अमेरिकाको चुम्बकीय शक्ति

   bijay thapa (1)

अमेरिकाको चुम्बकीय शक्तिले ब्रम्हाण्डभर रहेका सबैलाई आफु तिर तानी रहेको हुन्छ l सायद त्यसैले होला मानिस अमेरिका रुचाउछन l एक पटक यहाको हावापानी लागे पछि हत्तपत्त जो कोहि पनि फर्कदैनन l अमेरिकाबाट वाक्क भएर आफ्नो मुलुक फर्की बसेका पनि हजारौ हजार छन् l यो मुलकमा खै के यस्तो शक्ति छ एक पटक प्रवेस गरे पछि जस्तो सुकै राष्ट्र भक्त र देश भक्ति भएता पनि यहि बसी घरजम गरि र भबिश्य हेरी जाकिएको जाकियै र भासिएकै भासियै हुन्छन l

भासिए पछि उम्किन धेरै कठिन हुन्छ l एक पटक दलदलमा परे पछि त्यहाँबाट फुत्किन न्वारण देखिको बल प्रयोग गर्नु पर्छ अनि मात्र ओभानो सतहमा आउन सकिन्छ l अमेरिका भसाउने राष्ट्रमा अग्र पंक्तिमा आउछ l अमेरिकाको माटो र हावापानी यस्तो प्रवृतिको छ जहाँ एक पटक खुट्टा टेके पछि मानिस भासिएकै भासिएको हुन्छ l

आजका अधिकांस पिढी अमेरिका जान भने पछि अपहत्ते गर्दछन l बालक देखि बृद्ध सम्म सबैको अन्तिम ईक्षा राष्ट्र घुम्ने अन्तिम ईक्षा नै अमेरिका जान पाए हुन्थ्यो भन्ने रहन्छ lबिद्यार्थीहरुमा अध्ययन गर्ने चाहना राख्ने गन्तब्य मुलुक नै अमेरिका प्रथम स्थानमा आउछ l नेपाली चलचित्रकि अभिनेत्रीले केहि समय अगाडी अमेरिकाको भ्रमणमा एक अन्तरक्रिया कार्यक्रममा ”अमेरिकामा यस्तो चुम्बकीय’ शक्ति हुनु पर्छ त्यसैले होला मानिस अमेरिका जान तिब्र ईक्षा राख्दछन भनिन l

हरेक प्राणीले आफु र आफ्ना सन्तानको भविष्यको लागि जुक्ति गरि रहेका हुन्छन l उसले आफ्ना सन्तानका लागि केहि कर्तब्य गरि रहेको हुन्छ र गर्नु पनि उसको परम कर्तब्य हुन् जान्छ l सन्तानको उज्जवल भबिष्य हेतु र स्वयम्को लागी पनि भबिष्य हेर्न जरुरि हुनाले बिश्व कै सम्मुनत राष्ट्र र धनि राष्ट्र अमेरिका छनौटमा पर्नु स्वाभाविक हुन्छ l यो मानव स्वभाव हो कि मानिस आर्थिक सम्पन्न हुन् चाहन्छ l आर्थिक सम्वृद्धिको कारण जहाँ भबिष्य उज्ज्वलमे देख्दछ त्यहाँ पलायन हुन्छ र यसको लागि अमेरिका नै सबै भन्दा उत्तम मुलुक बन्न पुगेको छ l

अमेरिका अवसरहरुको भुमि हो l जे बन्न ईक्षा गर्नु हुन्छ त्यो सपना यहाँ पुरा हुन्छ l काम पुजा हो भन्ने सिद्धान्तमा चलेको हुन्छ l काममा दत्त चित्त हुनु पर्ने रहेकोले मानिसलाई अनायास सोच्ने फुर्सद पनि हुदैन र सबैले सुरक्षित महसुस गर्दछन lमानिस अमेरिका छिरेको दिन देखि नेपाल फर्कन्छु र गै हाल्छु भन्छन l एक दुई बर्ष बस्छु र छोरा छोरिको अध्ययन पछि फर्कन्छु भन्ने सबै नेपालीको थेगो भएको छ l सन्तानको पढाई सकिन्छ ,छोरा छोरीको बैबाहिक सम्बन्ध गर्नु पर्यो अनि लागौला भन्छन ,त्यस पछि नाती नातिनी भए पछि मुख हेरर जानु पर्ला भन्छन l

यसरि समय बित्तै जान्छ र नातिको चुडा कर्म (ब्रत बन्ध )गर्ने अनि एक छिन् बस्नु हुदैन ढिडो र गुन्त्रुक खाएर पनि मात्री भूमि जाने भन्दा भन्दै नाती नातिनीको पनि बिबाह गरि मर्न पाए हुन्थ्यो भन्दा भन्दै जीवन यसरि अमेरिकामा गुज्री रहेको हुन्छ lसबै सन्तान यता नेपालमा आफ्ना सन्तानहरु लाखा पाखा लागि सकेका हुन्छन l त्यसैले यहाँ जाकिएकै जकियै हुन्छन l

पहिलेको समयमा चाड पर्वमा नेपालको सम्झनाले ज्यादै सताउथ्यो र अहिले पनि सम्झना गराउछ lभौतिक रुपमा आफु यता भए पनि मन मात्री भुमिमा हुन्थ्यो तर अब हरेक परम्परा,संस्कृति नेपालीहरुको जन घनत्व वृद्धि हुनाले अमेरिकामा सबै चिजले मन भुलाउन थालेको छ l बिगतको दश बर्षे जनयुद्ध ,नेपालको राजनैतिक अस्थिरता ,अन्यौलको वातावारण ,मुलुकमा बेरोजगारको संकट ,कुर्शिको लुछाचुडी,तथा असुरक्षा आदि ईत्यादिले गर्दा जन्मेको ठाउँ पनि बिरानो हुदैछ l

मानिस राष्ट्र भक्त र देश भक्त प्रति मरी मेट्ने भएता पनि अब मानिस अवसरको लागि ज्यादा राष्ट्र भक्तमा मात्र अल्मलिन चाहदैन l बिश्वब्यापीरुपमा आएको बसाई सराईले नेपालीहरुको मानसिकतामा ठुलो परिवर्तन ल्याएको छ l पहिलो पुस्ताका अमेरिका छिरेकालाई देशको मायाले पोल्छ किनभने जीवनको स्वर्णिम क्षण उता बिताएका हुन्छन तर दोश्रो पुस्ताका यता ज्यादा मन गर्छन l नेपाल जादा पर्यटकको रुपमा लिने भै सकेका छन् l अमेरिकाको सरकारी नीति र पद्धतिले गर्दा आफ्ना शाखा सन्तानलाई बोलाउने कानुन भएकोले ढिलो चाडो जे भएता पनि नेपाल जस्तै गरि टोल ,छर छिमेकि ,आफन्तहरु वरीपरि बसोबास हुन् थालेकोले मानिस अमेरिकामा दलदलमा फस्दछ l कमाई चखाईले गर्दा कुनै पनि उमेरका मानिसको मृग तृष्णा मेटाई दिन्छ तर नेपालमा त्यो सम्भव हुदैन तर यहाँ अवसर पाइने सम्भावना हुन्छ lकहिले काम नगरेको मानिस पनि यहाँ आर्थिक सम्पन्न हुदै जान्छ l अवकास र निवृति पछि सुबिधा उपयोग गर्ने पाउने निश्चित हुन्छ l

अध्ययन पछि न्युनतम प्रतिसतमा अमेरिका छोडी नेपाल फर्केका पनि न भएका हैनन l अमेरिकाको प्रणाली ,वातावरण ,अवसर ,सुबिधा ,सुरक्षा र भबिष्य सुनौलो हुने अवस्था रहेकोले अधिकांसले जन्मेको ठाउ फर्कन कोसिस गर्दैनन l मात्री भुमि जानु पर्छ भनि भन्न कहिले छोडदैनन् किनभने अधिकांसले यतैको स्थाई बासी भै सकेका हुन्छन l हाल नेपालीहरु पनि अमेरिकाको बिभिन्न माथिल्लो तहमा पुगी सकेका छन l २० -२५ बर्ष अगाडीको जस्तो अमेरिकामा नेपालीहरुको अवस्था अहिले छैन l दुई दशक या तीन दशक जस्तो हन्डर खानु पर्ने त्यति नहोला lसरल रुपमा जीवन यापन गर्न पाउने भै सकेका छन् किनभने नेपाली समुदायको जन संख्या बढ्न थालेको छ lएक आपसमा सहयोगको भावना बिकशित हुदै छ र एक अर्काले सहयोग गर्ने सुरु भै सकेको छ l

अमेरिकाको सुबिधा र वातावरणमा भिजेको हुनाले यिनै सुख ,सुबिधा र मोहलाई मानिसले त्याग गर्न सक्दैनन् l अमेरिकामा भासिएको भासियै हुन्छन l बर्षौ देखि त्यहि सुगा रटाईमा जीवन यापन गर्दै फलाक्दै अब छिटै नेपाल जानु छ ,मात्री भुमिको सेवाको लागि जानु छ …आदि ईत्यादी सबैले सुनेका सुनै छन् l राष्ट्र प्रति माया छ ,मन र मस्तिष्क मातृभूमि तिर छ l जहिको त्यहि आफुले समुदाय देखेको देखै गरिन्छ lअमेरिकाको चुम्बकीय शक्तिले सबैलाई तानेको तानै छ l पाहिला टेकेको दिन देखि सबैलाई दलदलमा फसाएको छ l

…………………………………………………..अस्तु

विजय

Leave a Reply