डिसीमा एनआरएन अमेरिकासंग चिरफार कार्यक्रम

nrn dc 077

माघ ४ ,डिसी
विजय थापा

अमेरिकाको सदस्यता व्यापक वृद्धि गर्ने अभियानलाई होस्टेमा हैसे गर्ने उद्देश्यले ह्वाईट हिमाल टेलिभिजनको साप्ताहिक कार्यक्रमले त्यहि बिषयको सेरोफेरोमा गैर आवासीय नेपाली संघका वर्तमान गतिबिधिका बारेमा सुचना र संचार सम्प्रेषण गर्ने उद्देश्यले सामुदायिक चिरफार कार्यक्रम भब्यताको साथ सम्पन्न गरेको छ l

गत बर्ष गैर आवासीय नेपाली संघ अमेरिकाको निर्वाचनमा बिजयी भएका कार्यकारी समितिले गरेका चुनावी प्रतिबद्धता तथा कुन दिशामा हामी अघि बढी रहेको छौ भन्ने मूल बिषय वस्तुमा केन्द्रित रही डिसी महानगर क्षेत्रमा उक्त कार्यक्रम तय गरिएको हो l

l एनआरएन युएसएले नौ महिनाको दौरानमा के के उपलब्धि हासिल गर्यो र कहाँ चुक्न गयो ? के के गरि रहेको छ ? उम्मेद्वारहरुले चुनावी दौडमा के के प्रतिबद्धता गरेका थिए र उम्मेद्वारहरुको प्रतिबद्धता के चुनावी नारामा मात्र सिमित हुन् पुग्यो कि ? यिनै सेरोफेरोमा रही तिखो सवाल जवाफमा केन्द्रित उक्त कार्यक्रमको माहौल निकै तात्न पुग्यो l

nrn dc 050

उक्त कार्यक्रममा संघ तथा संस्थाका प्रतिनिधिहरुले शुभकामना मन्तब्य राखेका थिए l अमेरिकाको भ्रमणमा रहेका राप्रपा नेपालका केन्द्रिय सदस्य राजेन्द्र लिंग्देलले मानिसमा ज्यादा खोज्ने प्रवृति हुनाले हामी सपनाको संसार अमेरिका आउन चाहना राख्छौ भने l

गैर आवासीय नेपाली संघको बारेमा राप्रपा नेपाल मात्र यस्तो दल हो जसले आफ्नो चुनावी घोषणा पत्रमा प्रवासी नेपालीको हक र हित लागि ३ वटा अवधारणा स्पस्ट राखेको संस्मरण गराउदै तीन ३ बुदे अवधारणमा पहिलो ,गैर आवासीय नेपालीलाई नागरिकताको प्रमाण पत्र तथा राहदानी उपलब्ध गराउने ,दोश्रो कारोबार ,आवगमन ,उद्योग ब्यापारमा सहजता उपलब्ध गराउने ,तेश्रो दुनियाको जुनै पनि ठाउँमा गैर आवासीय नेपाली बसे पनि मतदानको अधिकार दिन पाउनु पर्ने कुरा रहेको स्पस्ट रहेको बताए l

प्रवाशी नेपाली मंचका महासचिब प्रभु राम थापाले हामी विदेशमा पनि एकत्रित छैनौ भन्दै अबको नेतृत्व एनआरएनले लिनु पर्ने सुझाब राख्दै एनआरएन जाती ,धर्म ,दल तथा कुनै वर्गको नहोस भन्दै स्वतन्त्र हिड्न सकोस भनि सुझाब राखे l

मन्तब्य कै क्रममा युवा पिढिको प्रतिनिधित्व गर्दै १४ बर्षिय लोकेश तिवारीले म अमेरिकामा जन्मेको हु तर आफुलाई तिमि कहाँ बाट हौ भन्ने प्रश्न कसैले गर्दा म नेपालबाट हु l र ,म नेपाली हु भन्दा गर्व लाग्ने कुराको उल्लेख गदै म एनआरएन को शुभ चिन्तक हु भनि बताए l

nrn dc 001

मन्तब्य दिने क्रममा गत बर्ष म्यारिल्याण्डबाट अमेरिकी सभासदको लागि उम्मेदवारी दिएका एच बि भण्डारीले कोहि व्यक्ति खुशीको लागि बाच्न चाहन्छन भने कोहि बिशेष अर्थको लागि बाच्न चाहन्छन भन्ने कुरा राखे l

बानाका सभापति विजय श्रेष्ठ ,जन सम्पर्क समितिको तर्फबाट नारायण थापा ,लाउडन काउन्टी डेमोक्राटिक पार्टीका जिल्ला सभापति हरि शर्मा ,एन ईसीसीका सभापति खिलेन्द्र न्यौपाने ,उपाधक्ष्य श्री पराजुली तथा अन्य अतिथिहरुले मन्तब्य राखेका थिए l

उक्त कार्यक्रममा एन आरएन अमेरिकाको बिधान संसोधन बिषयमा अधिवक्ता दुर्गा भुर्तेल तथा अधिवक्ता बिनोद रोकाले जानकारी गराएका थिए l

गत बर्ष निर्वाचनमा भएको तितो अनुभव प्रति व्यंगात्मक शैलीमा बैमानीको कुनै ओखति हुदैन भन्दै यदि निर्वाचन नेपालको जस्तो खोज्ने र गर्ने हो भने नेपाल नै जान सल्लाह दिएका थिए l

निर्वाचन समितिले दिएको कुरालाई अनुगमन गर्नु पर्छ भन्दै निर्वाचन सम्बन्धि बिषयलाई अनुहार किताबबाट उजुरी गरिएको कुरा मान्ने छैनौ भन्दै आरोप लगाउन बन्द गरौ भन्ने सुझाब दिएका थिए l

nrn dc 081

र ,महिलाको प्रतिनिधित्व गर्दै बोस्टनबाट आएकी महिला सामाजिक कार्यकर्ता बिष्णु माया परियारले एनआरएनमा महिला प्रतिनिधि हुनु पर्ने खाचो देखिएको महिलाहरुको बारेमा वकालत गरिएता पनि ब्यबहारमा पक्षपात हुने गरेको बताईन l

मन्तब्यकै क्रममा महासचिब कृष्ण पोख्रेलले हिजो बन्द कोठाबाट रहेको एनआरएन आज यो अवस्थामा झाँगिएको चर्चा गरे भने घोषणा पत्रमा गरिएका प्रतिबद्धता सबै हुन् नसकेको स्वीकार गरे l

यसै गरि बोस्टनबाट आएका बि आर लामा जो गत बर्ष उम्मेदवार थिए उनले जग नै नबसाई धुरी बनाउने काम नगर्न ध्यानाकर्षण गर्दै एनआर एनमा किन सदस्यता लिने भन्ने कुराको शिक्षा दिन सक्नु भएन भनि आरोप लगाए l यसै गरि गत साल निर्वाचनमा उम्मेदवारी दिएका सुर्य लम्सालले सदस्यता वृद्धि ,बिधान तथा एन आर एन को भबिष्य सम्बन्धमा स्पस्ट कुरा राख्दै वर्तमान समिति अल्मलिएको बताए l

वरिस्ठ उपाधक्ष्य लोकनाथ तिवारीले मन्तब्य राख्दै संघ संस्था भनेका बगैचा हुन् भन्दै आगामी मार्च २१ र २२ तारिखमा साधारण सभा हुने जानकारी गराए l

महिला सामाजीक कार्यकर्ता बिष्णु कुमारी थापाले एनआर एन ले गत जुलाई ६ तारिख एएन ए ३२ औ सम्मेलनमा आफ्नो कार्यक्रम जुधाएको प्रसंग उठाएकी थिइन् भने साहित्यकार बासु श्रेष्ठले एन आर एन को परिचय पत्रको शुल्क $ ५००.डलर महंगो भएकोले औलाएका थिए l

यसै गरि विश्व बन्धु प्रसाईले मुलुकमा माघ ८ गते संबिधान जारी हुने गम्भीर बिषयमा एन आर एनले एउटा पनि दबाब सिर्जना गर्न बिज्ञप्ति पनि निकाल्न नसकेकोमा दुख व्यक्त गर्दै एन आर एनमा प्रवेश गर्न राजनीतिक दलको सदस्यता त्यागेर आउनु पर्ने सुझाब राखे l

आगामी एन आर एनका लागि महा सचिवका उम्मेदवार प्रशन्न संग्रौलाले बिधान संसोधन सम्बन्धि कुरा उठाउदै आफ्नो दुई वटा प्रश्न हुदा हुदै आफुलाई अर्को प्रश्न गर्न नदिएको दुख व्यक्त गरे

सम्प्रेषणले आगामी दिनमा आफ्ना चिनेका मान्छेलाई मात्र प्रश्न गर्न दिने परिपाटी गर्न नहुने सुझाब राखे भने सम्प्रेषणका संचालक शैलेश श्रेष्ठले यसमा हामी गम्भीर छौ भनि उत्तर दिएका थिए l

कार्यक्रमको दोश्रो चरणमा निक्कै पेचिला ,व्यंगात्मक ,सिधा सवालको जवाफ सभापति खगेन्द्र जी सी तथा अन्य पदाधिकारीले दिएका थिए l

उक्त कार्यक्रमको लागि डिसी महानगर क्षेत्र भन्दा ज्यादा अन्य राज्यहरुबाट संचार कर्मी तथा विभिन्न संघ तथा संस्थाका प्रतिनिधित्वहरुको सहभागिता रहेको थियो l

सभापति खगेन्द्र जिसीले आफु संस्था संग पूर्ण सन्तुस्ट प्राप्त भएको भन्दै गरेका काम तथा हुदै गरेका कामहरुको बारेमा जानकारी गराएका थिए l संचार कर्मी सूर्य थापाले औपचारिक कार्यक्रम तथा शैलेश श्रेष्ठले सम्प्रेषण कार्यक्रम संचालन गरेका थिए l

Leave a Reply