अमेरिकाको डलास टेक्सासमा इही (बेला विवाह) समारोह भव्यताका साथ सम्पन्न

अमेरिकाको डलास टेक्सासमा अप्रिल ७, २०१३ का दिन नेपाल नेवा: एसोसियसन – डि. एफ दब्लू टेक्सासद्वारा आयोजना गरिएको इही (बेला विवाह) समारोह भव्यताका साथ सम्पन्न भयो । समारोहमा ११ जना कन्याहरुको सहभागिता थियो । कार्यक्रमको सुरुवात राम गमालको स्वागत भाषणद्वारा सुरु गरिएको थियो ।

ihi-bel-bibah-dallas-2013

स्वागत भाषण पछि मेरिल्यान्डबाट आउनु भएका पुरोहित बासव राजोपाध्ययको मन्त्र उच्चारणबाट कार्यक्रमको श्रीगणेश गरिएको थियो । कार्यक्रममा सम्पूर्ण सहभागीको नतेदार तथा साथीभाईहरुको उल्लेख्य उपस्थितिले कार्यक्रमको शोभामा सुनमा सुगन्ध थपेको थियो । विदेशमा रहेर पनि नेपालको सरह सबै रितीहरु पुर्‍याएर गरिएको सो कार्यक्रमबाट सहभागी अभिभाबकहरु खुसीले गद गद देखिएको थियो ।

यो कार्यक्रम डालस मेट्रोमा पहिलो पल्ट गरिएको भयता पनि सबै बेबस्थापन तथा कार्यक्रम उच्चस्तरको थियो। कार्यक्रमको संयोजक प्रमेश श्रेष्ठद्वारा पूजा कार्यक्रमको ब्रिफिङ गर्नु भएको थियो । सो कार्यक्रमको प्रत्यक्ष प्रसारण यु-स्ट्रीम को वेब साइटबाट विश्वभर गरिएको थियो । यसरी विश्वभर बस्ने सहभागीका नातेदार तथा साथीभाइहरू सो कार्यक्रमको प्रत्यक्ष साक्षी हुन पाएको थियो । अन्तमा अनिल मानन्धरद्वारा धन्यवाद भाषण द्वारा कार्यक्रमको अन्त गरिएको थियो ।

इही (बेल विवाह) नेवार समुदयमा गरिने एक किसिमको सस्कार हो जो आफैँमा वैज्ञानिक कारणहरू छन् जस्तो कि कन्याकेटीहरुलाई रजस्वोला हुनु अगाडि नै बेल (एक किसिमको फल जुन कहिले पनि नष्ट हुँदैन) लाई साक्षी राखेर भगवान् नारायणलाई आफ्नो कन्या छोरीलाई सुम्पिने चलन छ । भविष्यमा कुनै कारणले आफ्नो छोरीको श्रीमानको निधन भयता पनि बिधुवाको संग्या नदिउन् भन्ने उद्देश्यले यो इहीको चलनलाई अहिले सम्म पनि चलाई रहेको छ । यो संस्कार बौद्ध तथा हिन्दु मार्गी नेवारहरुमा बाहुल्यता पाइन्छ र तेसैले पनि यो संस्करलाई धार्मिक सहिस्णुताको सङग्या पनि दिइन्छ ।

नेपाल नेवा: एसोसियसन – डि. एफ. दब्लूले भविष्यमा पनि यस्ता कार्यक्रमहरू गर्दै जाने कुरा मिडिया प्रबन्धक स्वयम्भु शाक्य भन्नु हुन्छ । उहाँ भन्नु हुन्छ हाम्रो यो संस्था यस्तो सस्था हो जसमा न तन्न पैसा छ न त कुनै अध्यक्ष, उपाध्यक्ष, हामी सबै सदस्यहरू बराबर छौँ, हामी सबै साथीहरू आफ्नो भाषा तथा संस्कृती जोगाउनका लागि आफ्नो अमूल्य समय यस्ता राम्रो कार्यक्रममा लगाइ रहेका छौँ | यो संस्थाले हरेक वर्ष नयाँ वर्षको कार्यक्रम म्ह पूजा, योमरी पुन्ह, घ्यो चाकु सलु र पिकनिकको आयोजना गरिन्छ र यसरी नै देशबाट बाहिर रहेर नि आफ्नो भाषा र संस्कृतीको जगेर्ना गर्न तल्लिन छन् ।

Video Highlights

Leave a Reply