अमेरिकामा वरिष्ठ पत्रकार हरिहर बिरहीले भने : नेपाल वृद्धाश्रम मुलुक मात्र हुने हो कि ?

n 2

मंगसिर २२ ,डिसी
विजय थापा

अमेरिकाको भ्रमणमा रहनु भएका वरिष्ठ पत्रकार हरिहर बिरहीले नेपाल अमेरिका पत्रकार संघले डिसी महानगर क्षेत्रको भर्जिनियामा आयोजना गरेको एक भेटघाट कार्यक्रममा आफ्नो मन्तब्य राख्दै अधिकांश बुद्धिजीवि तथा सबै पेसाका व्यक्तिहरु विदेश जाने क्रम बढ्दै गएकोले कालान्तरमा नेपाल एउटा वृद्धाश्रम मुलुक मात्र हुने हो कि भन्ने आफुलाई लागेको बताउनु भयो l

बिरहीले अगाडी विचार पोख्दै विदेशमा बस्ने नेपालीहरुको कारण पनि नेपालको उन्नति भएको चर्चा गर्नु भयो l र ,नेपालीहरु मुलुक बाहिर गएर नेपाल बिग्रेको आफुलाई नलागेको बताउदै आपसमा सहकार्य गर्नु पर्ने कुरामा जोड दिनु भयो l

नेजाले भेटघाटको साथै पत्रकार द्वयलाई बिदाई समेत गरेको थियो भने अर्का वरिष्ठ पत्रकार तथा प्राध्यापक सोमनाथ घिमिरेले आफ्नो एक बर्ष अमेरिका बसाईमा अमेरिकामा भएका र रहेका पत्रकारिताका बारेमा अनुभव बताउनु भएको थियो l

र ,घिमिरेले अमेरिकामा पत्रकारितालाई पूर्ण व्यवसायिक बनाउन नसकेको आफुले देखेको कुरा राख्दै स्वयम् सेवक रुपमा समय व्यवस्थापन गरि पनि पत्रकारिता गरेकोमा प्रसंशा गर्नु भएको थियो l

वहाले थप विचार राख्दै गुटगत तथा राजनैतिक विचारबाट यहाँका मानिसलाई पनि गाजेको उल्लेख गर्दै एकत्रित तथा सु-संगठित हुनु पर्ने अपरिहार्यता देखेको बताउदै सानो लगानीका पत्रकारिताको नेपालमा पनि दयनीय अवस्था भएको उल्लेख गर्नु भयो l

र ,अमेरिकामा लामो समय देखि बसोबास गर्दै आएका पत्रकार तथा राजनीति शास्त्रका बिज्ञ चित्र कृष्ण तिवारी(विद्या वारिधि )ले जन युद्धकालमा बाबुराम भट्टराईसंग अमेरिकाबाट अज्ञात स्थलमा सम्पर्क गरि अन्तरवार्ता लिएको चाख पूर्ण घटना सुनाउनु भएको थियो l र ,अमेरिकामा रहेका नेपाली पत्रकारहरुमा अनुसन्धानात्मक समाचार लेख्ने त्यति आफुले नदेखेको उल्लेख गर्नु भयो l नेजाका पूर्व सभापति कृष्ण शर्माले संबिधान ,संघियता तथा राज्य पुनर्संरचनामा दह्रो कलम चलाउनु पर्ने पत्रकारहरुको खाचो भएको चर्चा गरे l

यसै गरि नेपाल अमेरिका पत्रकार संघका संस्थापक सभापति गिरिश पोख्रेलले सबैलाई व्यस्त समयको बाबजुद पनि सहभागी भै वरिष्ठ पत्रकार बिरही तथा घिमिरेलाई सम्मान जनाई दिएकोमा हर्ष व्यक्त गरे l र ,सभापति दाहालले मन्तब्य राख्दै नेपाल पत्रकार महासंघ संग नेजाको कुनै असमझदारी नभएको भन्दै राम्रो समझदारी रहेको र बिगतमा काम गरेको बताए l

माघ ८ गते संबिधान बन्न सम्भव नभएको पत्रकार हरिहर बिरहीले एक प्रश्नको उत्तरमा दिएका थिए l कार्यक्रम संचालन पत्रकार बिष्णु शितलले गर्नु भएको थियो भने कार्यक्रम नेजाका अध्क्षय गौतम दाहालको सभापतित्वमा सम्पन्न भएको थियो l

Leave a Reply