डिसीमा एनआरएन भवन निर्माण हेतु ७० लाख मुद्रा संकलन 

nrn 2
 
भाद्र ७ ,भर्जिनिया 
विजय थापा 
 
भाषण गर्दा गर्दा म थाकेको छु र मलाई भाषण गर्न आउदैन भन्दै अमेरिकाको भ्रमणमा रहेका गैर आवासीय नेपाली संघका अधक्ष्य शेष घलेले डिसी महानगर क्षेत्रमा राखेको अभिव्यक्ति संगै नेपालमा एन आर एन भवन निर्माण हेतु एक रात्री भोजमा डिसी बासिले सत्तरी हजार डलर(करिब ७० लाख नेपाली मुद्रा) संकलन गरि अमेरिकाका बिभिन्न राज्यहरुमा उठाइएको चन्दा संकलन भन्दा ज्यादा संकलन गर्न ऐतिहासिक सफलता प्राप्त गरेको छ l
 
डिसीमहानगर क्षेत्रबाट संकलित उक्त रुपैया ७० हजार डलर बन्न पुगेको र डिसी बासीहरुले स्वत फुर्त रुपमा देखाएको चमत्कार प्रति हर्षित हुदै धन्यबाद दिएका थिए l अधक्ष्य घलेले म हिड्दा हिडदा निक्कै भावुक भएको छु भन्दै आफुले रचेको महत्वपूर्ण संदेश सुनाएका थिए l आफुले जिम्मा लिएको अभिभारा प्रति म कर्तब्य निष्ठा छु भन्दै म सेवाको लागि २४ सै घण्टा तयार रहेको बताउदै सबैबाट नैतिक समर्थन आफुले अपेक्षा गरेको बताए l अधक्ष्य घलेले भवन वास्तु शास्त्र अनुसार बनाईने बताए l
 
महा बाणिज्य दुत प्रेम राजा महतले एनआरएन का अधक्ष्य शेष घलेलाई आफ्नो बाल्टिमोर निवासमा गरेको निमन्त्रणा तथा समुदाय सदस्यहरुको भेटघाटमा सहभागी भएका बाल्टिमोरका प्रेम कुमार श्रेष्ठले डिसी महानगर क्षेत्रबाट ५० हजार उठाउनु पर्ने भन्दै यदि त्यति रकम उठाउन सकिएन भने त्यो ५० हजार एक सय बनाउने मेरो जिम्मेबारी हो भनि प्रतिबद्धता जाहेर गरेका थिए l
 
उनको त्यो प्रतिज्ञा र प्रतिबद्धता अनुसार डिसी महानगर क्षेत्रबाट सबै भन्दा ज्यादा चन्दा एन आर एन भवन निर्माण लाई दिदै कुल डिसी महानगर क्षेत्रबाट ७० लाख लगभग नेपाली रकम हुन् पुगेको छ l
 
महा बाणिज्य दुत प्रेम राजा महतले प्रेम कुमार श्रेष्ठलाई बिसेष धन्यबाद दिएका थिए भने अमेरिकाका लागि कार्यबाहक राजदुत ऋषि राम घिमिरे एनआरएन को एक पटकको नेपाली सधैको लागि नेपाली भन्ने नारा असल लागेको उल्लेख गर्दै अधक्ष्यले लिनु भएको अभियान सराहना गर्नु गर्दै शुभ कामना दिएका थिए l
 
गैर आवसीय नेपाली सघ अन्तरराष्ट्रिय समन्वय परिषद अमेरिकाका लागि सल्लाहकार रामचन्द्र खरेलले शेष घलेको परिचय दिएका थिए भने एनआरएन अमेरिकाका महा सचिब कृष्ण पोखरेलले एन आर एन अभियान बारे जानकारी दिदै तथा नेपाली बन्न पाउने अधिकारलाई आवाज पुर्याउने बारेमा कुरा राखेका थिए l वरिस्ठ उपाधक्ष्य लोकनाथ तिवारीले मैले नगरे कसले गर्ने ,अहिले नगरे कहिले गर्ने भन्दै आफ्नो भवन निर्माण हेतु सहयोग गर्नु पर्ने कुरामा जोड दिएका थिए l  प्रश्न उत्तर कार्यक्रम पनि राखिएको थियो l अमेरिकामा अब एन आर एन अमेरिका शशक्त हुदै गएको संदेश दिएको छ भने अमेरिका भर रहेका २ लाख भन्दा ज्यादा नेपालीहरुले अब स्वत फुर्त रुपमा एन आर एनको सदस्य बन्न चाहन राख्ने र यो क्रम बढ्ने सहभागिताले देखाएको छ भनि एन आर एन अमेरिकाका वरिस्ठ उपाधक्ष्य लोकनाथ तिवारी बताउछन l

 

 nrn 4

Leave a Reply