ठुलिको लागि नायक जीवन लुइँटेल अमेरिकामा

jiwan 1
विजय थापा
पौष ,२७ डिसी

नायक जीवन लुइँटेल नेपाली चलचित्र ठुलिको प्रदर्शनको लागि अमेरिकामा आई पुगेका छन् l र , उनि आई पुगेको मौसममा अमेरिका भर हिउले जताततै ढाकेको छ l

र , नेपाली चलचित्रका नायकहरुमा बोल्न सिपालु मानिने लुइँटेलले “कतै हिममा त कतै पातमा, म छु यहाँ तपाईको साथमा भन्दै भ्रमण गर्ने क्रम मै कविता लेख्न भ्याए l

चलचित्र ठुलिको प्रदर्शन गर्न अमेरिकाका विभिन्न राज्य तथा शहरहरुको भ्रमणमा निस्केका छन् l त्यसो त ,उनको साथमा चलचित्र ठुली कि निर्माता पुष्कर पन्त पनि छन् l

चलचित्र ठुलीलाई नेपाली समुदायले मन पराई दिनु हुनेछ भन्ने विश्वास गर्दै आफ्ना प्रशंसक र चलचित्र प्रेमी दर्शकहरुसंग आफु संगै बसेर हेर्ने बताए l व्यस्त समयको बाबजुद पनि नेपाली चलचित्र हेर्न दर्शक आउनु भनेको नै नेपाली चलचित्रलाई सम्मान गर्नु हो भन्दै हामी कलाकारले यहि चाहन्छौ भन्दै अमेरिकाका नेपाली समुदायको प्रशंसा गरे l

jiwan 2

म दर्शकहरुको प्रतिक्रिया पनि सुन्छु l कलाकार भएको नाताले सल्लाह र सुझाब ग्रहण गर्न सके अझ कलाकारिता माझिने हुन्छ भन्दै कम्तिमा ५ वटा जति शहरमा ठुली प्रदर्शन गर्ने योजना रहेको बताए l

गत बर्ष सेप्टेम्बर ७ ,२०१४ मा डिसीमा ठुली प्रदर्शन हुदा नायक लुइँटेल छोटो समयको लागि अमेरिकाको भ्रमणमा आएका थिए l उनको दोश्रो पटक अमेरिकाको भ्रमण हो l

नायक जीवन लुइँटेलले ठठयौली गर्दै गत बर्ष भारतका प्रधान मन्त्रि नरेन्द्र मोदी पनि नेपालको भ्रमण छोट्याएर स्वदेश ३ दिन मा फर्केको जस्तै मेरो पनि गत बर्ष ३ दिन मात्र अमेरिकाको बसाई भएको भन्दै यसपाली करिब डेढ महिना जति अमेरिकाको बसाई रहने बताए l

लुइँटेलले भने अमेरिकामा पनि नेपाली चलचित्र हेर्नेको संख्या बढ्दै गएकोले छ l र ,नेपाली चलचित्र अन्तर्राष्ट्रिय स्तर सम्म पुर्याउने प्रयास जारि रहेको बताउदै चलचित्र ठुली मनको चलचित्र हो भनि बुझी दिनु हुन चलचित्र प्रेमीलाई आग्रह रहने बताए l

कथानक चलचित्र ‘ठुली’ नेपाल अधिराज्यभर हरितालिका तीजको दिन गत भाद्र ६ गते प्रदर्शन भएको थियो l एभरेष्ट कला यात्रा चलचित्रको झन्डामा पुस्कर पन्तले निर्माण गरिरहेको फिल्मको कार्यकारी निर्माता सुनिल बस्नेत हुन् । चलचित्रमा नायक जीवन लुइटेल, नायिका गरिमा पन्त, कन्चन ठकुरी, निला बस्नेत, बिसाल पहाडी लगायतको मुख्य अभिनय रहेको छ ।

अमेरिकाको बसाईमा ठुली चलचित्रलाई समय दिने छु l र ,नेपाल फर्के पछि नया चलचित्र धुनमा समय खर्च गरिने भन्दै उक्त चलचित्र आउदो चैत ६ गते देशभर प्रदर्शन गरिने नायक जीवन लुइँटेलले जानकारी दिए l

Leave a Reply