अमेरिकामा नेपालीले दुई करोडको पसल जिते

salil gautam

वाशिंगटन डिसी , बैशाख २२
विजय थापा

नेपालको झापा दमक घर भै अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियामा बसोबास गर्दै आएका अमेरिकन सेनाका पूर्व सैनिक सलिल गौतमले २ करोडको पसल प्रतिस्प्रद्धामा जितेका छन् l

अमेरिकाको सेवेन-ईलेवेन स्टोर्सले पहिलो पटक आयोजना गरेको भेटेरन फ्रेनचाइज़ स्टोर्स प्रतिस्प्रधामा गौतमले गत मार्च १६ देखि मार्च २९ तारिख सम्म केवल १४ दिनको लागि गरिएको मतदानमा उत्कृष्ट ३ प्रतियोगीमा पर्न सफल भएका थिए l

गत अप्रिल २९ तारिख टेक्सासको डलसमा अन्तर्वार्ता दिन गएका थिए भने मे ४ तारिखमा प्रतिस्प्रद्धाको नतिजा प्रकाशित गरिए अनुसार गौतमले १ लाख ९० हजार डलर (झन्डै २ करोड नेपाली रुपैया ) राशि बराबरको एउटा सेवेन-एलेवेन पसल जितेका छन् l

यो रकम नगद नभै पसल स्वामित्व हुनु अगाडी लाग्ने प्रारम्भिक स्वामित्व शुल्क सेवेन-एलेवेनलाई नतिर्नु पर्ने रकम भएको बताउदै अन्य कुराहरुमापसल लिने धनीले लगानी गर्नु पर्ने बिजेता गौतमले बताए l

गौतमले सेवेन-एलेवेन स्टोर्स आफुले चाहेको स्थानमा लिन पनि पाइने भएकोले आफु डिसी महानगर क्षेत्रमा बसोबास गर्ने भएकोले यहि क्षेत्रमा छनौट गर्ने बताए l

पसल बिजेता गौतमले अगाडी भने सेवेन-एलेवेन पसल मात्र अथवा सेवेन-एलेवेन ग्यास स्टेसन सहितको (ईन्धन चौकी )पनि छनौट गर्न पाइने बताए l

अमेरिकामा १९२७ मा स्थापना भएको सेभेन-ईलेभन विश्वका ४० वटा भन्दा ज्यादा देशहरुमा सेभेन-ईलेभन सहुलियत पसलहरु संचालनमा रहेका छन् भने अमेरिकामा ग्यास स्टेसन (ईन्धन चौकी) बिशेष संचालनमा रहेका छन् l

सेभेन-ईलेभन पुरस्कार स्वरुप संचालनमा रहेको अमेरिकन सेनामा कार्यरत भेटेरन(पूर्व सेना)हरुलाई सम्मान तथा प्रोत्साहन स्वरुप प्रतियोगीहरु मध्येमा सबै भन्दा ज्यादा मत प्राप्त गर्ने भेटेरन(पूर्व सैनिक) लाई एउटा सेवेन /लेवेन स्टोर्स स्वामित्व (अनरशिप )दिने घोषणा गरे अनुसार नेपाली मुलका सलिल गौतमले मतको आधारमा सेवेन /लेवेन स्टोर्स पाएका हुन् l

झन्डै १ दशक देखि अमेरिकामा रहदै आएका गौतम अमेरिकन सेना अन्तर्गत ईराक र अफगानस्थानमा समेत सेवा पुर्याई सकेका गौतम हाल भर्जिनियामा परिवार सहित बसोबास गर्छन l

अन्तिम उत्कृष्ट ३ मा पुगेका सबै प्रतिस्प्रद्धि उतिकै महत्वपूर्ण भएकोले सेवेन-ईलेवेनले गौतम सहित ३ जनालाई बिजेता घोषित गरि पसल स्वामित्व गर्न दिने भएको जानकारी गौतमले गराए l गौतमले विश्व भरबाट आफुलाई मतदान दिई जिताउनु हुने सबै प्रति कृतज्ञता ज्ञापन गरेका छन l

Leave a Reply