अमेरिकी संसदमा नेपाली मूलका जीवन तिवारीको उम्मेदवारी

jiwan tiwari

फाल्गुन २५ ,डिसी
विजय थापा

नेपाली मूलका जीवन तिवारीले अमेरिकाको डिसी महानगर क्षेत्र अन्तर्गत भर्जिनियाको तल्लो सदन ‘हाउस अफ डेलिगेट ‘ मा उम्मेदवारी घोषणा गरेका छन् । कास्की पोखरा लेखनाथ नगर पालिका बेगनास ताल घर भै बिगत १० बर्ष देखि अमेरिकाको उत्तर भर्जिनियामा बस्दै आएका तिवारीले आज मार्च ९ तारिख भर्जिनियाको हाउस अफ डेलिगेटको लागि क्षेत्र ८७ बाट २०१५ को लागि प्रतिनिधि सभामा डेमोक्र्याट पार्टीबाट उम्मेदवारी दिएका हुन् ।

अघिल्लो जन गणना अनुसार उक्त क्षेत्रमा करिब २५ प्रतिसत एसिएन मूल का मानिस बसोबास गर्छन l

संसदका उम्मेदवार बनेका तिवारी डेमोक्राटिक दलमा विभिन्न तहमा २००९ देखि नै सक्रिय रही काम गर्दै आएका छन भने उक्त क्षेत्रमा डेमोक्राटिक पार्टीका कोषाधक्ष्य भई काम गरि सकेका पनि छन् l उनले अमेरिकाका राष्ट्रपति बराक ओबामाको चुनावी प्रचार तथा प्रसारमा पनि सक्रिय रुपमा सहभागिता जनाएका थिए l

पेसाले तिवारी घर खरिद तथा बिक्रि अभिकर्ता हुन् भने हाल उत्तर अमेरिका नेपाली समुदायको कै जेष्ठ अमेरिका नेपाल सोसाईटीका वर्तमान अध्यक्ष पनि हुन् l यस बाहेक प्रिन्स विलिएम तथा लाउडन काउन्टी डेमोक्राटिक दलका सदस्य तथा डेमोक्राटिक एसिएन अमेरिकन अफ भर्जिनियाका सदस्य रहेका पनि छन् l गैर मुनाफा सामाजिक संस्था सोसल सर्भेंट अफ अमेरिकाका संस्थापक पनि हुन् l

सन् २००४ मा डिभी चिट्ठा कार्यक्रममा छनौट भै अमेरिका आएका तिवारी १ बर्ष न्युयोर्कमा बसी २००५ देखि नै भर्जिनियामा बसोबास गर्दै आउनु भएको छ l

तिवारी श्रीमती हिमाली तिवारी तथा ४ बर्षका छोरा आदर्श तिवारी तथा २ बर्ष कि छोरी अर्बिना तिवारी साथ भर्जिनियामा बस्नु हुन्छ l

आगामी जुन ९ ,२०१५ मा प्राथमिक एवं नोभेम्बरमा ३ ,२०१५ मा अन्तिम चरणको निर्वाचन हुनेछ l अमेरिकन सदनको लागि सभासदका उम्मेदवार तिवारीले पहिलो चरणमा बिजयी भए पछि मात्र नोवेम्बरमा हुने निर्वाचनमा रिपब्लिकनका प्रतिद्वन्दी संग चुनाब लड्नु पर्ने छ l

यो क्षेत्रमा दुई पटक रिपब्लिकन दलका लेबनानी-अमेरिकन डेविड रमादान बिजयी भएका छन् भने यो क्षेत्र केहि बर्ष अगाडी मात्र बनाईएको हो l

आफ्नो उम्मेदवारीमा तिवारीले शिक्षा ,स्वास्थ्य ,आवास ,आर्थिक विकास तथा विविधतालाई चुनावी मुद्दा बनाएका छन् ।

उनले आफ्नो आधिकारिक चुनावी वेब (संजाल ) तिवारी फर डेलीगेट डटकम (Tiwari for delegate.com )खोलि सकेका छन् l

Tiwari4Delegate Banner

Leave a Reply