सहदेव पौडेलको “माटो र मन” प्रकाशित हुँदै

Maato Ra Mann

न्यूयोर्कमा बसेर अनलाइन रेडियो हिमाली स्वरहरू सँगै साहित्यिक कार्यक्रम “सृजनाका यात्राहरू”का संयोजन गर्नु हुने सर्जक सहदेव पौडेलको पहिलो कविता कृति “माटो र मन” प्रकाशित हुँदैछ।​ ​घरदेश, परदेश र आफ्नो परिवेशमा देखेको र भोगेको भावनाहरुलाई ६४ वटा कविता मार्फत प्रस्तुत गरिएको छ।

“माटो र मन” साहित्यिक वेब पत्रिका खसखस डट कमले प्रकाशन गर्दै छ।”माटो र मन”को ईपुस्तक संस्करण अमेजन डट कममा पनि उपलब्ध हुनेछ।​ ​साथै केही कविताका अडियो र भिडियो हिमाली स्वरहरुले निर्माण एवं प्रसारण गर्ने छ। पुस्तक प्रकाशनको संयोजन नेपालबाट किताबवालाले गरेको छ।

“माटो र मन” अप्रैल महिना भित्र पाठकहरुको हातमा पुग्ने सर्जक सहदेव पौडेलले जानकारी दिनु भएको छ।

Leave a Reply