पम्फा देखी पबी सम्मको यात्रामा चेली

उसको नाम पबी हो । कुनै बिकसित देशको कलेजमा पढ्न नाम दर्ता गरेकी छ । काम नगरि पढ्न नसक्नु उस्को बाध्यता हो । त्यसैले एउटा ग्यास स्टेसनमा क्याशिएरको काम गर्छे । उस्को हाउभाउ र चाल्चलन हेर्न लायककै छ । लज्जा नारिको गहना हो भन्ने नेपाली उखान उस्ले बिर्सिसकी । जो सँग पनि मस्किएर बोल्नु उस्को बानी मात्र होइन बाध्यता पनि हो किनकी साहुले सबै ग्राहक सँग हासेर बोल्नु पर्ने नियम नै बनाइदियको छ । तर पबी त्यो भन्दा पनि उदार छे । राम्रो सँग नमिलेका दात ङिच्च देखाउन उस्लाई खोइ किन हो अती मन पर्छ । अली खाइलाग्दो त्यस माथि अस्वेत युबक देखी भने त उस्को चेहरा नै अर्कै हुन्छ । धपक्क बल्छ उस्को अनुहार । उत्ताउली हुँदै कती सँग त अङ्कमाल गर्नै बाहिरै आइपुग्छे । कती ग्राहक त “पबी” कै लागि लामै यात्रा गरेर आइपुग्छन् । समग्रमा उ हसिली, फरासिली र नेपाली सन्स्कार अनुसार उत्ताउली छ । बाँकी फेरी भनौला एक्छिन उ को हो चिनौ । उस्को पृष्‍ठभुमी बारे कुरा गरौ ।

ढुङ्गाले छाएको घर अनी त्यस्को अघिल्तिर खरले छाएको गोठ छ । गोठ्मा दुई वटा भैंसी र दुई वटा पाडी छन् । सोत्तर नहालेर भैंसी गोबरको हिलोमा गडेका छन् । घास खान नपाएर भैंसीको पेट सारङ्गी झै खोक्रो र दुब्लाएर पछील्लो हड्डिमा ठेकी झुन्ड्याउन मिल्ने जस्तै भएका छन् । ति प्राणिहरुको सुसारे भनौ गोठाल्नी पम्फा हो । उस्को उमेर १३ बर्ष छ । कक्षा आठमा पढ्छे । पढाईमा त्यो तेज होइन तर डमी पनि छैन । काम सँग सँगै मिहिनेत गरेर पढ्छे । घरको सबै काम उस्ले नै गर्नु पर्छ । उस्का बाबु प्राय बिरामी परीरहन्छन् । त्यसैले घरको व्यबहार आमाले चलाऊछिन् । पम्फा बिहान सबेरै ५ बजे उठिसक्छे । पहाडको चिसो सिरेटोमा र मिर्मेरे उज्यालोमा पधेरोमा पानी लिन जान्छे । त्यस्पछी घर बढार्नु, गोबर फाल्नु, भैंसीलाई घास हाल्नु, घर लिपपोत गर्नु, घरमा सबैलाई चिया पकाएर खुवाउनु उस्को नित्य दिन्चर्या हो ।

गाउले र पहाडी जिबन सैली अली कठोर हुन्छ । उकाली ओराली र घास दाउरा गर्दा मान्छे थकित मात्र होइन स्वस्थ पनि हुन्छ । काम गर्दा र स्कुल जादा गरी लगाउने उस्को दुई जोड लुगा छन् । बस् त्यत्ती हो । जाडो हुनाले नुहाउन उस्लाई डर लाग्छ । त्यही महिनामारी हुँदाको तेस्रो दिन बाध्यताबस जेनतेन नुहाउछे । अरु समयमा उस्को शरीरबाट एक प्रकारको गन्ध आउछ । आमा बुवा जाडोमा पनि दैनिक स्नान गर्ने अनी पूजापाठ गर्ने गर्नु हुन्छ । पटक पटक उसकी आमाले नुहा भनेर हप्काउछिन् तर उस्ले टेर पुच्छर लाउदिन । एउटा कुरा भन्दा सात वटा कुरा फर्काउन बेर लाउदिन । गाउमा सबैले उस्लाई “लाटी” भनेर बोलाउछन् । पम्फा प्राय कसै सँग बोल्दिन ।

दिन बित्दै गए । पम्फा १६ पुगी । उस्को एस.एल.सी परिक्ष्या पनि सिद्दियो । पारीक्ष्याफल निस्कदा दोश्रो श्रेणिमा पास भइछ पम्फा । उस्को खुशीको सिमा रहेन । गाउमै एस.एल.सी पास गर्ने पम्फा पहिलो केटी हो । आफन्त मात्र होइन गाउँनै खुशी भयो उस्को सफलतामा । तर पम्फा गम्भिर बनी । उ अरु पढ्न चाहन्थी । तर अफसोच गाउमा उच्च शिक्षा पढ्ने कलेज थिएन । उस्लाई शहर जानु पर्ने भयो । उस्का भाई बहिनी सानै छन् । आमाले लैनो भैंसी बेचेर छोरी पढाउन पठाउने भईन् शहरमा । बिस्तारै जाने दिन आयो । चम्पा नुहाइ धुवाइ नयाँ कुर्ता सुरुवाल लगाएर तयार भइ । उ गाउको चिसो पानी र सुद्ध हावापानिले हर्लक्कै जवान भईसकी छ । पम्फा गएको हेर्दै गर्दा उस्का बुवाआमा हर्शित मात्र होइन जवान छोरी बिरानो ठाउमा के गर्ली भनेर चिन्तित भए । तैपनी ठुला बुवा आमा शहरमै भएकोले चित्त बुझाए । पम्फा बाटो लागी ।

पाच छ घण्टाको पैदल हिडाइ पछी थोत्रो बस चढेर पम्फा शहर पुगी अनी पढाईमा लागि । क्रमश पढाई अगाडी बढाउदै लगी । एक्दिन अचानक ऐनामा आँफैलाई देखेर छक्क परी । गोरो जिउडाल, बाटुलो अनुहार र माथि उठेका नितम्ब देखेर भुतुक्क भई । आफ्नो जवानी देखेर उस्लाई कस्तो कस्तो लाग्यो । मनमा अनौठो भावना जाग्यो । उस्ले बल्ल आज जवान भएको महसुस गरी । आजसम्म उस्लाई यस्तो कहिल्यै भएको थिएन । पहिले पनि मनमा अनौठा इक्ष्या र आकान्क्ष्या पैदा हुन्थे तर बुवा आमाको सपना अनी आफ्नो भबिस्यको लक्ष्य सम्झेर आफुलाई सम्हाल्थी । तर उस्लाई आज अचम्मको अनुभव भईरहेको थियो । त्यस्दिन पछी पम्फा जो शहरमा पुगे पछी पल्लबी बनेकी थिइ केटाहरु प्रती आकर्सित हुन थाली । कलेज मा सँगै पढ्ने रमेश सँग उस्को हिम्चिम बढ्न थाल्यो । केटाले गर्ल फ्रेण्ड र केटीले बोइ फ्रेण्ड बनाउनै पर्ने फेसन रहेको जमानामा उस्ले पनि एउटा रोजी । शहरको हावापानी र संगतले उस्मा पढेर राम्रो लोग्ने पाउने धारणा पुरै बदलिएको छ । अब उस्ले आँफै केही गर्नु पर्छ भन्ने सोचाइ बनाउन थालिसकेकी छ । पम्फा नामले मात्र होइन व्यबहारमै पनि पल्लबी बनी सकेकी छ ।

पल्लविको केटो साथी पनि पढाईमा ठिकै छ तर महत्वाकान्क्ष्यी छ । सामान्य परिवारबाट आएको भएपनी धनी बाउका छोराहरुको संगत गरेर उस्को ताल अर्कै छ । बुवा आमाको सपनाको धरोहर भएपनी उस्ले त्यो लग्भग बिर्सी सकेको छ । खेत बिक्री गरेको पैसाले उस्ले शरीरमा अत्तर लगाउछ । बिस्तारै सँगतको फल पल्लवी उस्कै मार्ग अनुसरण गरी । राम्रो लाउने, मिठो खाने र मोज मस्ती गर्नु पर्छ भन्ने सोचाइ बिकसित भयो । फस्ल्वरुप गाउबाट बुवा आमाले पठाएको पैसाले पल्लविका चाहना पुरा गर्न नसक्ने भए । पढाई, संगत र सुचनाको क्रान्तिले उनिहरु अती आधुनिक भनी सकेका थिए । आफ्ना असिमित चाहना र सुन्दर भबिस्यको लागि बिदेशिने योजना बनाउन थाले । बिदेश गए पछी पढाईको चाहना पुरा हुने, बुवा आमाको चाहना पनि पुरा हुने र धन सम्पत्ती पनि प्रशस्त हुने आदी कुरा पल्लविको मनमा आए । दुबै जना बिकसित देशमा जाने र त्यही सुन्दर भबिस्य निर्माण गर्ने भए । तर अफसोच रमेशको भिसा लागेन पल्लविको मात्र लाग्यो । बाहिरिने अघिल्लो दिन एउटा पार्कमा गएर दिन्भर कुरा गरे । उस्ले फेरी ट्राइ गर्ने भयो अनी दुबै जना सँगै बस्ने बाचा गरे । आँखा भरी आशु पारेर दुबै बिदा भए । पल्लबी बिदेश लागी ।

बिदेशको हावापानी भनौ वा यहाँको बाताबरण समग्र परिस्थिती नै यस्तो हुन्छ कि एक्लै बाच्नु फलामको च्युरा चपाउनु जस्तै हो । जोडी जोडी मिलेर हात समातेर अङ्कमाल गर्दै सार्वजनिक स्थलमा चुम्बन गर्नु सामान्य हो । त्यो देख्दा एक्लो पुरुष वा महिला जो भएपनी निरास हुनु स्वाभाबिक हो । त्यस माथि दिन भरिको थकाई मार्ने चौतारी पनि त चाहिन्छ । त्यो चौतारी भनेको श्रीमती वा श्रीमान नभए पनि केटो साथी वा केटी साथी हो । त्यो रहर मात्र होइन बिदेशमा आबस्यकता पनि हो । पल्लबी त्यही अवस्थामा छ । उस्को रमेश त सात समुद्र पारी छ । ईमेल र च्याटको भरमा उस्लाई त्यो एकान्त चिर्न गाह्रो हुन थाल्यो । जवान भईसकेकी अनी दुनियाँ देखी सकेकी पल्लवी अब रमेशलाई कुरेर बस्न नसक्ने भइ । सँगै बस्ने लामो कपाल पाल्ने केटो सँग उस्को उठ्बस सुरु भयो । रमेश सँगको संपर्क दैनिक, साप्ताहिक र मासिक हुँदै अब बन्द जस्तै भयो । उस्ले पुरानो बिर्सी नयाँ माया सुरु गरी । नयाँ ठाउमा नयाँ अध्याय सुरु भयो ।

अहिले पल्लवी “पबी” बनी सकेकी छ । पढाई धान्ने बाहेक अरु गर्नु आबस्यक ठान्दिन । उस्ले आफ्नो बिगत प्रती पस्चात्ताप गर्छे । गाउले जिबन लाई सम्झन चाहन्न । सप्ताह अन्त्यमा डिस्को, बार अनी क्लब धाउनु उस्को बानी हो । छोटा र उत्तौला देखिने लुगा लगाएर हट् एण्ड सेक्सी देखिन मन लाग्छ उस्लाई । मेक अपको समान र कपडा उस्का कती छन् कती । दिन्दिनै नयाँ नयाँ रङमा मेक अप गर्नु, फरक फरक केटाहरुसँग क्लब जानु र शपिङ्ग गर्नु पबीको हबी “शौख” हो । शरीर भरी फरक बास्ना आउने सेन्ट छर्कनु, नितम्बको आकार बढाउन त्यस्तै कपडा लगाउनु, अनी सेक्सी देखिन मेक अप गर्नु पबिको दैनिक कर्म हो । पबी खाना पकाउन भुल्न सक्छे तर यि सबै कुरा भुल्दिन । राम्रो पढेर छोरीले आफ्नो नाम राख्ने बुवा आमाको सपना उस्को लागि अब कुनै अर्थ राख्दैन । पम्फा बाट पबीमा पुग्दा उस्मा आकाश जमिनको परिवर्तन आएको छ । बुवा आमाको सपना मात्र होइन आफ्नै जिबनको लक्ष्य पनि उस्को लागि तपसिलको भईसक्यो । उस्लाई भोलिको होइन आजको चिन्ता छ । दिन्भर “रात” को प्रतिक्ष्या गर्छे । “रात” रङ्गिन बनाउने कल्पना गर्दै दिन बिताउछे । अस्वेत बलिस्ठ पुरुष उस्को आदर्श हो । तिनै रङ्गिन “रात” हरुले पबिलाई सबै बिर्साइदिएको छ । उस्लाई केही सम्झना छैन न घर, न भबिस्य न बुवा आमा न त्यो गाउ न त उस्को जिबनको लक्ष्य नै । याद छ त केबल रमाइलो, मोज मस्ती अनी अर्को दिनको थकाईलाग्दो काम । थाहा छैन त्यो पम्फा पल्लबी हुँदै पबी अनी के के हुने हो । उस्को आत्मघाती यात्रा कहाँ सम्म पुगेर टुङगिने हो ।

0 thoughts on “पम्फा देखी पबी सम्मको यात्रामा चेली”

  1. लेखनाथ जी, निकै रोचक कथा रहेछ। हुन त के कथा भानु खै, वास्तविक जीवनमा पनि यस्ता घटनाहरु नदेखेको त पक्कै हैन। आफ्नु बाबु आमासंगको माया, ममता अनि उनीहरुको अधिनमा बस्ने हामी नेपाली, कहिले काही एक्लै हिड्नु पर्दा खुट्टा लार्बरौनु त कुनै नौलो कुरो हैन जस्तो मलाई लाग्छ। तर पनि आफ्नु सपना र आफुलाई माया गर्ने मान्छेहरुको सपनालाई भुलेर छेनिक रमझममा जीवनलाई बर्बाद गर्ने बाटोतिर हिड्नु भनेको एउटा स्वार्थी मान्छेको पहिचान बाहेक आरु केहि हैन भन्छु म त।

    अनि अन्तमा, तपाइको लेखन शैली भने साचिकै तारिफ गर्न योग्य छ। आगामी दिनहरुमा पनि तपाइको लेखहरु पढ्न पाउने आशा गर्दछु।

    धन्यबाद

    पुष्पा

Leave a Reply to puspa Cancel reply