अमेरिकाको मेरील्याण्डमा प्रवासी नेपाली मन्चको अधिवेशन सम्पन्न

pra 6

पौष २१ ,डिसी विजय थापा

अमेरिकाको मेरील्याण्ड राज्यको बाल्टिमोर शहरमा प्रवासी नेपाली मन्च मेरिल्यान्डको प्रथम राज्य अधिवेशन सफलता पूर्वक सम्पन्न भएको छ l
 
प्रवासी नेपाली मन्च मेरिल्यान्डले आयोजना गरेको प्रथम अधिवेसनको लागि नेपालबाट आउनु भएका पार्टीका केन्दिय कमिटि सदस्य प्रताप लाल श्रेष्ठ प्रमुख अतिथि हुनु हुनु हुन्थ्यो भने श्रेष्ठले अधिवेसनको उद्घाटन गर्नु भएको थियो l
 
उक्त अधिवेसनमा विशेष अतिथि ,मन्चका अध्यक्ष सन्जय थापा , महा वाणिज्यदुत प्रेमराजा महत , नेपाल वुदिजिवि परिषदका केन्दिय सदस्य मोति प्रसाद पौडेल ,एनअारएन यू एसएका वरिष्ठ उपाधक्ष्य लोकनाथ तिवारी, वानाका अध्यक्ष विजय श्रेष्ठ लगायत अमेरिका नेपाल सोसाइटीका पूर्व अध्क्षय खेम भट्टचनको सहभागिता रहेको थियो l 
 
कार्यक्रममा अन्य अतिथिहरुको उपस्थिति निकै बाक्लो रहेको थियो भने अतिथिहरुले अधिवेसनको लागि शुभ कामना मन्तब्य राखेका थिए l
pra 7
मंचका केन्दिय सदस्य डिल्लिराज पौडेलले स्वागत गरेका थिए भने सो कार्यक्रममा प्रवासि नेपालि मन्च अमेरिकाका महासचिव प्रभु थापाले उपस्थित सम्पूर्ण सहभागिहरूलाई धन्यवाद दिएका थिए l
 
यसै गरि मन्चका संयोजक युद्ध वहादुर पन्तको अध्यक्षता कार्यक्रम भएको थियो भने सदस्य शेषकान्त खनालको सन्चालनमा कार्यक्रम भएको थियो l
 
उक्त अधिवेसनमा सहभागि प्रतिनिधिहरूले यूद्ध वहादुर पन्तको अध्यक्षतामा ११ सदस्यीय प्रवासि नेपालि मन्च मेरिल्यान्ड कमिटिको निर्वाचन पनि गरेको छ l
 
निर्वाचित कमिटिमा उपाध्यक्ष शेषकान्त खनाल ,सचिव वि उप्रेति ,उपसचिव कमला भूषाल ,कोषाध्यक्ष यमुना घिमिरे  र सदस्यहरूमा कमल भण्डारि, शशि थापा ,चन्द्र दोमासे तथा ज्ञानेन्द्र गतराज चयन भएका छन् l
 
प्रवासि नेपालि मन्च अमेरिकाका महासचिव प्रभु थापाले जानकारी दिदै भने अमेरिका भर क्रमस कमिटि गठन गर्ने योजना रहेको बताउदै केहि राज्यहरुमा अधिवेसन भै सकेको र केहीमा हुने क्रम जारि रहने बताए l

Leave a Reply