ए नारन – फलाम तातेको बेलामा घन हान !

falam 1

विजय थापा

भनिन्छ समय र छाल कसैलाई प्रतिक्षा गर्दैन l तातेको फलामलाई सहि समय र उपयुक्त वातावरणमा घन हान्न जान्नु पर्छ l अनि मात्र ईतिहास बन्ने सम्भावना हुन्छ l हामी त्यो गर्न चुक्यौ र त्यलाई नगद गर्न जानिएन भने ठुलो अवसर गुमाउने छौ l

ए नारन ! ए नाराण ! ! एन आर एन !!! हजुर ,एनआरएन अमेरिकाको प्रसंग जोड्न चाहन्छु l ए नारन – फलाम तातेको बेलामा घन हान ! (अंग्रेजी -स्ट्राईक दि आइरन व्हेन इट इज हट )​ ​यसै आलेख मार्फत एनआरएन अमेरिकाका वर्तमान पदाधिकारीहरुलाई खुला पत्र सार्बजनिक गर्दै एक शुभ चिन्तक भएको नाताले संदेश दिने हिम्मत गरेको छु l

लौ सुन ! म भन्छु मेरो राम कहानी “स्व स्वर सम्राट नारायण गोपाल “ले भने जस्तै समयमा हिरा फोड्नु भन्छन lयहाहरुले त्यो गर्नु भएको छ या छैन ? त्यो पृष्ठ पोषण दिने काम सदश्य तथा शुभचिन्तकहरुको काम भएकोले उनीहरुलाई त्यो जिम्मेबार सुम्पन्नु हुने छ भन्ने लागेको छ l

यहाहरुले गर्नु भएको काम ,अमेरिका भर रहेका यस संस्थालाई हृदय देखि नै माया ,सद्भाव र उन्नति भएको हेर्न चाहने नेपाली समुदायले मुल्यांकन गर्ने छन् l नेपालीहरुको प्रभावशाली छाता संगठन गैर आवासीय नेपाली संघले यत्र तत्र छरिएर रहेका सबै नेपालीलाई गोल बद्ध बनाउदै गरेको अवस्था छ l स्थापना काल देखि नै कैयौ हण्डर खादै अनेकौ तगाराहरुलाई पार गर्दै एक मार्गचित्र कोर्न सुरु गरि सकेको अवस्था आई सकेको भान भै रहेको छ l

एनआरएन अमेरिका स्थापना काल देखि नै निक्कै चर्चाको शिखरमा पुग्दै बिगतमा धेरै बिबादको भुमरीमा जकडिएको जग जाहेर छ l प्रारम्भिक चरणमा घर बसाउन र संस्थागत विकास गराउन कठिन हुन्छ l एनआरएनका पूर्व नेतृत्व वर्गले संस्थालाई अगाडी बढाउन प्रयास नगरेको भन्ने कदापी हैन l

सबैको देन आ-आफ्ना ठाउँमा सहि भए पनि गत एक बर्ष देखि नेपाली समुदायमा एनआरएन प्रति देखिएको मोह तथा झुकाबले बिगतका सबै ईतिहासलाई मेटाई दिएको छ l

सर्पले काचुली फेरे जस्तै गत १ बर्ष देखि नया नेतृत्व संगै आमुल परिवर्तनको साथ अग्रगामी दिशामा द्रुत गतिमा कदम चाली रहेको एनआरएन अमेरिका अब रोकिने अवस्था देखिदैन l अब संस्था प्रति लगाब र झुकाब अत्यन्तै श्रद्धाले लिने गरेको पछिल्लो सदस्यता वृद्धिले संस्थाको गरिमा बढेको आफै पुष्टी भएको छ l

अमेरिकामा छाता संगठनको खोजीमा भौतारी रहेका प्रवासी नेपालीले नेपाल सरकार समक्ष आवाज पुर्याउन क्षमता राख्ने र आम नेपालीको प्रतिनिधित्व गर्ने एक मात्र गरिमामय संस्था एनआरएन हो भन्ने विश्वास बढ्दै गएको अवस्थालाई कायम राख्दै अब वर्तमान समितिले सहि समयमा हिरा फोड्नु पर्ने भएको छ l

एनआरएन यहि गतिमा हिड्ने मात्र हो भने अमेरिकामा रहेका सबै संस्थाहरुमा ओझेलमा पर्ने हुन् कि भन्ने अनुमान गर्न थालिएको छ l स्थानीय ,क्षेत्रीय रुपमा रहेका संघ तथा संस्था गाभिने ,अस्तित्वको खतरा तथा बिलिन हुने अवस्था न आउला भन्न सकिदैन l कुनै पनि पदमा ,जो कोहि उम्मेदवार बन्न पाउने बिधान निर्माण गरि दिएकोले अझ थप आकर्षण चुलिएको छ l अन्य संस्थामा अड्चन र रोक लगाई दिएको हुनाले प्रतिभाशाली ब्यक्ति कहिले न आई केवल नाताबाद र कृपाबाद बाट नेतृत्वको चयन हुनाले एनआरएन अमेरिका एउटा उदाहरण बनेको छ l

र ,यो समयलाई फालम तातेको समय भन्नु पर्छ र अझ फलाम तताउने बिबिध खुकुलो अवसर ल्याई दिए अमेरिकामा रहेका नेपालीहरु यो संस्थामा आबद्ध हुन् लालायित हुने छन l फलाम एक बर्ष देखि तात्न सुरु भै सकेको छ l यहि तातेको बेलामा घन हानेको हानै गर्न सकियो भने एनआरएनले बोकेर हिडेको सपना साकार हुने छ नत्र फेरी हामी पुरानो अवस्थामा पुग्न पनि सक्ने छौ l एनआरएन अब पूर्ण रफ्तारमा हिड्ने अवस्थामा छ l यो संस्थामा शिथिलता आउन दिनु हुने छैन भन्ने आम चासोको बिषय बनेको छ l

फलाम तातेको बेलामा घन हान्नु भनेको नै सफलता हासिल गर्ने धेरै अवसरहरु भएकोले समय भित्र गर्नु पर्ने दायित्व गरि हाल्नु पर्छ l त्यो मौका गुम्न दिनु हुदैन भन्ने आसय हो l

हामीले धेरै कुराहरु हाम्रो छिमेकि भारतबाट सिक्ने मौका पाएका छौ l गत बर्ष भारतमा सम्पन्न भएको निर्वाचनको नतिजामा नरेन्द्र मोदी र भर्खर दिल्लीमा भएको निर्वाचनमा अरविन्द केजरीवालले चुनाबमा ल्याएको सुनामी नतिजाले धेरै कुराको संदेश हामी एनआरएन अभियानमा लागेका सम्पूर्णलाई दिन्छ जस्तो लागेको छ l

यस बाट हामी पनि केहि सिक्न सक्छौ ,केजरीवालले के के बिषयमा आवाज उठाएका थिए l किन ५० बर्ष राज गरेको कांग्रेस (आई ) पत्ता साफ भयो l
प्रवासीहरुका मुख्य समस्याका पहिचान गर्ने कस्को उत्तरदायीता हो ? कुन कुराको सम्बोधनले एनआरएन अभियानमा लाग्ने प्रवासी नेपालीहरुको मन छुन्छ l

त्यो कुराको सम्बोधन भएन भने फेरी कांग्रेस(आई) को जस्तो हालत त हुदैन l

वास्तवमा केजरीवाल यान्त्रिक अभियन्ता(मेकानिकल इन्जिनियर) हुन् l कर अधिकृतको जागिर छोडेर देशमा भ्रष्टाचार विरोधी अभियान चलाउने अभियन्ता l र ,पैसाले नुहाउन सक्थे किनभने उनि भारतको आन्तरिक राजस्व बिभागमा काम गर्थे l एसियाको नोबेल मानिने म्यागासेसे पुरस्कार ,टाइम्स अफ इंडिया २०१३ का बर्षका उत्कृस्ट व्यक्ति तथा अमेरिकाबाट प्रकाशित टाइम्स पत्रिका द्वारा बिश्वका १०० अत्यन्तै प्रभावशाली व्यक्तिको सुचिमा परेका केजरीवाल बाट प्रेरणा मिल्न सक्ने छ भन्ने लागेको छ l

उनले आफ्नै हातले हजारौँ सूचना मागे , अनगिन्ती अनियमितताहरू छताछुल्ल पारे ,राजनीतिक भ्रष्टाचारहरूका कालाकर्तुत बाहिर ल्याइ दिए फलस्वरूप ईतिहासको सुनौलो पानामा उनले आफ्नो नाम स्वर्ण अक्षरले लेखाउन सफल भए l

एन आर एन अमेरिकामा पनि त्यस्तो नेतृत्वको लागि हामी परिकल्पना किन नगर्ने ? समय र छाल कसैलाई प्रतिक्षा गर्दैन भन्ने उखानलाई यथार्थमा परिणत गर्नु हाम्रो परम दायित्व भएकोले फलाम तातेको बेलामा कता लाने ? यसलाई कस्तो बनाउने भन्ने सम्पूर्ण अभिभारा वर्तमान समितिमा रहेको छ l

सयौमा मात्र सिमित सदस्यता हजारमा पुगेको छ l हजार बाट १० हजार पुगेको छ l फलाम ताती रहेको छ l अब यो संख्यालाई अझ वृद्धि गर्न तातेको फलामलाई एउटा रुप दिन जरुरी छ l असल नेताको खाचो छ र साथ दिने हातहरु चाहिएको छ l

समय र छाल कसैलाई प्रतिक्षा नगरी तातेको फलामलाई अबिश्राम रुपमा घन हान्ने बेला आएको छ l तातेको फलाम लाई निरन्तर घनले हानेको हानै गरे बिश्वको सबै भन्दा ठुलो सदस्य भएको देश मात्र नभै बिश्वकै नेतृत्व लिने मुलुक एनआरएन अमेरिका बन्ने छ l तातेको फलामलाई घनले हानेको हानै गर्ने नेतृत्व र हातहरुको साथ चाहिएको छ l

आगे यहाँहरुले जान्नु …………………………………………………….

Leave a Reply