Tag Archives: Bijay Thapa

संबिधान नआउदा अमेरिकामा रहेका नेपाली कलाकार के भन्छन ?

माघ १० ,डिसी विजय थापा संविधान एक राजनीतिक दस्तावेज पनि हो l लोकतान्त्रिक संविधान निर्माण गरेर मुलुकलाई शान्ति, स्थिरता र दिगो विकास मार्गमा अग्रसर गराउनु सबै राजनैतिक दलको परम कर्तब्य हो l संविधानसभामा तोडफोड र अराजक व्यवहारको प्रदर्शनीले हाम्रो राजनैतिक संस्कार विश्व सामु उदांगिएको छ l पूर्व प्रतिबद्धताअनुसार संविधान नआउँदा सर्वसाधारणमा निराशा छाएको छ भने … Continue reading संबिधान नआउदा अमेरिकामा रहेका नेपाली कलाकार के भन्छन ?

अमेरिकाका नेपालीले राम चन्द्र पौडेललाई के सोधे र उन्ले के जवाफ दिए ?

विजय थापा मंगसिर १६ , भर्जिनिया हालसालै अमेरिकाको जनसम्पर्क समितिको अधिवेसनमा आई नेपाल फर्की सकेका नेपाली काग्रेसका उप सभापति राम चन्द्र पौडेल संग अमेरिकामा भएको एक अन्तरक्रिया कार्यक्रममा अत्यधिक सवाल र जवाफ सहित कार्यक्रम भब्यताको साथ सम्पन्न भयो l ”नेपालमा संबिधान लेखन प्रक्रियामा के हामी सहि बाटोमा छौ” भन्ने मूल नारामा केन्द्रित अन्तरक्रिया कार्यक्रम रहेता … Continue reading अमेरिकाका नेपालीले राम चन्द्र पौडेललाई के सोधे र उन्ले के जवाफ दिए ?

अमेरिकाको संसदमा नेपालीले खाता खोल्न सकेनन तर महिला उम्मेदवारको सम्भाव्यता

विजय थापा / भर्जिनिया उज्जवल भविष्यको परिकल्पना गर्दै अमेरिकामा नागरिकता लिएका नेपाली अमेरिकनहरु अमेरिकन राजनीतिक मुलधारमा प्रवेश गर्न प्रयास गर्न थालिसकेका छन् ।आउँदो नोवेम्बर ४ तारिख अमेरिकामा निर्वाचनको लागि डेमोक्रेटिक दलकी नेपाली चेली अमृता रेग्मी एटलान्टा जर्जियास्थित प्रतिनिधिसभा सदस्यको लागि चुनाबी दौडमा छिन् भने उनको जित्ने सम्भावना आशाजनक रहेको छ । त्यो क्षेत्र रिपब्लिकनहरुको गढ … Continue reading अमेरिकाको संसदमा नेपालीले खाता खोल्न सकेनन तर महिला उम्मेदवारको सम्भाव्यता

गिनिज पुस्तकमा आफ्नो नाम लेखाउन प्रयासरत कृष्ण पाण्डेय संगको छोटो अन्तरवार्ता

गिनिज पुस्तकमा आफ्नो नाम लेखाउन प्रयासरत कृष्ण पाण्डेय संग हामीसंग छोटो अन्तरवार्ता दिएका थिए | उनले यहि जुलाई ४-६ सम्म ३१ औ ए एन ए सम्मेलन न्यु योर्कमा आफ्नो नाम गिनिज पुस्तकमा लेखाउने र बुद्ध नेपालमा जन्मेका हुन् र सगरमाथा नेपालमा पर्छ भन्ने संदेश बिश्वलाई दिने भनेका छन्| धन्यबाद विजय थापा, भर्जिनिया ,अमेरिका

डिसीमा नेपाली कांग्रेसका अर्जुन नरसिंह केसीसंग अन्तरक्रिया

विजय थापा अमेरिका ,डिसी ,अप्रिल २९ तारिखका दिन अमेरिकाको भ्रमणमा रहनु भएका नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्व मन्त्रि अर्जुन नरसिंह केसी संग डिसी महानगर क्षेत्रको भर्जिनियाको एक पुस्तकालयमा जन सम्पर्क समिति  भर्जिनिया शाखाको आयोजनामा नव बर्ष २०७० को शुभकामना आदान प्रदान तथा अन्तरक्रियात्मक कार्यक्रम भब्यताको साथ सम्पन्न भएको छ  lकार्यक्रमको सुरुवात महामानव बि पी … Continue reading डिसीमा नेपाली कांग्रेसका अर्जुन नरसिंह केसीसंग अन्तरक्रिया

बाना सांस्कृतिक साँझ

विजय थापा अमेरिका ,म्यारिल्याण्ड ,अप्रिल ३० ,बाना(बाल्टिमोर एसोसिएसन अफ नेपलिज इन अमेरिका )ले नया बर्ष २०७० को अवसरमा म्यारिल्याण्ड राज्यको बाल्टिमोरमा सांस्कृतिक साँझ तथा शुभकामना आदान प्रदान कार्यक्रम भब्यताको साथ सम्पन्न गरेको छ lबानाले हरेक बर्ष नया बर्षमा कार्यक्रम गर्दै आई रहेको छ भने यस लाई निरन्तरता दिदै यहि अवसरमा भर्खरै  नेपाल र नेपालीको शिर … Continue reading बाना सांस्कृतिक साँझ

३१ औं एएनए न्यु योर्क सम्मेलनका लागि सल्लाहकार समिती गठन

  विजय थापा भर्जिनिया ,अमेरिका न्युयोर्क, यहि आउदो जुलाई ४, ५ र ६ मा न्युयोर्कमा हुन लागेको ३१ औं एएनए सम्मेलन आयोजक समितीले सम्मेलनलाई अझ प्रभावकारी र उदेश्य मुलुक बनाउने हेतुले ७ सदस्यीय सल्लाहकार समिती गठन गरेको छ । अमेरिकामा लामो समय देखि बसोबास गर्नु हुने तथा समाजमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आईरहनु भएका समाजका … Continue reading ३१ औं एएनए न्यु योर्क सम्मेलनका लागि सल्लाहकार समिती गठन

एन आर एन अमेरिका र एन आर एन ईटाली बीच सम्झौता

अप्रिल २७ तारिख को शुभ साईतमा एन आर एन अमेरिका र एन आर एन ईटाली बीच एक कार्यक्रम बीच सम्झौता भएको छ | गैर आवाशीय संघ ,राष्ट्रिय समन्वय समिति अमेरिकाले गत साल पनि एन आर एन क्यानाडा संग बिबिध बिषयमा सहयोग र सहकार्य गर्ने भनि सम्झौता गरेको थियो |

ग्लोबल नेपाल फेस्ट २०१३ भव्यताको साथ सम्पन्न

वाशिंगटन डिसी ,अप्रिल २२ , गत साल झै ग्लोबल नेपाल मिडियाको आयोजनामा नेपाली नया बर्ष -२०७० (अप्रिल १४ ) को शुभ साईतमा ग्लोबल नेपाल फेस्ट -२०१२ लाई झझल्को दिलाउने र अझ परिस्कृत गराउने उदेश्य अनुरुप ग्लोबल नेपाल फेस्ट २०१३ को आयोजना उल्लेखनीय रुपमा सफलता हासिल गर्न सफल भएको छ |

‘ नेपालको लागि ३१ औ ए एन ए सम्मेलन ‘ – मूल नारा

यहि जुलाई ४ देखि ६ तारिख सम्म हुने ए एन ए न्यु योर्क सम्मेलनको मूल नारा ‘३१ औ ए एन ए सम्मेलन नेपालको लागि ‘राखिएको छ l सम्मेलन आयोजक समितिले बृहत मस्तिस्क मन्थन गर्दै अन्तत्वगत्वा ३१ बर्ष पहिले न्यु योर्कमा जन्मिएको नेपालीहरुको साझा संस्था तथा छाता संगठन दि एसोसीएसन् अफ नेपलिज इन अमेरिका (नेपाली अमेरिका संघ )ले यो नारा राख्नु पछाडी केहि उदेश्य र अर्थ लिएर हिडेको छ l

संचार कर्मीलाई तालिम उपलब्ध गराउने

म्यारिल्याण्ड सिल्वर स्प्रिंग स्थित नेपालीहरुको साझा चमेना गृह घर- ए-कवाबमा अमेरिकन बहु मार्ग कुटनैतिक संस्था(Institute for Multi-Track Diplomacy )को आयोजनामा गैर पक्षपात संचार कर्मीलाई तालिम उपलब्ध गराउने बिषय सम्बन्धि एक भेटघाट कार्यक्रमको आयोजना गर्यो |

अंटार्टिका(दक्षिण ध्रुव)मा नेपालीले गल्फ खेले

गल्फ खेल्न मैदान चाहिन्छ तर ईक्षा र चाहना भए हिउ नै हिउले ढकमक्क ,अनकन्टार ,सुनसान हुने महादेश अंटार्टिकामा दूई दशक भन्दा अगाडी अमेरिका पसेका काठमाडौँ बालुवाटार र हाल भर्जिनिया ,साउथ राइडिंग निवासी बिनोद थापाले सम्भवत अंटार्टिकामा गल्फ खेलेर कसैले पनि यस अगाडी नगरेको ईतिहास रच्ने नेपाली भएका होलान भन्ने अनुमान हामीलाई लागेको छ l

नेपाल पद यात्रा- व्यापक सहभागिता साथ सम्पन्न

अमेरिका ,अप्रिल १४ ,अर्थात् नेपाली नया बर्ष -२०७० को शुभ उपलक्ष्यमा वाशिंगटन डिसीको जेफर्सन स्मारकबाट सुरुवात गरिएको नेपाल पद यात्रामा व्यापक सहभागिता तथा उल्लेखनीय आर्थिक संकलन साथ सम्पन्न भएको छ  |

संचारकर्मीले व्यक्ति या संस्थासंग आग्रह र पूर्वाग्रह हुनु नहुने

आग्रह र पूर्वाग्रह संचार कर्मिको धर्म हैन l खाट्टी संचारकर्मीले यो अप्नाउदैनन र कदापी मस्तिष्कमा राख्दैनन् l संचार क्षेत्रमा काम गर्ने कुनै पनि संचारकर्मी तथा पत्रकारहरु पूर्ण रुपमा ब्यक्ति बिसेष तथा संस्थासंग आग्रह र पुर्वाग्रहबाट मुक्त हुनु पर्दछ l कलम चलाउनु एक कला हुन्छ र कला त्यतिकै फुर्दैन ,त्यसको लागि त्याग र तपस्या चाहिन्छ l कलम … Continue reading संचारकर्मीले व्यक्ति या संस्थासंग आग्रह र पूर्वाग्रह हुनु नहुने

३१ औ ए एन ए सम्मेलन मूल समारोह समिति भब्य तैयारीमा जुट्दै

ए एन ए (दि एसोसिएसन अफ नेपालीज इन अमेरिका)को ३१ औ सम्मेलन यहि जुलाई ४ – ६ तारिख न्यु योर्कमा हुने र उक्त सम्मेलनलाई भब्यताको साथ आयोजना गर्न मूल आयोजक समिति पूर्ण तैयारीमा जुट्दै गरेको जानकारी ए एन ए का अन्तरिम अधक्ष्य छेवांग शेर्पालामाले दिएका छन ।

अमेरिकालाई नेपाल जस्तै बनाउने ठान्नु हुन्न

अमेरिकालाई नेपाल जस्तै बनाउने ठान्नु कदापी हुदैन बरु यहाका असल कुरा ,आचरण आदि ईत्यादी आफ्नो जीवन र ब्यबहारमा लागु गर्न सक्नु पर्छ । अनि मात्र हामी नेपाललाई अमेरिका जस्तो बनाउन सकिएला भन्ने सोच्न सक्दछौ । – विजय थापा, भर्जिनिया

स्वर्गीय उद्योगपति राठी – एक संस्मरण

अमेरिका ,माघ २२ ,करिब तीन हप्ता अगाडी अपहरणको शिकारमा परि नेपालको औधोगिक नगरी बिराटनगरका एक प्रतिष्ठित उद्योगपति ,समाजसेवी र असल अभिभावक गंगा बिसन राठीको सुनियोजित ढंगबाट गरिएको हत्याको खबरले सबैलाई मर्माहत बनाएको छ । आफु सात समुद्र पारी अमेरिकामा रहेता पनि अतितमा आफुले पटक पटक यस्ता मृदुभाषी र स्वभावले नै मिजासिला प्रवृतिका कुबेरसंग बिराटनगरमा साक्षात्कार भएका केहि स्मरणहरु मेरो मस्तिष्कमा अझै सावनको भेल जस्तै कुरा खेली रहेको छ ।

अविवाहित सह-बसोबास बैधानिक या अबैधानिक

अविवाहित संगै बस्ने पद्दतिलाई अस्वभाविक र अनौठो मानिन्छ । भनिन्छ नजाने गाउको बाटो नै नसोध्नु ,हामीलाई यस सम्बन्धि न लिनु छ ,न दिनु छ ,हामी रमिते भै हेर्न सिवाय अरु केहि गर्न न सक्ने अवस्थामा छौ किनभने हामी मुलुक छोडी आफ्नो स्वार्थ प्राप्तिको लागि बिदेशी भूमिमा रमाएका छौ । भबिष्यमा यसले कस्तो रुप लिन्छ त्यो त भबिश्यले नै तय गर्ने छ ।

नारी प्रति गिद्धे दृष्टि त्याग गर !

जब सम्म पितृसत्तात्मक समाज भन्ने सोच र चिन्तनको अन्त्य गर्न सबै समाज एक ढिक्का हुदैनन् तब सम्म नारीहरुलाई हेर्ने दृस्टीकोण तुलनात्मक रुपमा परिवर्तन हुदैन । -विजय थापा, भर्जिनिया

भाषा भाबी पिढीको लागि संरक्षण गर्नु पर्छ

नेल्सन मण्डेलाले भनेको जस्तै हामी नेपाली मूलका नेपालीहरुलाई सर्बाधिक सम्पर्कको भाषा ,अंग्रेजी भाषा प्रयोग गर्यौ भने हाम्रो मस्तिष्कमा सम्म पुग्दछ तर हाम्रो राष्ट्रिय भाषा बोलि दियौ भने हाम्रो हृदय सम्म पुग्दछ । तसर्थ मस्तिष्क सम्म पुर्याउने वा हृदय सम्म पुर्याउने भन्ने प्रश्न यहाहरुलाई छोडदै ,हामी सबैले भाषा सम्बर्धन सम्बन्धमा बिकुल फुकेमा भाषा मौलाउने छ र चिरन्जीवी हुनेछ ।