खाट्टी देशभक्ति र एक समर्पित समाजसेवी – डा उपेन्द्र महतो !

Dr. Upendra Mahato

सयुक्त राज्य अमेरिकाको टेक्सास राज्यको डालासमा आयोजना गरिएको ३० औ ए एन ए सम्मेलनमा सात समुन्द्रपारीबाट सहभागी हुन् पाल्नु भएका गैर आवासीय सघ( एन आर एन )का संस्थापक तथा संरक्षक डा उपेन्द्र महतोले सम्मेलनमा देखाउनु भएको अद्भूत राष्ट्र प्रेम र अद्वितीय मातृभूमि प्रतिको सद्भाव बिचार अभिव्यक्तिले यो पंक्तिकार कलम चलाउने निश्चय गर्दै केहि शब्द कोर्न चाहन्छ । संयोगबस वहासंग चिनजान र नजदिक हुने सुवर्ण अवसर ए एन ए सम्मेलनले जुरायो । कैयौ पटक अन्तरवार्ता हेर्ने मौका पाएको तर साक्षात्कार हुने त कल्पनामा नै थिएन । मेरो लागि अहोभाग्य ठान्दछु किनभने आफु कलम चलाउने भएको नाताले मेरो ध्यान नै बिचार अभिव्यक्ति प्रति ज्यादा केन्द्रित हुने हुनाले वहाका मुखारबिन्दबाट निस्किएका बिचारहरु मेरो मस्तिस्कले ठम्याए सम्म एकाग्रता साथ सुने र मैले यसरि वहालाई बुझे । वहासंग सिक्नु पर्ने थुप्रे कुराहरु भएता पनि हरेक क्षण र पलमा मातृभूमि नेपाल र नेपालीहरुको सम्मुनतको चाहना राख्ने यस ब्रम्हाण्ड कै नेपाली मूलका कुबेर, बुद्धिजीवी, परम समाजसेवी, ब्यापारी अनि एक होनहार प्रतिभाका धनि र दानबिर -डा उपेन्द्र महतो हुन् भन्नु पर्दा मैले आइतबार कुरी रहनु नपर्ला ।नेपाली समुदाय तथा समाजको लागि डा उपेन्द्र महतोको बारेमा जानकारी गराई रहनु पर्दैन भन्ने मेरो किटान छ किनभने यी ब्यक्तिले नेपाल आमा र नेपाली समुदायलाई यति ठुलो पुन्य कार्य गरेका छन् कि त्यो त युगौ युग सम्म पनि कुनै पनि बिबेकशिल प्राणीले कदापी भुल्न सक्दैन । समाज सेवाको उपल्लो अनुकरणीय उदाहरण हुन् डा महतो ।

वहा अन्तररास्ट्रिय व्यक्तित्व हुनु हुन्छ तर हामी नेपाली मूलका नेपाली भएको हुनाले हामी वहालाई हाम्रो गौरब भनि गर्व गर्दछौ । हामीसंगै नजिक हुनु हुन्छ भन्ने आस्था र विश्वास गर्दछौ । हो, वहाका यस्ता कैयौ गुण र विशेषताले गर्दा यो पंक्तिकार सोहि मिति देखि एक प्रशंसक हुन् बाध्य भयो कारण बिचार र भावना अभिव्यक्तिले आकर्षण गरायो । मैले वहाको अभिव्यक्ति शैलीमा बाराक ओबामाले जस्तै प्रसंग बीच रोचक उखान टुक्का आदि ईत्यादी सन्दर्भ ल्याउदै गहन बिचार पस्कने कलाले श्रोतालाई एकाग्रता साथ बिचार श्रवण गर्न मोहित गर्ने बिशेष गुणलाई प्रसंशा नगरी रहन सकिदैन ।

ए एन ए सम्मेलन वहाको आगमनको पुर्व जानकारी पश्च्यात सम्मेलनको मर्यादा र चहल पहल निकै बढ्यो । नया कुरा र बिचार सम्प्रेषण हुने समुदायले अपेक्षा राख्नु स्वाभाविक हुन्छ त्यो आशा त्यसै तुहिएन । उक्त सम्मेलनको मुख्य केन्द्र बिन्दु नै महतो रहनु भयो भन्दा अतिसयोक्ति नहोला । कार्यक्रममा भ्याई न भ्याई रहयो । अधिकांश कार्यक्रममा वहा विशिष्ट अतिथिको भूमिका निर्वाह गर्नु भयो र सबैलाई समय व्यवस्थापन गर्न सफल हुनु भयो । सहभागी पनि बढ्यो ।हरेक सम्बोधन र अभिव्यक्तिमा मैले वहा जस्तो मात्री भूमि प्रति सच्चा हृदयबाट प्रेम गर्ने र देश बने हामी सबैको भलाई र सबैको ईज्जत बढ्ने आदी ईत्यादीको बिचार अभिव्यक्तिले अधिकांस प्रभावित भए र आफु पनि निकै भावनात्मक भए । वहाको बाणीले धेरैको हृदय छोएको हुनु पर्दछ भन्ने लागेको छ । मुलुक प्रति केहि जिम्मेबार रहेछ र हामी सबैले नेपाल आमालाई सहयोग गर्नु पर्ने दायित्व बिर्सनु नहुने कुरा कन्ठै भयो । वहा जस्तो राष्ट्र प्रेम र मातृभूमि प्रतिको जिम्मेबार भएको व्यक्तित्व मैले परदेशमा कमै देखेको छु र पाउछु हुन त परदेशमा व्यक्ति ज्यादा राष्ट्र प्रेमबाट ज्यादा ओतप्रोत हुन्छन । परदेशमा कमाएको केहि अंश आफ्नो मात्री भूमिमा लगानी गर्नु पर्छ र हाम्रा भावी सन्तानले सदैब हामीलाई सस्मरण गर्ने छ भन्ने अमृत बाणीले उपस्थित सबै उत्प्रेरित भए होलान भन्ने मेरो विचार रहेको छ ।

सरल र सदा जीवन रुचाउने अनि नेपाल आमा प्रति चिन्तित यी जस्ता बिशाल हृदय भएका एक खाट्टी देश प्रेमी र समाज सेवी सबैका प्रेरणाका श्रोत हुन् । राष्ट्रियता, भाषा, सस्कृति र संस्कारको सम्बर्धन र प्रबर्धन गर्न सदैब तल्लिन सदैब नेपाली रास्ट्रिय भाषा बोल्न रुचाउनु हुने यी होनहार व्यक्तित्वको गरिमा अझ उच्च भएको छ । यस्ता राष्ट्रका सच्चा सपुत र सन्तान नेपाल आमाले सदैब जन्माई रहनु पर्छ ।यस्ता अद्वितीय समाजसेवीले लिएको महान संकल्प र सपना साकार होस् यहि हाम्रो शुभकामना ! समयले जुरायो भने यस्ता व्यक्तित्वसंग पुन :भेटघाट हुने नै छ भन्ने बिस्वासको साथ पूर्ण बिराम !

विजय थापा

हाल भर्जिनिया,

सयुक्त राज्य अमेरिका

» Dr. Upendra Mahato – TexasNepal Personality of the Month for June 2010

Leave a Reply