

पर्यटन व्यवसायी तथा एमाले नेता ट्रिपल पी. गुरूङ, पर्वतारोही/ट्रेकिङ गाईड मुना गुरूङ र नेपाल पर्यटन बोे‍र्डका प्रमुख कार्यकारी निर्देशक दीपकराज जोशीसंग लम्मजुङ र मनाङ घुमेर तयार गरेिएको साझा सवाल ।

साझा सवाल अङ्क ४४९ – डेढ बर्षभित्र ३ वटा चुनाव ?

सरकारले डेढ बर्ष भित्र गरिसक्ने भनेको ३ वटा चुनाब, कुरो मात्रै कि काम पनि ?
प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतो, नेपाली कांग्रेसका नेता पुष्पा भूसाल र निर्वाचन आयुक्त इला शर्मास‌ंग बहस ।

Sajha Sawal Episode 448 Government Hospitals in Kathmandu

राजधानीका नाम चलेका सरकारी अस्पताल (वीर, टिचिङ र प्रसुति) कस्ता छन् त?
स्वास्थ्य मन्त्री रामजनम चौधरी र त्रिभुवन विश्वविद्यालयका उपकुलपति तिर्थराज खनियाँसंग तीनवटै अस्पताल घुमेर तयार पारिएको साझा सवाल ।

Sajha Sawal Episode 447 – Challenges of Budget Implementation

५ लाख कर्मचारीको तलब बढ्यो, पौने ३ करोडले महँगी खेप्नुपर्ने,अर्थमन्त्रीज्यू ? बिपक्षी तथा कतिपय विज्ञहरुले समेत महत्वाकांक्षी भनेर आलोचना गरेको नयाँ बजेट कार्यान्वयनका चुनौतिहरु के के छन त ? आजको साझा सवाल अर्थमन्त्री विष्णु पौडेलसँग

Sajha Sawal Episode – 446 Life in Taplejung

ताप्लेजुङका सासंद भुपेन्द्र थेबेले पत्रकार नारायण वाग्ले र कवि निभा शाहलाई फुङलिङ बजार र वरपर घुमाएका छन्। सूदुर पूर्वको खवर के छ? के भन्न चाहन्छन् ताप्लेजुङबासी? सुकेटारका ओम प्रकाश राईबाट केही प्रेरणा लिन सकिएला?

Sajha Sawal Episode 445 Women empowerment

महिला र पुरूष समान हुने समाज कसरी बनाउन सकिएला ? लमजुङको बेंसीशहरमा मन्त्री शान्ता मानवी, पूर्वमन्त्री सरिता गिरी र सांसद चन्द्रबहादुर कुँवरसंग सहभागीहरुको बहस ।

Sajha Sawal Episode – 443 Govt. Policies and programmes

सरकारको नीति तथा कार्यक्रमबारे संचारमन्त्री शेरधन राई, काँग्रेस नेता मीनेन्द्र रिजाल र संघीय समाजवादी फोरम नेपालकी नेता रेणु यादवसँग आजको साझा सवाल

Sajha Sawal Episode 442 – Agriculture – Phidim

साझा सवालमा किसानका कुरा – पाँचथरको फिदिममा कृषि मन्त्री हरिबोल गजुरेल र अगुवा किसान गोमा चुडालसंग, पूर्वी पहाडका ताप्लेजुङ, पाँचथर, इलाम र तेह्रथुमका किसानहरुको बहस ।

Sajha Sawal Episode – 441 Life in Bajhang

अत्याधिक मदिरा सेवन, बाल विवाह र छाउपडी प्रथा पश्चिम पहाडी जिल्लाका साझा समस्या हुन् । कसरी मुक्त हुन सकिएला यस्ता समस्याहरुबाट ?
एनेकपा माओवादी नेता रेणु चन्द, तेक्वान्दो खेलाडी दीपक बिष्ट, बझाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा बझाङका प्रहरी प्रमुख सँग बझाङका गाउँहरु डुलेर तयार गरीएको साझा सवाल ।

Sajha Sawal Episode 440 – Life One Year After Earthquake

भूइँचालोको ठ्याक्कै १ वर्ष पुग्यो । प्रभावितहरु अझै कहिलेसम्म टहरामै?
भूकम्प प्रभावितका प्रश्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सिइओ सुशील ज्ञवाली र भुकम्प प्रविधि राष्ट्रिय समाज (एनसेट)का आमोदमणि दीक्षितलाई।

Sajha Sawal Episode 404 Issues of Dalits

नेपालमा वर्षौंदेखि रहेको जातीय विभेद र छुवाछुतको अन्त्य कहिले र कसरी गर्न सकिएला? नेपाली काँग्रेसका नेता प्रदीप गिरी, एमाओवादीका विश्वभक्त दुलाल ‘आहुती’ र अभिनेता राजेश हमालसँग सप्तरीमा गरिएको बहस ।

Sajha Sawal Episode 401 People question Leaders about Constitution

कन्चनपुरको महेन्द्रनगरमा रेकर्ड गरिएको आजको कार्यक्रममा संविधानको मस्यौदा र दलहरुका अन्य प्रतिबद्धताबारे नागरिकका प्रश्न सिँचाइ मन्त्री एन पी साउद, सभासद् कलसा महरा र एमाले नेता उर्वादत्त पन्तलाई ।

Sajha Sawal Episode 373: Cold Wave & Terai Issues (Rautahat)

गरिबीका कारण चिसोबाट बच्न न्यानो कपडा नहुँदा र शीतलहरबाट जोगिने ज्ञान नहुँदा बर्सेनी यसरी सर्वसाधारणको ज्यान जाने गरेको छ । शीतलहरबाट प्रभावितहरु के चाहन्छन् त?

Sajha Sawal Episode 369: Corruption Control

जिम्मेवार नागरिकका हिसावले भ्रष्टाचार नियन्त्रणका लागि तपाईंले आफ्नो तहबाट के गर्न सक्नुहुन्छ?
सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, पूर्व सचिव मोहन बन्जाडे र प्राध्यापक डा. भगवान कोइरालासँग सहभागीहरुको बहस ।