अमेरिकामा भएका नेपाली समुदायका आवश्यकता तथा समस्यालाई सम्बोधन गर्ने छु : डा केशव पौडेल ,एनआरएन अमेरिकाका लागि अध्यक्ष पदका प्रत्याशी

keshab paudel

फाल्गुन २३ ,डिसी
विजय थापा

“बृहत्तर र एकता एनआरएन अमेरीकाको आवश्यकता” भन्ने मूल नारा साथ गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिकाको निर्वाचनको लागि अध्यक्ष पदका प्रत्याशी डा केशव पौडेल भन्छन अमेरिकामा भएका नेपाली समुदायका आवश्यकता तथा समस्यालाई सम्बोधन गर्ने छु l

नजिकिदै गरेको एनआरएन अमेरिकाको निर्वाचनलाई मध्यनजर गर्दै समय व्यवस्थापन गर्दै भेटघाट क्रमलाई निरन्तरता दिई रहेको छु l

आफ्नो पेशाबाट समय बचत गर्दै र परिवारलाई समय दिदै बाकी रहेको समय नेपालीको सर्वाङ्ग हितको लागि समाज सेवा गर्न तत्पर भएकोले अध्यक्ष पदमा उम्मेदवार बनेको हु l

पेसाले पौडेल मानव चिकित्सक हुन् l बिद्यार्थी जीवन देखि नै बिभिन्न संघ तथा संस्थामा सक्रिय रहेका डा पौडेल पेसागत रुपमा अमेरिकन कलेज अफ फिजीसियन को काउन्सिल सदस्य तथा सोसाईटी अफ हस्पिटल मेडिसीन न्यूमेक्सिकोका सभापति हुन् । हाल अमेरिकाको न्यूमेक्सिको राज्यको लभलेस स्वास्थ्य पद्धतिका चिकित्सा निर्देशक पनि हुन् l

चिकित्सक पेसामा मानव सेवा हुन्छ भने किन समाज सेवामा संलग्न हुन चाहनु हुन्छ भन्ने जिज्ञाशामा पौडेल भन्छन :

मानव सेवा र समाज सेवा अलग हुन् l चिकित्सा पेसामा पक्कै मानव सेवा हुन्छ l आफ्नो पेसामा चिकित्सा सम्बन्धि मान्छेहरुलाई मात्र सेवा गर्ने मौका मिल्छ l सेवाको क्षेत्र निश्चित परिधि भित्र हुन्छ l तर समाज सेवाको दायरा फराकिलो हुन्छ l पहिलो कुरा म एउटा नेपाली हु l म संग त्यो भावना छ l म त्यो वातावरणमा हुर्किए l एनआरएन हामी सबैको सांझा चौतारी हो l एन आर एन अमेरिकाले समस्त नेपाली समुदायको प्रतिनिधित्व गरेको हुन्छ l आफु नेपाली भएकोले यो संस्था मार्फत नेपाली समुदायको लागि सेवा गर्न ईच्छुक छु l

त्यसैले समाज सेवामा संलग्न हुन चाहना भएकोले म अध्यक्ष पदको प्रत्याशी बनेको हु l

मुलुकमा अझ पनि संबिधान बन्ने छाटकाट छैन ,संबिधान कुहिरो भित्र हराई रहेको काग जस्तो भै रहेको अवस्थामा अध्यक्ष पदका प्रत्याशी भएको नाताले नेपालका राजनीतिक दल र नेताहरुलाई के संदेश दिन चाहनु हुन्छ भन्ने जिज्ञाशामा पौडेल यसो भन्छन ‘

सबै राजनैतिक दल र नेताहरु एक जुट भएर ,व्यक्तिगत ,समुह ,गुट ,उपगुट तथा कुनै स्वार्थमा नलागी त्यो भन्दा माथि उठेर नेपालीहरुको समष्टि हितको लागि चाडो भन्दा चाडो संबिधान बनाउन अमेरिकामा रहेका समस्त नेपालीहरुको तर्फबाट संदेश पुगोस भन्ने चाहन्छु l

बिजयी भएमा सर्वप्रथम के काम गर्नु हुन्छ भन्ने सवालमा एनआरएन अमेरिकाको संगठनलाई बलियो बनाउने छु l अमेरिका भर रहेका नेपालीहरुलाई यो संस्थामा सदस्य लिन मन लगाउने प्रकारका कार्यक्रम ल्याउने छु , पौडेल बताउछन l

एनआरएन अमेरिकाका लागि अध्यक्ष पदका प्रत्याशी भएको नाताले भेटघाटलाई तेज बनाउन भ्रमणलाई निरन्तरता दिई रहेको छु l एनआरएन सदस्यता वृद्धि गर्ने क्रममा करिब दर्जन भन्दा ज्यादा शहरमा पुगेको बताउदै बिजयी भएमा पनि यो क्रम जारी रहने बताए l

यस संस्थालाई अझ बृहत्तर र समाबेशी बनाउने अभियानमा लागेको हुनाले अमेरिकामा रहेका नेपाली समुदायले आफुलाई नेतृत्व गर्ने जिम्मेबारी दिने छन भन्ने कुरामा बिश्वस्त भएको बताए l

Leave a Reply