न्यूयोर्कको ह्वाईट हिमाल ईन्कले भुकम्प प्रभावित एक गाउंको पुन निर्माण गरिदिने

logo

न्युयोर्क, अमेरिकाको न्युयोर्कमा रहेको ह्वाईट हिमाल ईन्टरटेण्टमेण्ट ईन्कले नेपालको भुकम्पबाट प्रभावित एक गाउंको पुन निर्माण गरिदिने घोषणा गरेको छ । ह्वाईट हिमाल टेलिभिजन र ह्वाईट हिमाल नेटवर्कको सन्चालक संस्था रहेको ह्वाईट हिमाल ईन्टरटेण्टमेण्ट ईन्कले एक बिज्ञप्ती जारी गर्दै नेपालको महाभुकम्पबाट आफुहरु अत्यन्तै सतब्ध भएको जनाउंदै भुकम्पबाट प्रभावित कुनै एक गाउंको पुन निर्माण गरिदिने घोषणा गरेको हो ।

संस्थाका अध्यक्ष शान खड्काका अनुसार आफुहरुले नेपालको महाभुकम्पबाट अत्यन्तै प्रभावित कुनै एक गाउंका लागि तत्कालिन र दिर्घकालिन गरि पुन निर्माण गरिदिन लागेको बताउनुभयो । महाभुकम्पबाट नेपालमा धेरै गाउंहरु प्रभावित भएको भए पनि आफुहरुले सकेसम्म बढि प्रभावित गाउं छानेर पुन निर्माण गर्ने योजना अगाडि सारेको अध्यक्ष खड्काले बताउनुभयो ।

ह्वाईट हिमाल ईन्टरटेण्टमेण्ट ईन्कले नेपाल सरकार र अन्य निकायहरुसंग समन्वय गरि अत्यन्तै प्रभावित र कम राहत पुगेको गाउं छनौट गरेर पुन निर्माण गर्ने जनाएको छ । ह्वाईट हिमालले सन् २०११ देखि न्यूयोर्कबाट चौबिसै घण्टा सन्चालन हुने ह्वाईट हिमाल टेलिभिजनको शुरु गरेको हो भने सन् २०१४ देखि बिभिन्न नेपाली च्यानलहरु सहितको ह्वाईट हिमाल नेटवर्कको सन्चालन गरेको हो ।

Leave a Reply