अमेरिकामा धुर्मुस र सुन्तलीको देश सफा गर्ने अभियानलाई व्यापक समर्थन

1

चैत्र २६,वाशिंगटन डिसी
विजय थापा

गत हप्ता मात्र २०७२ नया बर्ष धमाका भाग १ लिएर करिब सवा दुई महिनाको कार्यक्रममा अमेरिका आई पुगेका चर्चित हास्य कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ को देश सफा गर्ने अभियानमा पनि सशक्त रुपमा लागि परेका छन्

र हाल सम्म भर्जिनिया तथा बोस्टनमा गरि ३ वटा कार्यक्रम प्रदर्शन गरि सकेका धुर्मुस’ र ‘सुन्तली’ ले कार्यक्रमको अतिरिक्त सर सफाई अभियानलाई पनि अमेरिकामा व्यापक सचेतना गरि रहेका छन् l र उनीहरुको यो अभियानलाई अमेरिकामा रहेका नेपाली समुदायले सहयोग गर्ने प्रतिबद्धता जाहेर गरि सकेका छन् l

बिशेष जानकारी गराउदै सिताराम कट्टेल ‘धुर्मुस’ ले मन्त्रीपरिषद्को बैठकले हामीलाई “सरसफाई सद्भावना दुत’ बनाएको हो भने l र हामी नेपाल सरकार प्रति आभारी छौ l सरकारले घोषणा गरेको ‘सन् २०१७ सम्मको सरसफाई गुरुयोजना “अन्तर्गत डेढ महिनामा हामीले सर सफाईका थुप्रै काम गर्न सफल भएका छौ सितारामले भने l

8

सिताराम कट्टेल र कुञ्जना घिमिरेले देश सफा गर्ने अभियानमा सुदुरपश्चिमका कञ्चनपुर, कैलाली, बाँके, बर्दिया लगायतका जिल्लामा पुगेर सफाई अभियानलाई अगाडि बढाई सकेका छौ l यस्तै गरि सुदुरपुर्वका मोरङ, सुनसरी, उदयपुर लगायतका क्षेत्रमा पनि सफाई अभियान गरि सकेको बताए l

वाशिंगटन डिसीमा सितारामले थप जानकारी दिदै भने खुला दिशा मुक्त क्षेत्र बनाउने हाम्रो लक्ष्य हो l काठमाडौँको चक्रपथमा सरकारबाट निर्मित भएका चर्पी छैन l राजमार्गमा शौचालय छैन l महेन्द्र राजमार्गमा पुर्व देखि पश्चिम सम्म मात्र ११ सय चर्पीको आवश्यक छ भन्दै धेरै काम गर्नु पर्ने भएकोले आफु अमेरिका भएको बखत नेपाली समुदाय संग सहयोगको अपेक्षा राखेको बताए l

नेपालको सर सफाईमा हामी प्रतक्ष्य रुपमा संलग्न छौ र हुने छौ l नेपालको सर सफाईमा सहयोग गर्न चाहना राख्ने सबै नेपाली समुदायलाई हामी यो कामको जिम्मेबार लिन चाहन्छौ भन्दै सबैलाई आब्हान गर्न चाहेको दम्पत्तिले बताए l

हामी नेपाली समुदायसंग यस बिषयमा कुरा गर्न चाहन्छौ l सम्पर्क गर्न चाहना राख्ने सबै संग हामी सम्पर्क पनि बढाउने छौ l

सितारामले भने सर सफाई गर्नु भनेको त्यति सरल काम हैन तर सर्व प्रथम हामी सफा हुनु पर्छ l हाम्रो घर सफा हुनु पर्छ l शरीरमा भएको फोहोर निकाल्नु पर्छ l त्यसमा पनि हाम्रो मन सफा हुनु पर्छ l

मन सफा भयो भने हरेक कुरा सफा हुन्छ l सितारामले सर्व प्रथम सबै नेताको दिमागको फोहोर नहटाए सम्म कहिँ सफा नहुने भन्दै हाम्रो सर सफाई अभियानमा हाते मालो गर्न विदेशमा रहेका हरेक स्वाभिमानी नेपालीलाई आग्रह गरे l

कुन्जना तथा सितारामले एकै साथ भने-‘अभियान सुरु गरेपछि मानिसहरुमा सचेतना र जागरुकता बढेर आएको छ l संघसंस्थाहरु अभिप्रेरित भएका छन् भन्दै सहकार्य गर्न थाली सकेका छन् ”

नेपाल सरकारले कला क्षेत्रबाट कलाकारलाई दिएको यो उच्च सम्मान हो भन्दै त्यो भरोसालाई सफल पार्न दत्तचित्त साथ लागि परेको सितारामले वाशिंगटन डिसीमा बताए l

नेपाल सरकारले सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ लाई उप-सचिव सरहको सेवा र सुविधा दिएर यो अभियानको ‘सद्भावना दुत’ बनाएको हो l

Leave a Reply