ब्रम्हाण्ड कै चर्चित मुडकीवाज म्यानी प्याकियाओ बिरुद्ध फ्लोइड मेवेदर बीच भाले जुधाई

m 1

विजय थापा
वाशिंगटन डिसी
अमेरिकाका अपराजित प्रख्यात मुडकीवाज फ्लोइड मेवेदर तथा फिलिपिन्सका बिश्व प्रख्यात मुड्कीवाज म्यानी प्याकियाओ बिच भोलि भाले जुधाई आज मे २ तारिख साँझ हुने भएको छ l उनीहरुले अन्तिम वजन लिई सकेका छन् l

यी दुई मुड्कीवाज बिश्व कै आफ्नो तौलका उत्कृस्टका पनि सर्बोक्रिष्ट खेलाडी हुन् भने विश्वका खेल जगतका सबै भन्दा धनाड्य खेलाडी फ्लोइड मेवेदर हुन् l

२००९ देखि देखि नै भिड्ने चर्चा र उपचर्चा भएता पनि अन्तत्वगत्वा २०१५ मा आएर दुई बीच भिड्ने भएका छन् l ईतिहासको सबै भन्दा ठुलो राशि भएको खेल साबित भै सकेको छ l पुराना सबै किर्तिमानलाई तोड्दै नया अभिलेख कायम गरेको छ l सन् १९७१ मा महमद अलि र जो फ्रेजर बीच भएको भिडन्त नै शताब्दी कै खेल भनि नामाकरण दिइएको थियो भने म्यानी प्याकियाओ तथा फ्लोइड मेवेदर बीच भोलि हुने महँगो खेल कहिले नहुन् पनि सक्छ भनि छापामा चर्चामा छ l

म्यानी प्याकियाओले ८ वटा विभिन्न तौल समुहमा किर्तिमान कायम गरेका छन् भने मे वेदरले ५ वटा तौल समुहमा बिजयी भै ईतिहास रचेका छन् l

प्याकियाओले अत्यन्तै छिटो मुड्की चलाउन सिपालु छन् भने उनि विश्वका यस्ता खेलाडी हुन् जो २ पटक हार खायेता पनि हारेता पुन आफुले जित्न सफल भै विश्व लाई एउटा आश्चर्य बनाई दिएका छ l पराजित हुन् थाले पछि फेरी माथि उठ्न सक्दैनन् तर यिनी अपबादमा पर्छन l

२०१२ र २०१४ मा भएको टिमोथी ब्राडली तथा क्रिस अल्जेरीलाई संगको भाले जुधाईमा प्याकियाओले जितेका थिए भने दुबैले प्याकियाओ लाई बिश्व कै सर्बोश्रेष्ठ खेलाडी मानेका थिए l

म्यानी प्याकियाओले पनि फ्लोइड मेवेदर जस्ता खेलाडी कहिले सामना गरेका थिएनन् भने फ्लोइड मेवेदरले पनि म्यानी प्याकियाओ उत्कृस्ट जस्ता खेलाडी अहिले सामना गरेका छैनन् l

मे वेदर प्रतिरक्षामा ज्यादै कुसल मानिन्छन र अपराजित हुन् l म्यानी प्याकियाओ तेज ,कडा तथा तिब्र मुड्की प्रहार गर्न सिपालु तछन् l

म्यानी प्याकियाओ लाई प्याक म्यान पनि भनिन्छ l फिलिपिन्सका संसद पनि हुन् l उनले अहिले सम्म अपराजित भएका सबैलाई पराजित गरेका छन l

मे वेदर कहिले पनि पराजित नभएकोले उनको लागि पनि देश र आफ्ना प्रशंसकहरुको लागि कुनै कसर नराख्ने दाउमा छन् किनभने उनले ४७ वटा सबै खेल जितेका छन् l

विश्वका प्रख्यात खेलाडीहरु ,माइक टाइसन ,होलिफिल्ड ,महमद अलि ,जर्ज फोरम्यान ,सुगर रे ,मिगल कोटो ,टिमोथी ब्राडली,क्रिस अल्जेरी ,अस्कर दे ला होया ले म्यानी प्याकियाओको पक्षमा छन् भने माइक टाइसन जित्ने लिनक्स लेविस ,मार्केज़ ,शेन मोस्ली ,रिकी ह्याटनले फ्लोइड मेवेदरले जित्ने भबिष्य बानि गरेका छन् l

बिश्व कै सबै भन्दा महँगो खेल म्यानी प्याकियाओ बिरुद्ध फ्लोइड मेवेदर बीच भिडन्त हुदैछ र भाले जुधाई हुदैछ अगाडी बसेर हेर्ने सिट को टिकटको वास्तविक शुल्क १० हजार डलर भएता पनि अहिले ३ लाख डलरमा बिक्रि गर्न राखिएको बिधुतिय पत्रिकामा लेखेको छ

मे वेदर भन्छन म जित्छु म्यानी भन्छन देश को ईज्जत बचाउनु छ l म प्रशंसकहरुको लागि खेल्छु lमे वेदर घुडा टेकाउने दाउमा छन् किनभने उचाईले उनलाई साथ दिएको छ l म्यानीका प्रशिक्षक दुरीमा खेल्ने र १२ घन्टी सम्मै खेल खेल्ने योजनामा छन् l

बिश्वमा अहिले सर्बाधिक चर्चामा यिनै दुई को भिडन्तको छ भने नेपालको भुकम्प तथा बाल्टिमोरमा फ्रेडी ग्रे को मृत्यु पनि सर्बाधिक चर्चामा रहेको छ l

Leave a Reply