तुच्छ समाज सेवी बन्न हुन्न

bijay 2

जो पनि समाज सेवी बन्न चाहन्छन l समाज सेवी बन्न कल्पना गरेको भन्दा फरक हुन्छ l र ,हिजो आज समाज सेवीहरुलाई सस्तो भाउ लगाईन्छ l सस्तो या तुच्छ समाज सेवी बन्न चाहनु हुन्छ ? यो यहाहरु कै हातमा छ l समाज सेवी समुदायले बनाई दिन्छ l सम्बोधन गरि दिदा समाज सेवा गर्ने व्यक्तिले नाक फुलाउनु हुदैन l

समाज सेवी भन्ने बितिकै कुनै पनि राष्ट्रको समाज तथा समुदायमा निस्वार्थ रुपमा सेवा गर्नुलाई बुझिने गरिन्छ l समाज सेवा बिश्वको सबै भन्दा पुन्य काम हुन्छ l हाम्रो धर्मले सेवाको बिभिन्न तारिकाले ब्याख्या गरेको छ l सोझै भन्ने हो भने समाज सेवा गर्ने व्यक्तिलाई समाज सेवी भनिन्छ l खाटी समाज सेवी को हो त ?

कसले समाज सेवी बनाउने हो ? कि आफै समाज सेवी भन्ने ? समाज सेवीको पाठशाला छ कि ? हामीले समुदायमा प्रसस्त समाज सेवी संग भेटेका छौ l

वास्तवमा के तिनीहरु सबै समाज सेवीको दायरामा पर्दछन या समाज सेवीको बिल्ला राख्नको लागि साच्चिकै हुन् त ? समाज सेवा भनेको परोपकार हो l बिश्व भर समाज सेवाका अनगिन्ती संघ तथा संस्थाहरु उम्रेका छन् र समाज सेवी पनि त्यतिकै ?

बिश्वमा प्रख्यात समाज सेवि जन्मेका छन् l बिश्व भर नाम कमाएका छन् l तन,मन र धनले समाज प्रति भिजेका छन् l र ,यिनीहरु राष्ट्रका बिभुति कहलिन्छन l समाज सेवा मानवतासंग सम्बन्धित हुन्छ र मानवता प्रति देखाएको श्रद्धा नै समाज सेवा हुन् जान्छ l

समाज सेवी सगरमाथा भन्दा पर क्षितिजमा हुन्छन l समाज सेवाको भित्र स्वार्थ लुकेको हुनु हुदैन l समाज सेवीको हृदय हात्तिको कान भन्दा बृहत हुनु पर्छ l पूर्ण स्वार्थ रहित र सेवामा ओतप्रोत हुने स्वभाव भएको हुनु पर्छ l

समाज सेवा ठग्न गरिदैन र नियत खराब हुने समाज सेविले ब्रम्ह लूट गरेका सुन्छौ l समाज सेविको नामबाट गलत क्रियाकलाव पनि नभएका हैनन l

समाज सेविको चरित्र तथा दरिद्र मानसिकताबाट समाज सेवामा कालो धब्बा लाग्ने बढी सम्भावना हुन्छ l र ,समाज सेवा गर्ने संस्थाहरु गनाउने भएका छन् l आजकल अमेरिकामा जताततै समाज सेवी देख्न पाईन्छ l सबै समाज सेवी भै दिए स्वयम् सेवक र कार्यकर्ताको खडेरी लाग्ने सम्भावना हुन्छ l

को हो त सक्कली समाज सेवी ? अनुसन्धान गर्नु पर्ने हुन्छ l मैले समाज सेवीको सच्चा अर्थ नबुझेको हो कि ? सबैलाई समाज सेवीले सम्बोधन गरे भने बिना स्वार्थ लागेका समाजमा केही गरु भन्ने पवित्र सोचले समाज सेवामा होमिएका व्यक्तिहरु कतै त ओझेलमा पर्ने हो कि भन्ने आशंका लागेको छ l यसै हो भने भोलि मदर टेरेसा पनि फिक्का हुने हुन् कि भन्ने आशंखा लाग्नु स्वभाबिक हुन्छ l

अमेरिकाका पुर्व राष्ट्रपति बिल क्लिन्टनले गैर मुनाफा सामाजिक संस्था चलाएका छन् l उनलाई समाज सेवी भन्दा राष्ट्रपति भनेर सम्बोधन गरिन्छ l तर नेपाली समुदायमा एउटा कुनै व्यक्ति सामाजिक संस्थामा आबद्ध छ भने आफैले समाज सेवी लेखेको ज्यादा देखिन्छ l समुदायले समाज सेवीको नाम द्वारा सम्बोधन गरि दियोस भन्ने चाहना राख्दछन l

अब कुरा आउछ ,यिनीहरु समाज सेवी हुन् या स्वयम् सेवक ? समाज सेवीलाई सस्तो बनाउनु हुदैन भन्ने मान्यता हो l र ,आफै तुच्छ समाज सेवी किन बन्ने ? समाज सेवी जन्माउने कुनै निकाय पनि छैन l केवल समुदायले नै सम्मान गरि समाज सेवी भनि दिन्छ र उ समाज सेवी कहलिन्छ l कति काम गर्यो भने समाज सेवी बनिन्छ या माप दण्ड के हो त ? जवाफ हामी संग छ त ?

समाज सेवा र स्वयम् सेवकमा फरक हुन्छ त्यसैले बिना सर्त आफु खुसीले समाजको लागि काम गर्दछ भने उ समाज सेवी हुदैन उ केवल स्वयम् सेवी मात्र बन्दछ l

समाज सेवी बन्नलाई रहर गरेर हुने कुरा हैन l त्यसको लागि ठुलो योगदान चाहिन्छ l त्याग ,तपस्या र समर्पण ,धैर्यताले समाज सेवी बनिन्छ l

समाज सेवी भनेर आफुलाई प्रस्तुत गर्नु भन्दा स्वयम् सेवक भन्दा समाजले अझ सम्मान गर्ने छन् l जो समाज सेवामा निस्वार्थ तल्लिन छन् उनीहरुलाई कुनै सम्मान चाहिदैन l तर सिन्को नभाच्ने तर कहिले कही स्वयम् सेवकको रुपमा काम गर्ने कार्यकर्ताले समाज सेवी भनि सम्मान खोज्नु चाही अन्याय हुन्छ l

बिशुद्ध समाज सेवीलाई सम्मान गर्न सिक्नु पर्छ l अरु द्वारा सम्बोधित समाज सेवीको सम्मान हुन्छ l केवल नामको लागि मात्र समाज सेवी भन्न खोजिन्छ भने समुदायले अस्विकार गर्न जान्नु पर्छ l समाज सेविको सहि अर्थ लगाउन जान्नु पर्छ l
स्थापित समाज सेवी बन्ने या अस्थाई समाज सेवी बन्ने ? यो हाम्रो हातको कुरा हो l

व्यक्ति या समुदायले समाज सेवीको अर्थ लगाउन जान्नु पर्छ l र ,स्वयम् आफैले समाज सेवी भन्न रुचाउनेलाई बहिस्कार गर्न जान्नु पर्छ l समाज सेवीलाई सस्तो लोकप्रियताबाट पृथक बनाउनु पर्छ र तुच्छ समाज सेवी कदापी बन्नु हुन्न l

आफु भित्र निहित चेतनाको दैलो खोल्दै स्वयम् सेवक या समाज सेवीको नाम छनौट गर्न जान्नु पर्छ l

—————————————-अस्तु

विजय

Leave a Reply