राजेश हमाल एनआरएन अधिसेवनको लागि अमेरिका आउने

rajesh hamal

फाल्गुन ३ ,डिसी
विजय थापा

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिकाको अधिवेसनको लागि नेपाली चलचित्र जगतका महानायक राजेश हमाल आउने भएका छन् l

एनआरएन एनसीसी युएसको बार्षिक साधारण सभा आगामी मार्च २१ र २२ तारिख डिसी महानगर क्षेत्रको म्यारील्याण्ड राज्य को सिल्भर स्प्रिंग शहरको होटल हिल्टन डबल ट्री मा हुने भएको छ l

र ,दुई दिने अधिवेसनमा कलाकारहरुको बेजोड साँस्कृतिक कार्यक्रमको पनि आयोजना गरिने भएकोले नायकका पनि महा नायक राजेश हमाललाई एनआरएन अमेरिकाको अधिवेसनमा बोलाईएको जानकारी मुख्य संयोजक तथा वर्तमान वरिष्ठ उपाधक्ष्य लोकनाथ तिवारीले दिएका छन् l राजेश हामल आउने निश्चित भए पछि यो कुरा जानकारी गराईएको छ l

एन आर एन को ईतिहास मै सबै भन्दा ज्यादा सदस्य भएको मुलुक अमेरिका बन्न सफल भए पछि एनआरएन अमेरिकाको यो अधिवेसन आशा गरिएको भन्दा ज्यादा सहभागी हुने देखिएको जानकारी मुख्य संयोजक तथा वर्तमान वरिष्ठ उपाधक्ष्य लोकनाथ तिवारीले दिएका छन् l

उक्त अधिवेसनमा एनआरएन आइसीसीका पूर्व अधक्ष्यहरु ,पदाधिकारीहरु ,वर्तमान अधक्ष्य शेष घले लगायत बिश्व भरिबाट नै अतिथिहरु ,अमेरिका कै पचास वटै राज्यहरुबाट सहभागिता हुने देखिएकोले ५१ सदस्यीय एक मुल समारोह समिति बनाई सकिएको छ l यस बर्षको लागि एनआरएनले “एकै साथले एनआरएनलाई अझ मजबुत बनाउन सक्ने छ ” भन्ने नारा राखेको छ l

Leave a Reply