अमेरिकन प्राध्यापकले स्वस्थानी कथा व्रत बारे नेपाली समुदायलाई जानकारी

noa 4

जेठ ११ ,भर्जिनिया

विजय थापा

डिसी महानगर क्षेत्रमा नेवारी संस्कृति ,कला ,परम्परा ,भाषालाई प्रबर्धन तथा सम्बर्धन गर्ने उदेश्यको साथ नेवारी समुदायले स्थापना गरेको नेवाह अर्गनाईजेसन अफ अमेरिका(नेवाह संगठन अमेरिका,एनओए) को १३ औ बार्षिक समारोह बिबिध कार्यक्रमको आयोजना तथा प्रस्तुतिको साथ सम्पन्न भएको छ l

नेपालमा मात्र सुनिने स्वस्थानी कथा बारे अनुसन्धान गरि रहेकी र यस सम्बन्धि पुस्तक लेखि रहेकी अमेरिकाको सिकागोमा बस्दै आएकी प्राध्यापक जेसिका बिर्केन होल्ज़ले स्वस्थानी व्रत कथा बारेमा आफुले गरेका अध्ययन तथा सोध बारेमा नेवाह अर्गनाईजेसन अफ अमेरिका (नेवाह संगठन अमेरिका,एनओए) को १३ औ बार्षिक समारोहमा नेपाली समुदायलाई कथा बारेमा रोचक जानकारी गराईन l उक्त कार्यक्रमका प्रमुख अतिथि अमेरिकाका लागि कार्य बाहक राजदुत ऋषि राम घिमिरेले कार्यक्रमको समुद्घाटन गरेका थिए भने अधक्ष्य सिजन श्रेष्ठको सभापतित्वमा समारोह भएको थियो l

noa 14

चर्चित गायक सन्जिब प्रधान तथा गायिका सरिष्मा अमात्यको प्रस्तुतिले दर्शकलाई भरपुर मनोरंजन प्रदान गर्नुको साथै उक्त सांगीतिक सांस्कृतिक साँझमा मदन कृष्ण श्रेष्ठका पुत्र यमन श्रेष्ठ ,नव प्रतिभा गायक सुशील श्रेष्ठ ,मदन कृष्ण श्रेष्ठका छोरी, अन्य कलाकार तथा बालबालिकाहरुले बिभिन्न प्रकारका कला प्रस्तुति गरेका थिए l

उक्त कार्यक्रममा संजिव प्रधानको सिडी बिमोचन गरिएको थियो l कार्यक्रमको शुभारम्भमा धिमे बाजाको साथमा सम्पूर्ण अतिथिहरुलाई स्वागत गरिदै कार्यक्रम स्थलमा लामबद्ध भै लागिएको थियो भने सबैलाई पन्च कन्याहरुले स्वागत गरेका थिए l

noa 7

यसको साथै एनओए को १३ औ अधिवेसनबाट नया कार्यकारी समितिमा राम लाल श्रेष्ठ- अधक्ष्य, बबिता श्रेष्ठ -प्रथम उपाधक्ष्य ,शुशिल श्रेष्ठ -द्वितीय उपाधक्ष्य ,महेन्द्र प्रधान -महा सचिब ,पुस्कर प्रजापति -सचिब ,राजेश लाल श्रेष्ठ -कोषाधक्ष्य ,यज्ञ मान शाक्य – सदस्य ,किरण रंजित -सदस्य तथा दिवाकर धौडेल -सदस्यमा निर्वाचित भएको घोषणा गरिनुको साथै पुरानो समितिलाई बिदाई गरिएको थियो l

Leave a Reply