“एएनए न्युयोर्क देखि न्युयोर्कसम्म’ सामुदायिक बहस कार्यक्रम

anany2013 log

विजय थापा

भर्जिनिया ,अमेरिका

न्युयोर्क, अमेरिकामा रहेका नेपालीहरुको पुरानो संस्था एएनएका बारेमा सामुदायिक बहस हुने भएको छ । ह्वाईट हिमाल टेलिभिजनको साप्ताहिक रुपमा प्रस्तुत हुने कार्यक्रम सम्प्रेषणमा एएनएका सम्बन्धमा सामुदायिक बहस हुन लागेको हो । न्युयोर्कको ज्याक्सनहाईटको ७७ स्ट्रीटमा रहेको जुईस सेन्टरमा जुन ८ तारिख शनिबार दिउसों २ बजे देखि शुरु हुन लागेको कार्यक्रममा “एएनए न्युयोर्क देखि न्युयोर्कसम्म” भन्ने शिर्षक राखिइएको छ । कार्यक्रम सम्प्रेषणका प्रस्तोता तथा निर्माता शैलेस श्रेष्ठका अनुसार कार्यक्रममा एएनए स्थापना कालदेखी बर्तमान सम्म र आगामी दिनमा कसरी आगाडि बढ्दैछ लगाएतका बिषयहरुमा सामुहि बहस हुनेछ । बहस कार्यक्रममा एएनएका बर्तमान अध्यक्ष छेवांग शेर्पा, ३१ औं एएनए सम्मेलन आयोजक समितीका संयोजक समिर मर्हजन लगाएतका एएनएसंग सम्बन्धित ब्यक्तिहरु कार्यक्रमको हटसीटमा बस्नेछन् भने कार्यक्रममा सहभागीहरुले एएनएसंग सम्बन्धित प्रश्नहरु राख्नेछन् ।

बहस कार्यक्रममा भाग लिन न्युयोर्क, बोष्टन, न्युजर्सी, कनेक्टीक, मेरिल्याण्ड लगाएतका बिभिन्न स्थानबाट सहभागी आउन लागेको प्रस्तोता श्रेष्ठले जानकारी दिनुभयो । करिब ३ घण्टा सम्म चल्ने सामुदायिक छलफल कार्यक्रमको ह्वाईट हिमाल टेलिभिजनले प्रत्यक्ष प्रशारण गर्दैछ । ह्वाईट हिमाल टेलिभिजनले कार्यक्रमको प्रत्यक्ष प्रशारण http://www.vibble.tv/ मार्फत गर्दैछ । कार्यक्रम सम्प्रेषणमा केहि समय आगाडि कठघरामा पत्रकार नामक सामुदायिक छलफल गरिएको थियो ।

http://whitehimal.tv/sampreshanliv/

Leave a Reply