न्युजर्सीका नेपाली तथा भारतीय चिकित्सकहरुले भूकम्प पिडितको लागि ५० हजार डलर संकलन

11652141_10153062370081553_735020417_n

विजय थापा ,वाशिंगटन डिसी

नेपालको भूकम्प पिडितहरुका लागि अमेरिकाको न्यु जर्सी राज्यमा रहेका नेपाली अमेरिकन तथा भारतीय अमेरिकन चिकित्सकहरुले सयुक्त रुपमा ५० हजार डलर उठाएका छन् l

न्यु जर्सीमा रहेको अमेरिकन नेपाल मेडिकल फाउनडेसनको पहल तथा इन्डियन अमेरिकन मेडिकल एसोसिएसनको आयोजनामा भएको कार्यक्रममा उक्त रकम उठाईएको छ l

उक्त संकलन गरिएको रकम नेपाली मुलका चिकित्सकहरुले नेपाल आफै गएर खर्च गर्ने बताएका छन् l इन्डियन अमेरिकन मेडिकल एसोसिएसनलाई बंगली सांस्कृतिक समाज तथा अन्य संगठनहरु संग सयुक्त रुपमा मिलेर आर्थिक संकलन गरेको बताएका छन l भूकम्प पिडितहरुका लागि नेपाली तथा भारतीय सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ​l​

Leave a Reply